काठमाडौं : ‘बर्खामा झरी नियमित प्रक्रिया हो ।’ न्यूनचापीय रेखा नेपालको तराई भूभागमा केन्द्रित हुँदा मनसुन बढी सक्रिय हुन्छ । पछीलो केही दिनदेखि लगातार झरी परिरहेको छ । उपत्यका आसपास लगायत देशभर मनसुन सक्रिय हुँदै गएको छ। देशका धेरै ठाउँमा बाढी पहिरो गइरहेको छ। धेरै मानिसहरुको ज्यान समेत गइसकेको छ।
बाढी पहिरोको कारण धेरै वस्तीहरुमा असर परेको छ। यसले मानिसको दैनिक जीवनयापन मा पनि असर गरेको छ। धेरै जसो खाने पानीको मुहानमा बाढी पसेर मानिसहरु दुषित पानी खान बाध्य भइरहेका छन्। जसले गर्दा विभिन्न खालका रोगहरुको जोखिम बढ्दै गइरहेको छ।
बर्षाको कारण देखिने मौसमी संक्रमणजन्य सरुवा रोगहरु लागेमा सामान्य ध्यान दिन सके पनि यस्ता संक्रमण बाट जोगिन सकिने भए पनि सामान्य असावधानीले गर्दा बर्षेनी धेरै मानिसहरु यस्ता मौसमी संक्रमणबाट प्रभावित हुने विशेषज्ञ डाक्टर हरु बताउछन्। यस मौसमा धेरै जसो दुषित पानीको सेवनका कारण बर्षेनी मानिसहरु यो मौसममा विभिन्न खालका संक्रमण बाट प्रभावित हुने गर्छन्।
दुषित पानीका कारण देखिने रोग
टाइफाइड
मनसुनको बेलामा धेरैमा संक्रमण भनेको टाइफाइड ज्वरो देखिने हो। साल्मोनेला समूहको जिवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ। साल्मोनेला समूहका धेरै खालका जिवाणु हुन्छ तर टाइफाइड भएका विरामीमा बढीमात्रामा साल्मोनेला टाइफाई र प्यारा टाइफाइडका जिवाणुहरु भेटिन्छन्। दुषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरु देखिन्छ।
यो रोगबाट बढीमात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटीहरु प्रभावित हुने गरेको देखिएको छ। मानिसको शरीरमा हनहनी ज्वरो आँउछ । त्यसबाहेक रिँगाटा लाग्ने, वाकवाकी लागि कसै कसैलाई बान्त पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने हुन्छ।
झाडापखला
यो मौसमा देखिने पानीजन्य अर्को सरुवा रोग झाडापखला हो। बर्षाको समयमा हामीले खाने धेरै जसो पानी दुषित हुने हुदाँ झाडापखला देखिने गर्छ। शहरको तुलनामा ग्रामीण भेगमा यस मौसममा झाडापखला धेरै देखिने गर्छ। यस मौसमा खाने पानीको मुहान फोहोर हुने वा पानीमा दिसामा पाइने कोलिफर्म हुने हुदाँ डाफापखला धेरै देखिने गर्छ।
हेपटाइस ए, बी
हामीले खाने कुरा र पानीले गर्दा यस मौसममा देखिने अर्को प्रमुख सरुवा रोग हेपटाइस ए, बी अर्थात जन्डिस हो। बासी खाने कुरा दुषित पानीले धेरैलाई जन्डिस देखिने गर्छ। शरिरमा पानीको कमी हुनु तथा बजारमा राखिएका बासी खाने कुरा खाने गर्नाले पनि धेरैलाई जन्डिस देखिने गर्छ। सुरुमा ज्योरो आउने शरीर गल्दै जाने जन्डिसको प्रमुख लक्षण हो।
आउँ / हैजा
हामीले खाने दुषित पानी र खानेकुराले गर्दा यस मौसमा धेरैलाई आउँ तथा हैजा देखिने गर्छ। पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने लामो समयसम्म उपचार नगरेमा शरीरमा पानीको मात्र कम हुने र अन्यमा शरीरका महत्वपुर्ण अगंहरुले काम गर्न छोड्न हुन्छ। जसले गर्दा यस मौसममा आउँबाट बच्न हामीले खाने पानी र खाने कुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ।
यस्ता रोगबाट कसरी बच्ने ?
पानी उमालेर खाने
बर्षाको बेलामा धेरै बाढी पहिरो आउने गर्छ। जसले गर्दा हाम्रो घरवरपरको खानेपानीको मुहानहरुमा बाढी पसेर खानेपानीको मुहान दुषित पार्ने गर्छ। यसरी बाढी पसेको पानी हामीले सेवन गर्न बाध्य हुन्छौँ जसले गर्दा हामीलाई झाडापखला, आउँ जस्ता संक्रमण देखिने गर्छ। त्यसैले पानीलाई उमालेर खाने गर्नु पर्छ। यदि पानी उमालेर खान नसक्ने अवस्था आएमा पानीलाई निर्मलिकरण मार्फत् पानीमा कोलोरीन भए पनि राखेर खाने गर्नु पर्छ। पानीलाई कम्तिमा पनी एक मिनेटसम्म उमालेर खाने गर्नु पर्छ।
व्यक्तिग सरसफाइमा ध्यान दिने
सरुवा रोगबाट जोगिन सबै भन्दा पहिले हरेक व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ। बर्षात को मौसममा अझ बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिमा पानीजन्य समस्याको प्रकोप धेरै हुने हुदाँ हामीले खाने पानीको शुद्धतामा बिशेष ध्यान दिनु आवश्यक हुन्छ। बर्षात मा दुषित पानी बाट लाग्ने रोगहरुबाट बच्ने सबैभन्दा पहिलो विकल्प भनेकै दुषित पानीको सेवन नगर्नु र हात धोएर मात्र खानेकुरा खाने गर्नु पर्छ। जथाभावी दिसापिसाब गर्नु हुदैन। खानेकुरा लाई राम्रोसंग पकाएर खानु पर्छ। यसका साथै साबुन पानीले हात धुने गरेमा पनि यी रोगबाट बच्न सकिन्छ । दिसा गरीसकेपछि, खाना खानुभन्दा पहिला, खाना बनाउनु अघि र खाना सर्भ गर्नु पहिला साबुन पानीले हात धुनु आवश्यक हुन्छ।
घरबाहिर निस्कदा माक्स प्रयोग गरौँ
अर्को यस मौसममा बासी खाने कुरा नथा काचोँ खानेकुरा खानु हुदैन। घरबाहिर निस्कदाँ माक्सको प्रयोग गर्ने गर्नु पर्छ। यस मौसममा बाढीले विभिन्नखालका जिवजन्तुहरुलाई बगाएर ल्याउने धेरै सम्भावना हुन्छ। जसले गर्दा दुर्गन्ध फौलिने गर्छ यस्ता खालका दुर्गन्धले हाम्रो स्वास्थ्यलाई असर गर्ने गर्छ। त्यसैले बाहिर निस्कदा माक्सको प्रयोग गर्नु राम्रो हुन्छ।
किटजन्य रोगबाट सजग रहौँ
बाढी आइसकेको केही दिन पछी पानी जमेर बसेको वरपर धेरै लामखुट्टे बस्ने गर्छ। यसरी बसेको लामखुट्टेको टोकाइले किट जन्य रोगहरु ( डेगु, मलेरिया , स्क्रब टाइफस) जस्ता रोगहरु लाग्ने सम्भावना हुन्छ। त्यसैले यस्ता संक्रमण बाट बच्न घरबाहिर निस्कदा बाक्लो कपडा लगाउने। धरै झाडी भएको ठाउँमा नजाने तथा सुत्दा झुल प्रयोग गर्ने गर्नु पर्छ।