के हो त मेनोपज?
- मेनोपज भनेको महिलाहरुको शारीरिक अवस्था हो। महिनावारी सुकेको एक बर्ष को अवस्थालाई मेनोपज भनिन्छ। तर यदी औषधी खाएर महिनावारी सुकिरहेको छ भने त्यसलाई मेनोपज भन्न् मिल्दैन। तर यदी त्यस्तो केही औषधी खाएको छैन र उमेर ४० कटेको छ र एक बर्ष सम्म महिनावारी भएको छैन भने त्यसलाई मेनोपज भनिन्छ।
मेनोपज हुने समयमा कस्तो लक्ष्ण देखिन्छ?
- अण्डासयको काम अण्डा उत्पादन गर्ने हो। मेनोपज सुरु हुनुभन्दा अगाडि देखिनै अण्डासयको उत्पादनमा कमी हुन्छ जसको कारण होर्मोनल असन्तुलन हुने गर्दछ। हार्मोनको असन्तुलन भएपछी महिनावारीमा गडबडी हुने, ढिलो छिटो हुने, कहिले धेर रगत बग्ने अथवा कुनै अवस्थामा अती नै कम हुने गर्छ र जहाँ सम्म शारीरिक प्रभाबको कुरा छ महिलालाई पसिणा बढी आउने, बेलाबेलामा मुख रातो भएको जस्तो हुने, एकैछिनमा जाडो हुने, एकैछिनमा गर्मी हुने, बेस्सरी पसिना आउने,कुनै काममा मन नलाग्ने, irritattion बढी हुने, निन्द्रा कम लाग्ने, योनिमा सुक्खापन यस्ता बिभिन्न प्रकारका समस्या हुन्छन्।
मेनोपज ढिलो चाँडो हुँदा केही फरक पर्दैन किनभने यसको कुनै निस्चित समय हुँदैन। कोही महिलामा यो ४० मै सुरु हुन्छ भने कुनै महिलामा ५५ लागिसकेपछी मात्र सुरु हुन्छ। यो सबै उसको शारीरिक बनावटमा भर पर्छ।
मेनोपज हुने समयमा के कस्तो कुरामा ध्यान दिनुपर्छ?
- मेनोपज हुने समयमा हार्मोनेको एकदमै कम उत्पादन हुने गर्छ। यसले हाम्रो हाडजोर्नीमा पनि असर गर्छ। हार्मोने को कमी भएको कारणले हाडजोर्णीमा समस्या आउने गर्दछ त्यसैले ४० कटेपछी महिलाहरुमा हड्डी fracture हुने समस्या एकदमै बढी हुने गर्दछ।
यो सबै हार्मोनको कमिले गर्दा भएको हो ?
त्यो हार्मोने सोयाबिनमा बढी पाईन्छ र हाम्रो नेपालमा सोयाबिनमा खाने चलन पनि छ र सजिलै पनि पाईन्छ।
तेसैले म ४० कटेको हरेक महिलाहरुलाई आफ्नो डाईटमा सोयाबिनको मात्रा बढाउन सल्लाह दिन्छु।
- आफ्नो स्तन महिनामा एकचोटी आँफैले चेक गर्ने। बर्षमा एकचोटी डाक्टरलाई चेक गराउने।
- हरेक बर्ष आफ्नो पुरा शरीरको चेकजाँच गराउने
(वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. ज्योति अग्रवालसँगको अन्तर्वातामा आधारित )