काठमाडौं, हिजोआज टेबुल कुर्सीमा बसेर खानु आधुनिक सभ्यताको द्योतकका रुपमा लिइन थालेको छ तर भुँइमा पलेटी मारेर खानुको मज्जा पनि आफ्नै किसिमको हुन्छ। यतिमात्र होईन भुँइमा पलेटी मारेर खानु स्वास्थ्यका लागि निकै लाभदायक पनि मानिएको छ।
पलेटी मारेर बस्नु योग दर्शनका दृष्टिकोणमा सुखासन हो , यो आसनमा बस्दा मानिसको दिमाग आफै शान्त हुनुका साथै खानाप्रति ध्यान केन्द्रित हुन्छ। यसरी खाँदा आवश्यक्ताभन्दा बढी खाना खाने बानीबाट पनि बच्न सकिन्छ। पलेटी मारेर बस्दा पेटको आसपास, ढाडको तल्लो भाग लगायतका मांसपेशीहरुमा एक किसिमको हलचल पैदा हुन्छ जसको फलस्वरुप पाचन प्रणालीले आरामसँग काम गर्न पाउँछ र खाना सजिलैसँग पचाइन्छ।
पलेटी मारेर खाना बस्दा मानिस केही अगाडी झुकेर खाना मुखमा हाल्ने गर्दछ र खाना निल्न पूर्ववत् अवस्थामा फर्किने गर्दछ। यसरी अगाडी पछाडी गर्दा पेटका मांसपेशीहरुको स्िरकयता बढ्छ र पाचनमा निकै सजिलो हुन्छ।
भुँइमा पलेटी मारेर खाना खानुलाई पूर्णतया पारिवारिक परम्परा मानिन्छ र यसमा घरका प्रायः सबै सदस्य सँगै जसो खाना खाने गर्दछन्। यसबाट पारिवारिक एकता तथा तालमेलमा अभिवृद्धि हुने पनि मानिन्छ।
भनिन्छ , भुइँमा पलेटी मारेर खाना खाँदा बुढ्यौतीका समस्याबाट केही मुक्ति पाउन सकिन्छ किनकि यस आसनमा बस्दा पिठ्यु र ढाडको हड्डी सम्बन्धी समस्याले कम दुःख दिन्छ। त्यस्तै काँध दुख्ने मानिसहरुका लागि पनि यसरी बसेर खाँदा फाइदाजनक नै हुन्छ।
पलेटी मारेर बस्नु अर्थात् सुखासनले पाचन पद्धतीमात्र बलियो पार्ने नभइ खुट्टाका जोर्नीहरुलाई कोमल तथा लचिलो पार्न पनि सघाउँछ। लचिलोका कारण जोर्नीहरुमा चिल्लोपन आउँछ र यसबाट जमीनमा बस्न सहज हुन्छ।
भुँइमा बसेर खाँदा रक्त संचारमा पनि सुधार आउँछ। यसबाट मुटुले पाचन प्रणालीमा सघाउने अङ्गहरुमा सहज ढङ्गबाट रक्त संचार गर्दछ। हामीले टेबुलमा बसेर खाना खाँदा यसको ठीक विपरीत हुने गर्दछ , यसमा रक्त संचार खुट्टासम्म मात्र हुन्छ जुन खाने समय आवश्यक हुँदैन।
अब निर्णय आफै गर्नुस् टेबुलमा खाने कि भुँइमा पलेटी मारेर।