नेशनल आइ एण्ड कस्मेटिक सर्जरीले आज आफ्नो छैठौं वार्षिक उत्सव मनाएको छ । बुधबार एक कार्यक्रम गर्दै कस्मेटिक सर्जरीले वार्षिक उत्सव मनाएको हो ।
वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा सेन्टरका निर्देशक रोशन कक्षपतीले ६ वर्षको अवधिमा सेन्टरले ओपीडी तथा विभिन्न ठाउँमा आयोजना गरिएको नि:शुल्क शिविर मार्फत करिब १० हजार व्यक्तिलाई उपचार सेवा प्रदान गरेको बताए। यस्तै करिब ५ सय जनाको सफल कस्मेटिक सर्जरी सेवा प्रदान गरेको उनले जानकारी दिए।
वार्षिक दिवसको अवसरमा सेन्टरले एक महिना सर्जरी तर्फ २५%, चश्मा बनाउन २०% र निशुल्क आँखा परिक्षणका साथै न्युनतम दर्ता शुल्क रू ५० मा सामुदायिक आँखा क्लिनिक खोलेको कक्षपतीको भनाइ छ।
२०७२ सालदेखि नै सम्पुर्ण आँखाको रोगको जाँच तथा उपचार प्रदान गर्दै आएको सेन्टरले आँखाको प्लास्टिक सर्जरी गरिरहेको छ । नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले आँखाको सम्पूर्ण परीक्षणहरु दुष्टि दोष, उच्चरक्तचाप, मधुमेह, थाइराइड, वाथरोग र शरिरको अन्य भागमा लागेको रोगका कारणले आँखामा पर्ने असरको जाँच समेत गदै आएको छ ।
कार्यक्रमका प्रमुखअतिथि ललितपुर महानगरका मेयर चिरिबाबु मर्हजनले सेन्टरको व्यवसायीक सफलताको शुभकामना समेत दिएका थिए।
त्यस्तै कार्यक्रमका सभापति नेशनल आइ एण्ड सर्जरी सर्जिकलको अध्यक्ष डा. पूजा राजभण्डारीले सबैको साथ र सहयोगले छैठौं बर्षमा आइपुग्दा खुशी लागेको बताएकी थिइन ।
कस्मेटिक आई सर्जरी अन्तरगत आँखाको मुन्द्री बनाउने, मंगोलियन आइलिड सर्जरी, आँखाको बोसो हटाउने, आइब्रो तथा चेकलेफ्टिङ गर्न र अनुहारको चाउरीपना हटाउने लगायतका कस्मेटिक सेवा पनि सञ्चालन गरिरहेको डा राजभण्डारीको भनाइ छ।
।