काठमाडौं- बाथरोग एक प्रकारको अटोईम्युन डिजिज हो । अटोईम्युन डिजिज भन्नाले हाम्रो शरीरको रोग निरोधक शक्तिले जब आफ्नै शरीरको रोग निरोधक शाक्तिले जब आफ्नै शरीरको अंगमा असर पार्न थाल्छ त्यसबेला अटो अटोईम्युन डिजिज शुरु हुन्छ । जसको फलस्वरुप मुख्यतय शरीरको जोर्निहरु दुख्ने हुन्छ ।
बाथरोगका प्रकारहरु
ढाडको बाथ (स्पोण्डिलो आरथ्राइटिस्)
र्यूमाटाइड आर्थराइटिस
स्पोण्डिलो आर्थराइटिस (ढाडको वाथ)
लुपस
स्क्लेरोडर्मा (छाला बाक्लो हुने बाथ )
ओस्टियो आथ्र्रराइटिस (जोर्नी खिइने बाथ)
गाउट (यूरिक एसिडको बाथ)
जुभेनाइल आथ्र्रराइटिस (बालबालिकामा हुने बाथ)
बाथरोगका लक्षणहरु
हातका औलाहरु दुख्ने वा सुनिने
बिहान उठ्ने बेलामा हात खुट्टा अरठ्ठो हुने,
गोलीगाँठो दुख्ने वा सुन्निने,
राती तथा बिहान तथा बिहान ढाड दुख्ने वा अरठ्ठो हुने,
पिडौला दुख्ने वा करकर खाने,
गर्भ तुहिने, श्वास लिन गाहे हुने,
ज्वरो आउने,कपाल झर्ने,मुखमा घाउ हुने,
छाती दुख्ने, खकारमा रगत आउने,
शरीरको कुनै भागको हाडजोर्नी, घाँटीको हड्डी दुख्ने ,
पाखुरा, कुईनो , हातका औला, कम्मर दुख्ने,
हड्डी सुनिने,
चिसोपानीमा हात राख्दा छालाको रंग परिवर्तन भई सेतो , निलो वा रातो हुने,
मुटु काम्ने,
निद्रा नलाग्ने,
खुट्टा झमझम गर्ने , पोल्ने , सिल्को हान्ने,
अनुहारमा पुतलीको प्वाख जस्तो रातो डाम आउने,
छाला विस्तारै विस्तारै तन्किदै जाने र कडा हुने,
बाथरोगबाट बच्ने उपायहरु
मेडिकल साइन्सले बाथ रोग लाग्नै नदिने उपाय अहिलेसम्म पत्ता लगाउन सकेको छैन । यससँग सम्बन्धित भ्याक्सिन र औषधीहरु प्नि छैनन् । परिवारका कुनै सदस्यलाई बाथ रोग भएमा अन्य सदस्यहरु सर्तक हुनुपर्छ ।
डेढ महिना देखी ३ महिनासम्म बाथ रोग पत्ता लगाउने केशिस गर्नुपर्छे । बाथ रोग भएको पत्ता लागेमा सेकेण्डरी प्रिभेन्सन अपनाई जटिलतालाई रोक्नतिर लाग्नुपर्छ ।
खाना नहुने
प्रोटिनयुक्त खाना जस्तैः सुकेको गेडागुडी टमाटर, काउली बन्दा, च्याउ, कोक, फ्यान्टा, काजु, पेस्ता, खसी, राँगा, बँदेलको मासु
बासी, घीउ, तेलमा तारेको, पिरो र मसालेदार खाना नखाने,
चिया, रक्सी, मक्खन, भिण्डी, मासको दाल, भात, मासु, मुुराको दाल एकदमै कम खाने ,
ग्यास जम्मा हुने खालको, युरिक एसिड बढाउने खालको खाना नखाने ,
अमिलो खालको खाने कुरा नखाने ,
रोगीले जाँडरक्सी तथा धुम्रपान गर्नु हुदैन,
खाना हुने
मद्यपान, धूम्रापान नगर्ने,
जंगफुडको प्रयोग पनि नगर्ने,
खानामा सुन्तलित, पच्ने खालको, चोकर भएको रोटी, बोक्रा सहितको मुंगको दाल खाने,
तरकारीमा सजिउन, लौका, घिरौला, बन्दाकोभी, टमाटर, परवल, गाँजर, अदुवा, लसुन आदि खाने,
धेरै पानी भएको फल जस्तो खरबुजा, मेवा, काक्रो धेरै खाने,
उखुको रस, सख्खर, उम्रेको गेडागुडी, साबुदाना आफनो इच्छा अनुसार खाने,
बाथ रोग खतरनाक बिरामी हो । यसको सही पहिचान गर्ने र समयमा उपचार गर्न जरुरी छ । जत्ति चाडो उपचार सुरु गरियो त्यक्ति नै छिटो जोर्नी बचाउन सकिन्छ।
बाथको उपचार लक्षण सुरु भएको ३ महिनाबाट १ बर्षभित्र गरिएमा यसबाट हुने नकरात्मक असरलाई न्युनिकरण गर्न सकिन्छ ।