पछिल्लो एक वर्षमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणले प्रायः सबै मुलुक र क्षेत्रलाई प्रभावित तुल्यायो । सन् २०१९ को डिसेम्बरमा चीनको वुहान सहरमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना भाइरस महामारीबाट सुरक्षित रहने एक मात्र उपाय नै यसविरुद्ध भ्याक्सिन (खोप) लगाउनु हो । जति धेरैले खोप लगाउँछन्, त्यति नै कोरोना भाइरसमाथि जित प्राप्त हुन्छ । अहिले विश्वभरि कोरोनाको दोस्रो लहर फैलिरहेको छ साथै कतिपय देशहरुमा तेस्रो लहरको पनि सुर्वात भएको देखिन आएको छ् । साथै खोेप अभियान पनि सँगसँगै चलिरहेको छ ।
यही महामारीका बिचमा विश्वभर ५ अर्ब मानिसको कोरोना विरुद्धको खोप लगाएका छन् । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)का अनुसार ५ अर्ब मानिसले कोरोनाको पहिलो खोप लगाएका छन् । जसमा न्यून आय देशका १.६ प्रतिशतमात्रै मानिसले खोप पाएका छन् ।
हालसम्म नेपालमा ५० लाख भन्दा बढीले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ५० लाख भन्दा बढी व्यक्तिले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेको छ ।
आर्थिक रूपमा कमजोर देशहरू अझै पनि भ्याक्सिनबाट वञ्चित छन् । भ्याक्सिन पुगेका देशमा पनि चाहिने मात्रामा आपूर्ति हुन सकेको छैन । बेलायत, दक्षिण अफ्रिका र ब्राजिल, भारतमा देखिएका भाइरसका नयाँ भेरियन्टविरुद्ध भ्याक्सिन प्रभावकारी हुने नहुने अन्योल छ ।
डब्लुएचओले भ्याक्सिन उत्पादन गरिरहेका कम्पनीहरूलाई बढीभन्दा बढी उत्पादन गर्न भनेको छ । सोहीअनुसार भ्याक्सिन तीव ग्रतिमा उत्पादन पनि भइरहेको छ । विश्वभरि ५ अर्ब मानिसले भ्याक्सिनको पहिलो डोज लगाइसकेका छन् ।
अहिले विश्वभर अमेरिका, चीन, रसिया, जर्मनी तथा भारतद्वारा उत्पादित भ्याक्सिन प्राय प्रयोगमा छन् ।
कोरोना संक्रमणको मुख्य चपेटामा विश्वस्तरकै स्वास्थ्य सेवा भएका तथा आर्थिक रूपमा शक्ति सम्पन्न मुलुकहरू अमेरिका, भारत, ब्राजिल, बेलायत, रुसलगायत नै यसबाट बढी प्रभावित बने । यसका लागि धेरै जनसंख्या हुनु, समयमै स्वास्थ्य सावधानी नअपनाइनु तथा एकैपटक धेरैमा संक्रमण हुँदा जनशक्ति र स्वास्थ्य संयन्त्रले नधान्नुलाई प्रमुख कारण मानिएको छ । कतिपय मुलुकका सरकारले यसलाई राजनीतिक विषयवस्तु बनाएर असंवेदनशील ढंगबाट प्रचार गर्दा पनि धेरैमा संक्रमण विस्तार हुन सघाउ पुगेको विभिन्न रिपोर्टहरूमा उल्लेख छ । केही यस्ता पनि मुलुक छन्, जहाँ बेलैमा स्वास्थ्य सावधानी अपनाइँदा हालसम्म संक्रमण देखिएको छैन ।