एउटी किशोरी हुर्कदै जाने क्रममा उनीहरुका शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु देखिन थाल्छन् । छाती आकार बढ्नु, मासिक श्राव हुनु जस्ता कुराहरुले उनी जवान भएको संकेत दिन्छ । हिजोआज किशोरीहरुमा १०-१२ वर्षमा नै महिनावारी हुन थालेको छ
शारीरिक विकास एउटा चरणमा पुगेपछि महिलामा रजस्वला सुरु हुन्छ । यसलाई ‘महिनावारी’ पनि भनिन्छ । साधारणतया किशोरी अवस्थामा पुगेपछि महिलामा महिनावारी सुरु हुन्छ । महिनावारी सुरु हुनुलाई महिला शारीरिक रुपमा परिपक्व भएको प्राकृतिक संकेतका रुपमा पनि बुझिन्छ ।
समान्यत महिनावरी चक्र निश्चित अवधिमा हुने गर्छ । कसैलाई २८ दिनमा त कसैलाई ३२ दिन । यस अवधि भित्र नियमित रुपमा महिनावरी भएमा त्यसलाई सामान्य मानिन्छ । तर, सबैको हकमा यस्तो हुँदैन । कतिपयको महिनावरी चाडै हुने वा ढिलो हुने भइरहन्छ । यस किसिमको अनियमित महिनवरीको एकमात्र कारण छैन । यसमा शारीरिक वा मानसिक स्वास्थ्यदेखि खानपानसमेत जिम्मेवार रहन्छ ।
गर्भाशयले बनाएको रगतको तह योनीमार्ग हुँदै शरीरबाट बाहिर निस्कन्छ । यो प्रक्रिया सामान्यतया २८ दिनको अन्तरमा चलिरहन्छ । तर यो नियमित नै हुन्छ भन्ने होइन । पहिलो पटक महिनावारी भइसकेपछि कतिपयमा यो चक्र अनियमित पनि हुन सक्छ ।
महिनावारीमा कहिले काहीँ अनियमितता हुनु सामान्य कुरा त हो, तर यदि त्यो समस्या सधैं हुन थाल्यो भने सचेत हुनु आवश्यक छ ।
कति महिलाहरुको महिनावारी १५ देखि २० दिन ढिलो हुन्छ, यसरी महिनावारी धेरै दिन ढिला भयो भने महिलाहरुमा धेरै समस्याहरु उत्पन्न हुन थाल्छ । शरीर दुख्ने, ढाड दुख्ने, कपाल झर्ने र छटपट हुने जस्ता समस्याहरु देखिन्छ ।
महिनावारी किन गडबड हुन्छ ?
—किशोरीमा शारीरिक परिपक्वतामा ढिलो/छिटो हुँदा महिनावारीको चक्र प्रभावित हुन सक्छ । किशोरीको मेच्युरिटी नपुगेर पहिलो पटक महिनावारी भएपछिको एक÷ढेड वर्षसम्म पनि महिनावारी नहुने वा अनियमित हुन सक्छ ।
—महिनावारी ढिलो÷छिटो हुँदा औषधि सेवन गरेमा महिनावारी झन् अनियमित हुन सक्छ । किनभने औषधि विक्री गर्ने सबैलाई हर्मन कसलाई कति दिने भन्ने थाहा हुँदैन ।
—परिवार नियोजनको अस्थायी साधनका रुपमा औषधि सेवन गर्नेहरुले बीचमै छाड्दा पनि महिनावारी गडबड हुन्छ ।
—परिवार नियोजनका साधनहरुको अनियमित प्रयोग र साइड इफेक्टले पनि महिनावारी अनियमित हुन्छ ।
—गर्भपतन गराउँदा, सुत्केरी हुँदा र सालबाट उत्पन्न हुने ट्युमरहरुका कारण पनि महिनावारी अनियमित हुन्छ ।
—यौन अंगमा संक्रमण वा प्रजनन् अंगमा ट्युमर पलाउँदा महिनावारी अनियमित हुन सक्छ ।
यदि तपाईको महिनावारी नियमित छैन भने आतिनु पर्दैन, यी सबै समस्याहरु हार्मोन परिर्वतनको कारण हुने गर्छ । यी समस्याहरुबाट बच्नका लागि कम गर्ने घरेलु उपाय हरु :
काँचो मेवा
महिनावारीमा हुने समस्याका लागि काँचो मेवा अति उपयुक्त हुन्छ । यसमा धेरै पोषण तत्व, एन्टी अक्सीडेन्ट तथा रोग कम गर्ने गुणहरु हुन्छन् । काँचो मेवाको सेवनले महिनावारीमा हुने हरेक प्रकारका समस्याहरु कम हुन्छ ।
अदुवा
महिनावारीलाई नियमित गर्न अदुवाले महत्वपुर्ण भुमिका खेल्छ । अदुवाको सेवनले महिनावारी हुँदा पेट दुख्ने समस्याबाट पनि राहत प्रदान गर्छ । त्यसैले आधा चम्चा अदुवालाई पिनेर एक कप पानीमा सात मिनेट उमाल्नुहोस्, त्यसमा स्वाद अनुसार चिनी हाल्नुहोस् ।
यो मिश्रणलाई खानापछि दिनमा तीन पटक सेवन गर्नुहोस् । एक महिनासम्म यसरी अदुवाको मिश्रण बनाएर पिउनुहोस्, धेरै कुरा समाधान हुन्छ ।
जीरा
महिनावारीमा देखिने समस्याहरुमा जीराको सेवन अति फाइदाजनक हुन्छ । यसबाहेक महिनावारीमा पेट दुख्ने समस्यामा पनि जिराको सेवन लाभदायक हुन्छ । महिनावारी हुँदा महिलाहरुमा आइरनको कमी हुन्छ, जीराको सेवनले तपाईंको शरीरमा कमी भएको आइरनको पनि परिपुर्ति गर्छ । एक चम्चा जीरासँग एक चम्चा महको दिनहुँ सेवन गर्नु उपयुक्त हुन्छ ।
बदाम
बदाम पनि महिनावारीमा हुने समस्याहरुलाई कम गर्न सहयोग गर्छ । राती दुईवटा छोकडा र चार वटा बदामलाई पानीमा भिजाएर राख्नु पर्छ । बिहान यिनीहरुसंग अलिकति मिश्री मिसाएर पिन्ने र घीउसँंग सेवन गर्नाले पनि महिनावारीमा हुने समस्याहरु हट्छ ।
एजन्सीको सहयोगमा