हिजोआजका विवाहित जोडीहरू योजना बनाएर मात्र शिशु जन्माउँछन् । उनीहरूबीच यति महिनापछि, यति वर्षपछि मात्र सन्तान ट्राइ गर्ने भनेर योजना बनेको हुन्छ । यद्यपि गर्भवती हुन सोचेजस्तो सहज नहुनसक्छ । कसैलाई एउटै प्रयासमा गर्भ रहनसक्छ भने कसैलाई महिनौं प्रयास गर्नुपर्ने हुन्छ ।
गर्भवती हुनका यौनसम्बन्ध राख्नु जति जरुरी छ उति नै जरुरी कसरी र कहिले यौनसम्पर्क गर्दा गर्भ रहन्छ भन्ने कुराको जानकारी हुनु आवश्यक छ । यी कुरालाई बेवास्ता गर्दा गर्भ नरहन पनि सक्छ ।
गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित डिम्बको मिलनबाट हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रूपमा निम्नकुरा हुनु आवश्यक छ ।
१. डिम्ब निष्कासन
२. यौन सम्पर्क
३. वीर्य स्खलन
४. डिम्ब निषेचन तथा
५. डिम्ब रोपण
यौन सम्पर्कका बेला पुरुषको वीर्य स्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बमा ती असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ।
कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं त्यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकिटसँग मिलन हुन डिम्ब निस्किएको समय हुन जरुरी छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ ।
यस्तै २८ दिनको महिनावारी भएकी महिलाको १४ औं दिन तिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौन सम्पर्क गर्दा गर्भ रहने संभावना एकदम धेरै हुन्छ । शुक्रकीट डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन् अङ्गभित्र ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिन पछिको समय लाई गर्भधारणको दृष्टिकोणले असुरक्षित समय मानिन्छ । सामान्यतया महिनावारी सुरु भएको आठौं दिनमा यौन सम्पर्क गर्दा गर्भरहने सम्भावना न्यून हुन्छ ।
गर्भ कसरी बस्छ ?
पुरुष प्रजनन कोष ‘शुक्रकीट’ महिलाको गर्भाशयमा अवस्थित अण्डसँग मेल भएर त्यसलाई फर्टिलाइज गरेपछि महिला गर्भवती हुन्छिन् ।
कति पटक राख्ने यौनसम्बन्ध ?
यस विषयमा एउटा प्यारेन्टिङ वेबसाइटले १ हजार १ सय ९४ दम्पतिमाथि अध्ययन गरेको थियो । उक्त अध्ययनमा सामेल सबै दम्पति सन्तान चाहनेहरू थिए । अध्ययनमा उनीहरूले गर्भधारणका लागि कति पटक सेक्स गरेका थिए भन्ने कुरा जान्न प्रयास गरिएको थियो । आमाबाबु बन्न चाहने ती दम्पतीलाई औसतमा ७८ पटक सेक्स गर्दा सफलता हात लागेको थियो । यो क्रम औसत छ महिना चलेको थियो भने उनीहरूले एक महिनामा औसत १३ पटक सेक्स गरेका थिए ।
स्रोतः एजेन्सी