काठमाडौं - टाइफाइड ज्वरो आफैमा एक गम्भिर रोग हो । सबै जोरो भनेको टाइफाइड हुदैन । न्यूयोर्कमा टाइफाइड मैरी भन्ने मान्छे बस्दथ्य उनि कुक थिए । उनले ५० जानालाई टाइफाइड रोग सारेका थिए । उनि आफु ठिक त भए तर उपचार अधुरो भएके कारण पित्त थैलीमा गएर जिवाणु बस्यो त्यसकारण उनिले खाना पकाउदा राम्रो सँग सरसफाइ नगरेको कारणले उनले ५० जानालाई त्यो रोग सारेका थिए र त्यस मध्ये ३ जानाको मुत्यु भएको थियो । त्यसैले टाइफाइड ज्वरोलाई व्यवास्था नगरौं समयमै रोगको पहिचान गरि स्वस्थ बनौैं । यसविषयमा आधारित रहेर फिजिसियन डा. प्रभाव उपाध्याय सँग गरेको कुराकानी :
१. साधारण भाषामा टाइफाइड भन्नाले के बुझिन्छ ?
टाइफाइडलाई सामान्य भाषामा टाइफाइड नै भन्छन् तर पहिला पहिला मध्य ज्वरो भन्ने गर्थे ।
२.टाइफाइड साधारण तयकति किसिमको हुन्छ ?
टाइफाइड भन्नाले मेडिकल भाषामा भन्दा यसलाई इन्टरिक फिबर भनिन्छ । इन्टरिक भन्नाले पेट आन्द्राको ज्वरो र इन्टरिक फिबर २ किसिमको हुन्छ एउटा टाइफि जून जीवाणुले गर्छ र एउटा प्याराटाइफि भन्नेले गर्छ । जून टाइफि भन्ने किटाणु हुन्छ त्यसलाई नै टाइफाइड भनिन्छ । प्याराटाइफि लाई भनेल टाइफाइड भनिदैन ।
३. टाइफाइड मुख्य गरेर के कारणले लाग्छ ?
टाइफाइड लाग्नुको मुख्य कारण भनेको चाहि पानी नै हो । टाइफाइड पानी बाट पनि सर्छ , खानेकुराहरु बाट सर्छ जुन राम्ररी सफा नगरि खाईन्छ , हातहरु राम्ररी सफा भएन भने अथवा कोही टाइफाइड लागेको व्यक्तिले खानेकुराहरु पकायो भने त्यो खानालाई राम्रो सँग पकाएन भने पनि टाइफाइड लाग्नुको मुख्य कारण यिनै हुन् ।
४. टाइफाइड कुन उमेर समुहका व्यक्तिलाई बढि हुन्छ ?
टाइफाइड भनेको प्राय जसो बच्चादेखी युवाहरुलाई लाग्छ , बढि उमेर भएको मान्छेहरुलाई खासै लाग्दैन वा अलि कम पाइन्छ । बच्चा र युवाहरु अलि सक्रिय हुन्छन् । उनिहरुले घरको खानेकुरा धेरै खादैनन् , सफा खानेकुरा खादैनन् बहिरको खानेकुरा अलि धेरै नै खान्छन् जुन सफा गरेर पकाएको हुदैन त्यही कारणले सानो र युवाहरुमा बढि
टाइफाइडहुने गर्दछ ।
५ . टाइफाइड हुदा के के लग्क्षणहरु देखिन्छ ?
टाइफाइडर ज्वरो भनेको सामान्य भाषामा एउटै हो । त्यस्तै गरी सुरुमा जोरो आउछ त्यस पश्चात दिनप्रतिदिन ज्वरोको मात्रा बढ्दे जानु पेट दुख्नु प्रायः जसो बच्चाहरुलाई डाइरीया अथवा कवजियत हुन्छ , टाउको दुख्नु ,जोरोमा चिसो लाग्ने हुन्छ तर कामने चाहिँ हुदैन ।
६. सामान्य जोरो र टाइफाइड के फरक छ ?
ज्वरोेहरु धेरै प्रकारको हुन्छ त्यस मध्ये एउटा ज्वरो आउने कारण पनि टाइफाइड हो । जोरोहरुमा भाइरल ज्वरोहरु भयो भने जिउहरु दुख्ने धेरै जसो जोर्नीहरु दुख्ने हुन्छ । जो सामान्य औषधि गरेपछि निको हुन्छ तर टाइफाइडमा निको हुन अलि बढि समय लाग्ने गर्दछ ।
७. सामान्य ज्वरो आउनुको मुख्य कारण के हो ?
ज्वरो आउनुको धेरै कारणहर हुन्छन् जस मध्ये पनि एउटा कारण हो टाइफाइड ।
८. टाइफाइड के सरुवा रोग हो ?
हो टाइफाइड एक सरुवा रोग हो । टाइफाइड यस्तो रोग हो जुन पानी बाट सर्छ हामी त्यसलाई फिकोमोरल भन्छौँ । फिको भनेको दिशा अनि मोरल भनेको मुख बाट प्रदुषित पानी बाट सर्छ अर्को खानेकुरा राम्रो सँग पकाएन भने सर्छ र कार्को , मुला आदि जुन हामी काचो तरकारी खान्छौँ त्यो राम्रो सँग पकाएनौ, पखालेनौँ भने तिनहरु बाट बढि सर्न सम्भावना हुन्छ ।
९. प्रायः व्यक्तिमा टाइफाइड हुनु भन्दा अगाडि जिउको कुनै न कुनै भाग धेरै नै दुख्ने गर्दछ यो कुरा कतिको सत्य हो ?
प्राय: मा यस्तो लक्षण देखा पर्दछ । ज्वरोआएपछि जिउहरु दुख्ने, बिरामीलाई अलि लोसे बनाउने, टाउँको दुख्ने यो त सोभाविक नै हो । यो टाइफाइड ज्वरोमा धेरै जसो टाउको दुख्ने बढि देखिएको छ ।
१०. एक पटक टाइफाइड भए पछि त्यसको जिवाणु शरिरमा कहिल्य सम्म रहन्छ ?
एक पटक टाइफाइडको जीवाणु शरिरमा प्रवेश गर्यो भने त्यो केहि समय समम रहिरहने सम्भावना हुन्छ । रिल्यापस भन्छौँ हामीले जो प्रायः जसो महिलाहरुलाई बढि हुन्छ ।
महिलाहरुलाई धेरै जसो पित्त थैलीमा पथरी हुने सम्भावना बढी हुन्छ । त्यसकारण बिरामीले अधुरो उपचार गर्यो भने , एंटीवायोटिकहरु डाक्टरले भने अनुसार पुरै खाएन भने त्यो पित्त थैलिमा गएर लुकेर बस्छ अनि फेरी १२ हप्ता पछि त्यो ज्वरो दोहोरिन्छ जसलाई क्रोनिक क्यारियर भने गरिन्छ । एदि औषधिको पुरा डोज खायो भने बिरामिलाई फेरि जोरोहरु आउने त्यस्तो सम्भावना हुदैन तर बिरामीले राम्रो सँग सरसफाई नगरि खाना पकाउने वा पानी दिने गर्यमा पुनः अर्को व्यक्तिमा सर्न सक्ने सम्भावना हुन्छ ।
११. टाइफाइड बिशेष गरी कस्तो क्षेत्रका व्यक्तिमा लाग्ने गर्दछ ?
गाउँहरुका व्यक्ति भन्दा पनि सहरका मानिसमा बढी टाइफाइड हुने गर्दछ । सहरमा जथाभाबि फोहोरमैला हुने भएकाले यस्तो स्थानमा टाइफाइड हुने सम्भावना धेरै हुनु छ । विशेष गरी खाने पानी राम्रो सुविधा नभएको ठाँउमा, टाइफाइड भनेको विशेष गरी पानि बाट सर्ने रोग हो । भर्खर विकास भाको ठाँउहरुमा पानीको बेबस्था राम्रो भएको हुदैन त्यसकारण त्यस्तो क्षेत्रमा बढी सर्छ । टाइफाइड ज्वरो प्रायः वर्षायाममा बढि लाग्ने गर्दछ ।
१२. के टाइफाइड समयमै उपचार गरिएन भने ज्यानै समेत जान सक्छ त ?
यदि टाइफाइड रोगको उपचार समयमै गरिएन भने ज्यानै समेत जाने सम्भावना धेरै रहेको हुन्छ । टाइफाइडको जटिलता ३ हप्ता सम्म हुन्छ । ३ हप्ता पछि पेटको अन्द्रा (सानो पेट) त्यसमा प्वाल पार्न नि सक्छ । त्यो प्वाल पार्नुलाइ मेडिकल भाषामा मेडिकल इमरजेन्सी भनिनछ । अप्रेशन गरेर त्यसलाई टाल्नु पर्ने हुन्छ । यसले टाउकोमा असर गर्यो भनि इन्जाइटिस भन्छौँ दिमागमा नि असर गर्छ त्यसले पनि ज्यान जान सक्छ । यो रोग फैलिदै गयो भनि र्मिगौलामा असर गर्छ । अनि त्यो बिगिर्यो भने ज्यान पनि जान सक्छ साथै प्यारालाईसिश हुन्ने सम्भावना पनि रहेको हुन्छ ।
१३. टाइपाइटको बिरामीलाई कस्तो कस्तो उपचारको आवश्कता पर्दछ र यसको कुनै चरण हुन्छ ?
टाइपाइटको बिरामीलाई हामीले एंटीवायोटिक उपचारको आवश्यकता पर्छ । एंटीवायोटिक दिएर बिरामीको परिस्थिती अनुसार कतिको जटिल छ त्यो त्यस अनुसारले अरु उपचार गनुपर्दछ । एदि टाइपाइट सुरुवाति चरणमा छ भने ओ. पी.डी को आधारमा उपचार गरि निको हुन् सक्छ । टाइपाइटले भित्रि अङ्गहरुलाई छुन थाल्यो भने बिरामीलाई हस्पिटल राखेर उपचार विधि अगाडि बढाउनु पर्दछ ।
१४. टाइपाइट रोकथाम र यसबाट बाच्ने उपायहरु के-के हुन् ?
टाइफाइट सर्ने भनेको पानीको राम्रो व्यवस्थापन नभएको ठाँउमा र एउटै परिवारमा धेरै व्यक्ति बस्ने ठाँउमा बढि फैलिने गर्छ । यसबाट बच्चने पहिलो उपाय भनेको पानीलाई राम्रो सँग व्यवस्था गर्ने । खाना खानु अगाडि राम्रो सँग हात धुने , शैचालय गएर आएपछि राम्रो सँग हात धुने , दिशा शैचालयमै गर्ने पर्यो । बाहिरको खानेकुराहरु नखोने ।
१५. टाइफाइड भएको व्यक्तिले कस्तो खानेकुरा खाने र कस्तो नखाने ?
टाइफाइड भएका बिरामीले त्यस्तो खानेक्रा केहि बार्नु पर्दैन । पानिको राम्रो व्यवस्था हुनुपर्यो । माछा मासु केही बार्नु पर्दैन । शरिर कमजोर भएको अवस्था हो भने शरिरलाई ताकत दिने खानेकुरा सफा र राम्रो सँग पकाएको हुनुपर्यो ।