आखाले नदेखिने किटाणुबाट अचानक स्वासप्रश्वस प्रक्रियासंग सम्बन्धित अंगहरुमा संक्रमण भइ सास फेर्ने बाधा पुगेमा यसलाई स्वासप्रश्वस रोग भनिन्छ। यसले धेरैजसो फ़ोक्सोमा असर गर्दछ साथै नाक र कानमा समेत असर गर्दछ र निमोनियाले कस्ता व्यक्तिहरुमा बढि असर गर्छ ? महिला स्वास्थ्यकि संम्वाददाता समृद्धा के.सी. ले सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन सँग गरेको कुराकानीमा आधारितः
१) निमोनिया भन्नाले कस्तो रोग बुझिन्छ ?
निमोनिया भन्नाले श्वास प्रश्वास सम्बन्धित रोग हो । खास गरी जाडो महिनामा बढि देखिन्छ त्यो पनि बाल बालिकाहरुमा, जेष्ठनागरिक जो दीर्घ रोगबाट पिडित छन् र छातीका रोगीहरुमा पनि यो एक प्रकारको जटिल रोगको रुपमा देखिन्छ । चिसोमा दम लगाएत विभिन्न संक्रमण खास गरी जिवाणुको संक्रमणहरुले गर्दा मान्छे कमजोर हुन्छ र सँगसँगै जिवाणुले फोक्सोको भित्री तह सम्म पनि संक्रमण गरी त्यहाँ सुजन गराउने, पानी भरिने गर्दा त्या निमोनिया देखिने गर्छ । त्यहि कारणले जाडो महिनामा निमोनिया हुन बाट बचाउनु पर्छ भनिन्छ ।
२) निमोनिया जाडोमा मात्र किन लाग्छ ?
जाडोमा मात्र हैन अन्य महिनामा पनि निमोनिया लाग्ने गर्छ तर अरु महिना भन्दा जाडोमा धेरै लाग्ने गर्छ । जाडोमा जिवाणु लागाएत अरु संक्रमणहरु अलि बढि सक्रिय भएको कारणले मानिसहरु कमजोर अवस्थामा पुग्छन् त्यही आक्रमणको फल सोरुप श्वास प्रश्वास नलीमा प्रवाभ पर्छ तइहि कारणले जाडोमा निमोनिया बढि लाग्ने गर्छ ।
३ निमोनिया कुन उमेर समुहका व्यक्तिमा बढि लाग्ने गर्दछ ?
यस रोगको लक्षित वर्ग भनेकै कमजोर बर्गलाई मानिन्छ । ५ वर्ष भन्दा मुनिका बाल बालिकाहरु र दम लगाएत अरु जो सि.ओ.पि.डी दिर्घ रोगीहरु त्यस्ता व्यक्तिमा धेरै मात्रमा निमोनिया लाग्ने सम्भावना हुन्छ र बृद्ध बुद्धाहरु लाई पनि लाग्ने गर्छ ।
४) जेष्ठनागरिक र बाल बालिकालाई एउटै किसिमको लक्षण देखिन्छ कि फरक ?
लक्षणहरु सबैमा एउटै किसिमको देखिन्छ । सुरुमा जोरो आउने छाति घ्यार घ्यार गर्ने, श्वास प्रश्वास मा अवरोध आउने हुन्छ । बढी मात्रामा चाहिँ शरिरले थाम्नै नसक्ने अलि जटिल अवस्था आउने भनेको चाहि जेष्टनागरिक र ५ वर्ष मुनिका बाल बालिकाहरु मा निमोनियाको बढि जटिल अवस्था आउने गरेको पाईन्छ ।
५) हस्पिटल नलगि घरमा नै निमोनिया लागेको कसरी थाहा पाउने ?
एकदमै जोरो आएर स्वास लिन धेरै असजिलो हुने । बाहिर नै सुनिने गरि छाति घ्यार घ्यार गरिराख्ने । एदि यस्ता लक्षहरु देखा परेमा तुरुन्त अस्पताल लगिहाल्नु पर्छ ।
६) सहरी क्षेत्र भन्दा ग्रामिण क्षेत्रमा जब बालबालिकाको कोखा धड्किन्छ तब निमोनिया भएको भन्ने अनुमान गरिन्छ यो कुरा कतिको सत्य हो ?
त्यो कुरा चाहिँ सत्य नै हो । यो एउटा सङ्केत हो सबैलाई हुन्छ भन्ने हुदैन तर त्यो सँगै अरु पनि लक्षणहरु आयो भने सम्भावना चाहिँ अत्यधिक मात्रामा हुन्छ । यो एउटा सबैले सम्झिनु सक्ने लक्षण मध्येको एउटा लक्षण हो ।
७) निमानिया भएको कति समय पछि पनि असरहरु देखा पर्छ ?
निमोन्याको असर कति पछि देखिन्छ भन्दा पनि निमोनिया हुनु भनेकै छातिको भित्रि भागमा संक्रमण देखिन हो । संक्रमण बाट उत्पन्न हुने जुन अवस्था छ त्यो सिर्जना भइसकेको भन्नु नै निमोनिया लाग्नु हो । यदि निमोनिया भयो भने कहिले पनि घरमै बसेर उपचार गर्छु भनेर हुदैन् त्यसको लागि एंटीबायोटिक औषधि प्रयोग गर्नुपर्छ ।
८) निमोन्या भए पछि नर्मल अवस्थामा पुग्न कति समय लाग्छ ?
त्यो व्यक्तिको अवस्था हेरेर हुन्छ गम्भीर छ भन १ -२ हप्ता जति नि लाग्न सक्छ तर सामान्यता १ हप्ता देखि १० दिनको कोर्स हुन्छ त्यस पछि चाहिँ बिरामी बिस्तारै आफ्नो दौनिक जिवनमा खट्न सक्छ ।
९) एक पटक निमोनिया भयो भने लामो समय सम्म पनि छातिमा दाग देखिने गर्छ यो कस्तो अवस्थामा हुन्छ ?
छातिमा दाग देखिने भनेको त्यस ठाँउमा निमोनियाले प्रभाव पारेको बुझिन्छ । कुनै व्यक्तिमा सानो उमेरमा नै जटिलखाले निमोनिया भएमा ती व्यक्तिमा ठुलो हुदा सम्म पनि निमोनियाको दाग देखिने गर्दछ । एक्स रे हेर्दा दाग भनन्दा पनि कुनै किसिमको संक्रमण भएका जस्तो देखिन्छ त्यस्तो अवस्थामा डराउनु पर्दैन त्यो कुनै पनि किसिममा खतरा हैन र भविष्यमा पनि त्यस्तो केहि फरक पार्दैन ।
१०) दाग नजानुको कारण के हो ?
सबैमा रहिरहने हुदैन कतिको जटिल छ त्यसमा भर पर्छ । जस्तःै कुनै पनि घाउ छ त्यो उपचार गरि सकेपछि एक प्रकारको दाग जस्तो बस्छ त्यस्तै दाग बसेका हो जसले केहि प्रभाव गर्दैन ।
११)अन्तमाः निमोनियाबाट बच्नको लागि के गर्न सकिन्छ ?
यो जाडो महिनामा बाल बालिकाहरु मर्ने भनेको नै स्वास प्रसासको कारणले गर्दा हुन्छ त्यो भनेको एउटा निमोनियाको कारण हो । त्यसैले यो जाडो समयमा बाल बालिकाहरुलाई न्यानो लुगा लगाउने र रुघा खोकि लागि राखेको खण्डमा तुरुन्तै डाक्टर सँग सल्लाह लिएर के कस्तो उपाय गर्न सकिन्छ गरिहाल्नु पर्छ ।