काठमाडौं - दाँतले खानेकुरा चपाउँछ, सबैलाई थाहा भएकै कुरा हो । दाँतको साइनो खानेकुरा चपाउनसँग मात्र छैन । यो शरीरको यस्तो अंग हो, जसले सौन्दर्यसँग पनि साइनो राख्छ ।
सामान्यतया दाँतको राम्ररी सरसफाई तथा हेरचाह नगरेको अवस्थामा दाँतमा समस्या देखापर्छ ।
दिनमा कती पटक ब्रश गर्ने?
-दुर्भाग्य अझै पनि हाम्रो देशको धेरै भागका मानिसहरुले ब्रश देख्न समेत पाएका छैनन्।
ब्रश कतिपटक गर्ने भन्दा पनि ब्रश किन गर्ने कुरा जान्न एकदमै जरुरी छ। दाँतको सतहमा खाना खाईसकेपछी अथवा थुकमा भएको फीज जुन केही समयको लागि रहिरहन्छ यदि त्यो लामो समयसम्मा त्यही रहिरह्यो भने कुहिने गर्दछ र दाँतमा किटाणु उत्पादन भएर किराले खानेगर्दछ, येहि प्रकृयालाई रोक्नको लागि दाँत सफा गरिन्छ।
साधरनत, बिहान र बेलुका खाना खाईसकेपछी ब्रश गर्ने एकदमै जरुरी छ। धेरै मानिसहरु बिहान् ब्रश गरे पनि बेलुका गर्दैनन। तर बेलुका ब्रश गर्न एकदमै जरुरी छ। किनभने बेलुका ब्रश नगर्दा साझा खाएको खान दाँतमा जम्मा भएर दाँतमा समस्या आउने गर्दछ।
दाँत माझ्ने खराब तरिकाले के कस्तो समस्या निम्ताउछ?
-खराब ब्रश गर्ने तरिकाले हाम्रो दाँतलाई निकै नै असर गर्छ। यसले दाँत र दाँतको धेरै भागहरु खियाउने काम गर्दछ। यो खियीने काम एकैचोटी नभएर बिस्तारै हुने हुनाले समय बित्दै गएेपछी मानिसहरुमा दाँत झम्झमाउने, चिसो तातो खादा दाँतमा असर गर्ने जस्ता समस्याहरु देखिन थालदछन्।
जती ब्रश गर्दा पनि दाँत पहेलो हुनुको कारण?
- हिजोआज धेरैजसो हाम्रा दाँत पहेलिने समस्या देखिएको छ। व्यक्तिगत सरसफाइ वा दन्त स्वास्थ्यमा उचित हेरचाह नपुग्नु नै यस समस्याको मुख्य कारण हो।
यस्तो समस्या कसरी दाँतमा देखिन्छ ?
-यो कुरा बुझ्नका लागि सर्वप्रथम हाम्रो मुखमा रहेका दाँतको वनावटको बारेमा बुझ्नु जरुरी हुन्छ। दाँत पहेलो हुनुको कारण व्यक्ति व्यक्तिमा फरक हुनेगर्दछ। प्राकृतिक रुपमा दाँत पहेलो हो भने जती ब्रश गरे पनि त्यसमा कुनै फरकपन आउँदैन।
दाँत पहेलिनुको अन्य मुख्य कारण भनेको दाँतको हेरविचार अर्थात् मुख स्वास्थ्यप्रति संवेदनशील हो। पानपराग, खैनी, सुर्ती, तमाखु, चुरोटजन्य वस्तुको बढ्दो प्रयोग र विभिन्न रसायनयुक्त पेयपदार्थको प्रयोग दाँत पहेलो बनाउने मुख्य कारण मान्न सकिन्छ।
प्राकृतिक रुपमै यदी ईनामेलको कलर नै पहेलो छ भने त्यो जती जे सुकै सफा गरे पनि पहेलोको पहेलै रहन्छ।
सामान्यत, सेतो छाला भएको मानिसहरुको दात सामान्य रुपमा पहेलो नै हुन्छ तेस्तै कालो छाला भएको मानिसहरुको दात सेतो हुन्छ।
कस्तो खाने कुराले दाँत बिगार्छ?
कुनै पनि खाने कुराले दाँत बिगार्छ भन्ने हुँदैन।
- एउटा मान्छेले आफ्नो दैनिक जीवनमा Oral Hygiene maintain गरेको छ भने उसलाई जस्तो खाना खाए पनि असर गर्दैन।
- यदि हामीले खाने कुरा खाएपछी मुख खोकलेर सफा गर्यौ भने खाने कुरा आँफैमा समस्या हैन
- तर यदी हामीले कुनैपनी सडेको खाने कुरा खान्छौ भने त्यसले पक्कै पनि असर गर्छ।
- फलफुल, सागपातले दातलाई सफा राख्नुमा एकदमै मद्त गर्दछ।
दातलाई कसरी सफा राख्ने?
-दाँतलाई पहेलिनबाट बचाउन हामी नियमित दाँत एवम् मुखको सरसफाइमा लाग्नु जरुरी हुन्छ। दाँत, मुखको स्वास्थ्यले दाँतको वनावट एवम् हाम्रो सुन्दरतालाई नै दिगो राख्न मद्दत गर्छ बिहान–बेलुकी सधैं खाना खाइसकेपछि ब्रस गर्ने, ब्रस गर्दा धेरै कडा ब्रस नगर्ने, जाँड, रक्सी, सुर्तीजन्य पदार्थको सेवन नगर्ने, चकलेट, मिठाइ, गुलिया एवम् अमिला खानेकुरा खाँदा ख्याल गर्ने, खाए पनि खानेबित्तिकै सफा पानीले मुख कुल्ला गर्नाले दाँत पहेलिनबाट बचाउन सकिन्छ।
यसका साथै दाँत, मुखको स्वास्थ्यलाई पनि अन्य शारीरिक स्वास्थ्यसरह चेकजाँच गराउनु नितान्त आवश्यक छ। हरेक छ महिनामा दन्त स्वास्थ्य, अस्पताल वा क्लिनिक परामर्श केन्द्रमा गई आफ्नो दाँत, मुख स्वास्थ्यको बारेमा जानकारी लिनु आवश्यक छ। यसले दाँतको सुन्दरता कायम राखी भविष्यमा हुनसक्ने रोगबाट पनि जोगाउँछ।
(डा. हरिस जोशीसँगको अन्तर्वातामा आधरित)
यो पनि हेर्नुहोला ,
दाँतको सुरक्षा र हेरचाह कसरी गर्ने ? डा हरिश जोशी