काठमाडौं- जन्मदेखि २८ दिनसम्म शिशुहरुलाई नवजात शिशु भनिन्छन । शिशु जन्मेको पहिलो मिनेटलाई उसको जीवनको लागि सुनौलो मिनेट मानिएको हुन्छ । त्यसैगरी पहिलो घण्टा पनि सुनौलो मानिन्छ र सुत्केरी आमाबको लागि पनि धेरै महत्वपूर्ण हुन्छ । त्यसैले शिशु जन्मेको पहिलो घण्टाभित्र दिइने स्याहार र त्यही समयमा सुत्केरी आमालाई दिइने स्याहार नै शिशुको स्वस्थ्य जीवनको मुख्य आधार मानिन्छ ।
अत्यावश्यक स्याहारको अभावमा हजारौँ नवजात शिशुहरु संक्रमणबाट शिकार भई मृत्युको मुखमा पुग्ने गर्दछन् ।
नवजात शिशुलाई गर्नुपर्ने मुख्य ५ स्याहारहरु:
१. नवजात शिशुलाई जन्मनासाथ नरम, सफा र सुख्खा कपडाले पुछ्ने र अर्को नरम सफा कपडाले बेरी न्यानो पारेर राख्नु पर्दछ ।
२. नवजात शिशुलाई आमाको नागों छातीमा सजिलो हुनेगरी ( दुई स्तनको बिचमा ) टाँसेर राख्नुपर्दछ । नवजात शिशु र आमा दुबैलाई न्यानो पारेर राख्नु पर्छ ।
३. नवजात शिशुलाई सकेसम्म जन्मेको १ घण्टा भित्र स्तनपान गराउँनुपर्दछ ।
४. शिशुको नाभि काटिसकेपछि संक्रमणबाट बचाउन नाभि मलम लगाई नाभिलाई सफा र सुख्खा राख्नु पर्छ । नाभि मलमको ट्युव खालेर पुरै मलम नाभिको टुप्पामा निर्चोनुपर्दछ र नाभि मलमलाई चोर औंलाले वरिपरि विस्तारै लगाउँनुपर्दछ । नाभि मलम लगाइसकेपछि ३ देखि ५ मिनेटसम्म खुला राखेर सुक्न दिनुपर्दछ ।
५.नवजात शिशुलाई शितागं हुनबाट बचाउन जन्मेको २४ घण्टासम्म नुहाईदिनु हुदैन् । जन्मेको २४ घण्टा सम्म पनि पालो पालो गरी मनतातो पानी र नरम कपडाले पुछेर सफा राख्न सकिन्छ ।
नवजात शिशुमा देखा पर्ने खतराका चिन्हः
छिटो छिटो सास फेरेमा (प्रति मिनेट ६० वा सो भन्दा बढी पटक)
कोखा हानेमा
सुस्त , बेहोस वा कम चलाई भएमा
आमाको दुध राम्रो सँग नचुसेमा
शितागं भएमा
ज्वारो आएमा
नाईटो पाकेमा वा छालामा पीपका फोकाहरु आएमा
माथि उल्लेख गरेका लक्षणहरु नवजात शिशुमा देखा परेमा नजिकैको स्वास्थ्य केन्द्रमा लैजानु पर्छ ।