काठमाडौं - भन्न त हामी भन्छौं, रोगले न उमेर हेर्छ न लिंग । न बर्ग हेर्छ, न जात । तर, केही यस्तो रोग हुन्छन् जो लिंग विशेषको पेवा जस्तै हुने गर्छ । जस्तो पाठेघरको क्यान्सर, जो महिलाको रोग हो । पाठेघर एवं पाठेघरको मुखको क्यान्सरले हजारौं, लाखौं महिलाले ज्यान गुमाइरहेका छन् । पीडा झेलिरहेका छन् । यसैगरी पुरुषलाई भयभित तुल्याउने रोग हो, प्रोस्टेट क्यान्सर । के हो यो रोगे ? यसको संभावना कस्ता पुरुषलाई हुन्छ ? यो रोग लागेको कसरी थाहा पाउने ? उपचार के छ ? यसै विषयमा केन्द्रित रहेर आज हामीले नेपाल क्यान्सर हस्पिटलका युरोलोजिष्ट (प्रोस्टेट क्यान्सर) डा. रोविन जोशीसंग कुराकानी गरेका छौ ।
प्रोस्टेट क्यान्सर भनेको के हो ?
प्रोस्टेट क्यान्सर भनेको पुरुषमा पाइने ग्रन्थि हो । पुरुष ज्ञानेन्द्रियको ज्यादै महत्त्वपूर्ण अङ्ग हो । प्रोस्टेट ग्रन्थि, जुन मूत्रथैलीको तल र मलाशयको अगाडि रहेको हुन्छ । प्रोस्टेट वीर्यको तरल पदार्थ उत्पादन गर्ने ससाना ग्रन्थिहरूले बनेको हुन्छ । यसले उत्पादन गरेको तरल पदार्थ वीर्यको २० प्रतिशत हुन्छ, जसले शुक्रकीटलाई सुरक्षित राख्छ । प्रोस्टेटका अति साना ग्रन्थिहरूमा नै ९५ प्रतिशत अर्बुद रोग (क्यान्सर) को सम्भावना हुन्छ ।
प्रोस्टेट क्यान्सर लाग्नुका कारण के के छन् त ?
वंशानुगत
खानामा केमिकल मिक्स हुनु
भिटामिन डि को कमीले पनि हुन्छ ।
कुन उमेर समुहका व्यक्तिलाई बढी प्रोस्टेट क्यान्सर हुन्छ ?
सामान्यतः पुरुष ४० वर्ष पुगेपछि यो ग्रन्थि बढ्दै जान्छ र ६० वर्ष उमेरपश्चात् करिव एक तिहाइमा यो समस्या देखापर्छ । हामी कहा आउने विरामीको हामीले पहिला क्यान्सर लागेको छ कि छैन भनेर जाँच गर्ने गर्छाै ।
औंलाले मलद्वारभित्र प्रोस्टेट ग्रन्थि जाँच्नु ।
अल्ट्रासोनोग्राफीको बिभिन्न तरिकाले प्रोस्टेट ग्रन्थि, वीर्य ग्रन्थि, मूत्रथैली, मूत्रवाहिनी नली र मृगौला जाँच्नु ।
रक्त परीक्षणबाट पीएसए भन्ने प्रोस्टेटमा बन्ने विशेष प्रोटिनको रक्त मात्रा थाहा पाउनु ।
स्टेट क्यान्सरका लक्षण कस्ता हुन्छन् ?
पिसाब फेर्न बल लगाउनुपर्ने हुनु ।
पिसाब फेर्दा ढिलो पिसाब आउनु र पिसाब गर्दा पीडा हुनु ।
पिसाब चुहिनु, थोपाथोपा झर्नु ।
पिसाब खुल्ने, रोकिने क्रम पटक – पटक हुनु ।
पिसाब फेरिसकेपछि पनि पिसाब थैलीमा मूत्र रहेको आभास हुनु ।
रातीमा धेरैपटक पिसाब लाग्नु ।
आकस्मिक रूपमा पिसाब लाग्नुरकेही क्षण पनि रोक्न नसक्नु ।
पिसाब पोल्नुरदुख्नु ।
पिसाबमा रगत देखिनु ।
कम्मरको तल्लो भागमा कम्मर दुख्नु ।
मूत्रनलीमा पीडा हुनु, पिसाब रोकिनु ।
लिंग र स्खलनमा समस्या हुनु ।
आकस्मिक अवस्थामा ज्वरो आउनु, जाडो हुनु, वाकवाकी लाग्नु, तल्लो पेट दुख्नु, रातो पिसाब आउनु ।
यसको उपचार के के छन् ?
४० देखी ७० बर्ष उमेर भएका ब्यक्तिहरुले हरेक दुइ बर्षमा प्रोस्टेट स्पेसिफिक एक्टिजेन जाचँ गर्नु पर्छ । प्रोस्टेटको केहि लक्षण देखा परेको शंका लागेका तुरुन्त डाक्टरसंग मरामर्श लिदा राम्रो हुन्छ ।
पिसाब थैलीमा लामो समय पिसाब नराख्ने ।
पिसाब लागेमा तुरुन्त पिसाब फेर्ने ।
तितो पानीले नुहाउने ।
चिसो र आद्र वातावरणमा नबस्ने ।
यात्रामा पटक(पटक पिसाब फेर्ने ।
कडा कुर्सीमा बस्ने ।
चूरोट, चिया, कफी, मदिरा तथा मसला कम खाने ।
संक्रमण हुन नदिन प्रशस्त झोल पदार्थ खाने ।
रातीमा पानी नखाने ताकि राती पटक(पटक पिसाब फेर्नु नपरोस ।
पिसाबको संक्रमणलाई समयमै उपचार गर्ने ।
एलर्जी तथा रुघाखोकीका औषधी अनावश्यक प्रयोग नगर्ने ।
हल्का मालिस, अभ्यास तथा प्रणायाम गर्ने ।
एउटै आसनमा लामो समयसम्म नबस्नेरउठ्ने, हिँड्ने, हल्का व्यायाम गर्ने ।
हरियो सागपात, फलफूल, जौ, काँक्रो, खर्बुजा प्रशस्त सेवन गर्ने ।
लक्षण देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श गरी उपचार गर्ने ।
किगल व्यायाम गर्ने ।
पिसाबको पटक कम गर्न धपेडी, तनाव, हतासपन घटाउने ।
यस्तै, पुरुष जसको बुबा, दाजु, भाइ, काकाजस्ता नजिकका नातेदारमा प्रोस्टेट क्यान्सर देखापरेको छ भने उनीहरूको पीएसएको जाँच वंशमा प्रोस्टेट क्यान्सर नभएका पुरुषको भन्दा कम उमेरमै ४० वर्षदेखि थाल्नुपर्छ र २ वर्षको लामो अवधि नकुरी ६ महिनामै यो रक्तपरीक्षण दोर्होयाइराख्नु उपयुक्त हुन्छ । उपचार गनुपर्ने निर्णय भएको खण्डमा चिकित्सा विधिको सम्मिश्रणलाई बढी प्रोयग गर्नुपर्ने हुन्छ ।