११ भदौ । नेपालमा हाल कुल संक्रमितको संख्या ७ लाख ५४ हजार ९ सय १५ जना पुगेको स्वास्थ्य मन्त्रलायले जनाएको छ । हालसम्म १० हजार बढीले ज्यान गुमाइसकेका छन् । यो दर १ दशमलव ५ प्रतिशत हो । कुल संक्रमित मध्ये हालसम्म ७ लाख ५ हजार ८ सय ९३ जना निको भएका छन् । यो निको हुने दर ९३ दशमलव ५ प्रतिशत हो । त्यस्तै, ३८ हजार ३ सय ८४ जना संक्रमितको उपचार भैरहेको छ ।
त्यस्तै कोरोना भाइरसबाट सार्क राष्ट्रका अन्य सदस्य राष्ट्रहरुमा पनि धेरै ठुलो प्रभाव परेको छ । सबैभन्दा धेरै अफगानिस्थानमा २४ दशमलव ६ प्रतिशत संक्रिय संक्रमितको संख्या रहेको छ । त्यस्तै, ७० दशमलव ८ प्रतिशत संक्रमित निको भएका छन् । ४ दशमलव ६ प्रतिशत संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पाकिस्तानमा ८९ दशमलव ८ प्रतिशत संक्रमित संक्रमणमुक्त भएका छन् । यसैगरी, ८ प्रतिशत संक्रिय सक्रमितको संख्या रहेको छ । त्यस्तै, २ दशमलव २ प्रतिशतको हालसम्म निधन भएको छ ।
श्रीलंकामा १० दशमलव ४ प्रतिशत कोरोना संक्रमितहरु उपचाररत रहेका छन् भने १ दशमलव ९ प्रतिशत को हालसम्म निधन भएको छ ।
बंगलादेशमा ५ प्रतिशत उपचाररत रहेका छन् भने १ दशमलव ७ प्रतिशत संक्रमितको निधन भएको छ । त्यस्तै, ९३ दशमलव ३ प्रतिशत सक्रमणमुक्त भएका छन् ।
भुटानमा १ दशमलव १ प्रतिशत कोरोना संक्रमितको उपचाररत, ० दशमलव १ मृत्यु, ९८ दशमलव ८ प्रतिशत संक्रमण निको भएका छन् ।
भारतमा १ दशमलव ० प्रतिशत उपचाररत, १ दशमलव ३ प्रतिशत निधन र ९७ दशमलव ६ प्रतिशत कोरोना संक्रमित निको भएका छन् ।
यसैगरी, माल्दिभ्समा २ दशमलव १ प्रतिशत उपचाररत, ० दशमलव ३ प्रतिशत मृत्यु र ९७ दशमलव ६ प्रतिशत निको भएका छन् ।
एजेन्सी