कलेजोमा लाग्ने धेरै रोगमध्ये एक हो, लिभर सिरोसिस । लिभर सिरोसिस सुस्त गतिमा बढ्ने रोग हो । यो रोगमा कलेजोको आकार खुम्चिन थाल्छ र त्यसमा कठोरता आउँछ । यस रोगमा कलोजोका धेरै कोशिकाहरु नष्ट हुन्छन् र फाइबर तन्तुले त्यसको स्थान लिन्छन् । साथै कलेजोको बनावट पनि असामान्य हुन्छ । यस बिमारीको अन्तिम उपचार कलेजो प्रत्यारोपण हो ।
लिभर सिरोसिसको प्रमुख कारण कलेजो गम्भीर रुपमा क्षतिग्रस्त हुनु हो । यसको कारण हो गलत खानपान एवं मदिरा सेवन । वोसोयुक्त चिजहरुको बढि सेवनले, बढि मासुजन्य आहार लिनाले र औषधिको साइड इफेक्टको कारणले लिभर सिरोसिस जस्तो गम्भीर रोग लाग्न सक्छ ।
त्यस्तै विभिन्न स्वास्थ्य समस्याका कारण कलेजोको आकार बिस्तारै खुम्चिँदै जाने अवस्थालाई सिरोसिस भनिन्छ । अध्ययनअनुसार प्रतिवर्ष विश्वमा २६ हजारभन्दा बढी व्यक्तिको सिरोसिसका कारण मृत्यु भइरहेको छ । नेपालमा पनि कलेजोमा हुने समस्याहरूमध्ये सिरोसिस मुख्य रहेको छ ।
कलेजोले शरीरमा पित्त उत्पादन गर्छ, सामान्यतया पाचन प्रणालीले खाना पचाइसकेपछि निस्किने पोषक तत्वहरू कलेजोले संग्रह गरेर राख्छ । पित्तले अनावश्यक बोसो पचाउने र भिटामिन सोस्ने काम गर्छ । शरीरका लागि आवश्यक प्रोटिन र रगत जम्न चाहिने तत्वसमेत कलेजोको सहयोगमा उत्पादन हुन्छ । कलेजोमा हुने समस्याको मुख्य कारण मद्यपान, अव्यवस्थित खानपान, हेपाटाइटिस बी आदिलाई मान्न सकिन्छ । कलेजोमा बोसो जम्नु, पित्त नलीमा संक्रमण हुनु र अत्यधिक औषधिको प्रभावका कारण पनि सिरोसिस हुन सक्छ । तर, करिब २० प्रतिशतमा भने सिरोसिसको कारण पत्ता लगाउन सकिँदैन ।
लिभर सिरोसिस के कारणले हुने गर्छ ?
नेपालको परिवेशमा लिभर सिरोसिस हुने मुख्य कारण भनेकै रक्सीको अत्याधिक सेवन गर्नु हो । अस्पतालमा भर्ना भएका कलेजोका बिरामीहरुमध्ये ५० प्रतिशत त रक्सी सेवन गरेरै त्यो अवस्थामा पुगेका हुन्छन् ।
त्यस्तै गाउँघरमा पुरानो विधि अपनाउँदै आफै विभिन्न किसीमका जडिबुटिहरुको सेवन गर्दा मिर्गौला र कलेजो खराब गराउँने वा कलेजोमा समस्या भएका बिरामीहरुले त्यसरी जडिबुटिको सेवन गर्दा अझै बढि कलेजो बिग्राने गर्छ ।
पुरुषले जति जाड रक्सी खाँदा कलेजो सिरोसिस हुन जान्छ । महिलाको हकमा हेर्ने हो भने अझ कम जाड रक्सी अर्थात आधा खाँदा नै कलेजो खराब गर्न सक्छ । सामान्यतया पुरुषले १६० ग्राम रक्सी खाए १० वर्षमा उसको कलेजो सिरोसिस हुन्छ भने महिलाले ८० ग्राम एम एल खाएमा १० बर्षमा सिरोसिस गराउँछ सक्छ ।
आमाबाट बच्चामा सजिलै सर्न सक्ने हेपाटाइटिस बी ले पनि लामो समयसम्म असर गरिरहेको छ भने पनि कलेजोलाई कडापन तिर लग्न सक्छ ।
जोर्नी दुख्नु वा बाथसँग सम्बन्धित रोगले पनि कलेजोलाई असर गर्न सक्छ । साथै केहि बंशाणुगत कारण पनि हुन सक्छन् ।
लिभर सिरोसिस हँदा के कस्ता लक्षणहरु देखिन्छन ?
कुनै पनि लक्षण नदेखिएता पनि नियमित अल्ट्रासाउड स्क्रिनीङ गर्दा पनि थाहा हुन्छ ।
रगतको जाचँ गर्दा वा रगतको कोषहरुमा कमी आएमा ।
सिरोसिस भइसकेको बिरामीहरुमा पटक पटक संक्रमण हुने सम्भावना बढेमा ।
सामान्य मानिसभन्दा १५ देखि १७ गुण बढि टिबी हुने सम्भावना हुन्छ ।
मुख, दिसाबाट रगत आउनु, पेट फुल्नु पटक पटक टक्सिनस हुनु ।
सिरोसिस पछि र नहुदै कतिपय अवस्थामा कलेजोको क्यान्सर पनि हुन सक्छ ।
कलेजोमा हुने धेरै संक्रमण ठिक हुने गर्छन ।
शरीर पहेँलो हुने (जन्डिस)
पेटमा पानी जम्ने
खुट्टा सुन्निने
पुरुषमा स्तन वृद्धि हुने (गाइनेकोमास्टिया)
प्रजननसम्बन्धी समस्या
मस्तिष्क अनियन्त्रित हुने
कलेजो सुन्निने
कस्तो अवस्थामा बिरामी अस्पताल आउँने गर्छन ?
कलेजोको धेरै संक्रमण निको हुने गर्छ । हेपाटाइटिस बी भएर कसैलाई जन्डिस भयो भने ९५ प्रतिशत भन्दा बढि आफै निको हुने गर्छ । त्यसका लागि हामीले स्वस्थ्यकर खाना खानु पर्ने हुन्छ ।
प्रायः बिरामीहरु कलेजोमा संक्रमण फैलिसकेपछि अस्पताल आउँने गर्छन । त्यस्तै जथाभावि औषधी र जडिबुटिको सेवन गरेर कलेजोमा समस्या केहि बढेपछि अस्पताल आउँनेको संख्या पनि धेरै छ । कलेजोमा इन्जुरी भइसकेपछि निको हुनका लागि बिरामीले खानपानमा उत्तिकै ध्यान दिनु पर्ने हुन्छ ।
मोटोपना भएका व्यक्तिको कलेजोमा बोसो जमिरहेको हुन्छ । त्यस्ता व्यक्तिले रक्सी खाए अझै छिट्टो कलेजो खराब हुदै जान्छ । त्यसकारण जथाभावि खानापान गरेर संक्रमण लिएर अस्पताल आउँनु भन्दा पनि स्वास्थ्यमा असर पर्ने खालका खाने कुराहरु नखानु बुद्धिमता साबित हुन्छ ।
कस्तो अवस्थामा कलेजो प्रत्यारोपण गर्नु पर्ने हुन्छ ?
सिरोसिस भएर कलेजो खराब भएको छ भने पेटमा पानी बढिरहेको छ पानी पटक पटक तान्नु पर्ने अवस्था आयो भने,
मुखबाट बारम्बार रगत आयो नस्साहरु फुलिनबाट रोक्न सकिएन भने,
कलेजो समस्याका कारण बेहोसीपना बढ्दै गयो भने,
कलेजोको कारणले मिर्गौलालाई असर गरेको छ भने,
कलेजोकै कारणले छातीमा पानी जमेको छ र बिरामीलाई सास र्फेनमा समेत समस्या भइरहेको छ भने,
कलेजो प्रत्यारोपण गर्ने व्यक्तिले आफुसँग ४० प्रतिशत कलेजो राखेर बिरामीलाई ६० प्रतिशत कलेजो दिनु पर्ने हुन्छ । तर दाताकै कलेजोमा समस्या छ भने त्यस्तो अवस्थामा कलेजो दिन मिल्दैन ।
कुनै पनि कलेजोका बिरामीलाई तत्कालै (लगभग सात दिन भित्र) कलेजो प्रत्यारोपण गर्नु पर्ने अवस्था आएको खण्डमा नेपालमा त्यो सुविधा आइसकेको छैन् जसले गर्दा बिरामीले मृत्युवरण गर्छन । हाम्रै छिमेकी मुलुक भारतमा यो सुविधा आइसकेको छ तर नेपालमा यो सुविधा अझैपनि भित्रीएको छैन ।
रोकथाम र उपचार
सिरोसिस भए नभएको पत्ता लगाउने प्रमुख विधि लिभरको बायोप्सी हो । जसमा कलेजोको सानो टुक्रा लिएर माइक्रोस्कोपमा राखेर परीक्षण गर्ने गरिन्छ । तर, कलेजोको हरेक समस्याका लागि बायोप्सी आवश्यक हुँदैन । यसबाहेक रगतको जाँच, पेटको जाँच, अल्ट्रासाउन्ड, सिटिस्क्यान र इन्डोस्कोपीबाट अन्य समस्या थाहा पाउन सकिन्छ ।
सिरोसिस लामो समयसम्म उपचार नभएमा कलेजोको क्यान्सर हुन सक्ने जोखिम रहन्छ । तसर्थ लक्षण वा कारण पत्ता लागेपछि पेट तथा कलेजो रोग विशेषज्ञहरूसँग नियमित परामर्श लिनुपर्छ । तथ्यांकअनुसार, सिरोसिसका कारण ३ देखि ४ प्रतिशतमा क्यान्सर भएको पाइन्छ । सुरुवातीको अवस्थामै सिरोसिस पत्ता लगाउन सके जोखिमबाट बच्न सकिन्छ ।