काठमाडौं - मानिसहरुलाई भ्रम छ कि सुर्तिजन्य पदार्थ भन्नले चुरोट मात्रै हो। तर सुर्तिजन्य पदार्थ कोही धुवाँको रुपमा हुन्छन् भने कुनै चपाएर खाने हुन्छन्। जस्तै धुवाँ को रुपमा चुरोट् आउँछ, बिडी आउँछ, सिगार, हुक्का, चिलिम हुन्छ। यस्तै मुखमा चपाएर खानेमा खैनी, गुर्ख, पानपराग हुन्छ। यि सबै सुर्तिजन्य पदार्थको रुपमा आउँछन्। कति मानिसहरुले नाकमा नस हालेर समेत सुर्तिजन्य पदार्थको उपयोग गर्छन।
सुर्तिजन्य पदार्थले लाग्ने रोगहरु
सुर्तीजन्य पदार्थले हाम्रो टाउको देखी खुट्टासम्म जति अङ्ग छन् सबैमा नकारीत्मक असर गर्छ। यसले फोक्स, मुखको क्यान्सर सबै हुने गर्दछ। यसको साथै मुटुको बिभिन्न रोगहरु, डाईबिटिज, फोक्सोको बिभिन्न रोगहरु, आस्थामा, टिउबरक्लोसिस देखी लगायत मानिसहरुले नसोछेको हरेक कुर हुन सक्छ जस्ताइ आँखा कम देख्ने, कान कम सुन्ने, सानो उमेरमा नै छालाहरु चाउरी परेर उमेर भन्दा बुढो देखिनु, कपाल धेरै झर्ने, हड्डिहरुमा सानो सानो प्वाल परेर सानो उमेरमै हड्डिहरु भाँचिने जस्ता समस्याहरु देखिने गर्दछन्।
सुर्तिजन्य पदार्थ सेवन गर्ने मानिसहरुको उमेर समुह कस्तो रहेको छ ?
- किशोर अवस्थाका मानिसहरुले सुर्तिजण्य बस्तुको बढी प्रयोग गरेको पाईएको छ।मन्त्रालयका अनुसार नेपालमा सुर्तीजन्य पदार्थ सेवन भने १५ देखि ६९ वर्षका करिब २६ प्रतिशत सेवनकर्ता रहेको अनुमान छ ।
विश्वव्यापी रूपमा सुर्तिजन्य पदार्थको प्रयोगको कारण मृत्युदर कति रहेको छ?
बिकसित राष्ट्रमा यसको म्र्त्युदर घट्दै गईरहेको छ तर विकासशील देशहरुमा बढ्दै गएको डाटा अनुसार देखिन्छ। हेर्ने हो भने हरेक बर्ष ७० लाख मानिसहरुको मृत्युको कारण सुर्तिजन्य पदार्थ रहेको छ। नेपालमा आधीकारीक डाटा नभए पनि १७ देखी १८ हजार ब्यक्तिको मृत्युको कारण सुर्तिजन्य पदार्थको रहेको अनुमान छ। विश्वव्यापी रूपमा डाटा हेर्ने हो भने हरेक छ सेकेन्डमा १ जना मानिसको मृत्यु सुर्तिजन्य बस्तु को कारणले हुने गर्दछ।
नेपाल सरकारको यो सम्बन्धी कस्तो पोलिसी रहेको छ?
नेपाल सरकारले यस सम्बन्धी यस्तो पोलिसी ल्याएको छ:
- १८ बर्ष भन्दा मुनिको उमेरकोले सुर्तिजन्य पदार्थ किन्न र बेच्न नपाउने
- सार्वजनिक ठाउँमा खान नपाईने
- सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट प्याकेजिङमा ७५ प्रतिशतबाट बढाएर ९० प्रतिशत चेतनामूलक सन्देश तथा चित्र छाप्नुपर्ने
कसरी बच्ने?
- सर्बप्रथम सुर्तीजन्य पदार्थ सबैभन्दा खान सुरु नै नगर्ने
- येदि सुर्तिजन्य पदार्थ प्रयोग गरिरहेको छ भने सकेसम्म चाँडो छोड्ने।
- चुरोट सेवन गर्ने मानिसको नजिक नबस्ने।
(Professor तथा डा. राजेन्द्र प्रसाद बरालसँगको अन्तर्वातामा आधारित )