काठमाडौं - भिटामिन मानिसलाई दैनिक रुपमा कम मात्रामा आवश्यक पर्ने महत्वपूर्ण तत्व हो । भिटामिनहरु दुई किसिमका हुन्छन । बोसोमा घुल्ने र पानीमा घुल्ने । बोसोमा घुल्ने भिटामिन ए, डि, इ, र के हुन भने पानीमा घुल्ने भिटामिन सी र वि कम्प्लेक्स हुन् ।
भिटामिन ए ले छाला नरम बनाउछ । आँखाको शक्ति सामान्य राख्न, हाड र दाँतको बृद्धि गर्न सहयोग गर्छ । साथै प्रजनन र प्रतिरक्षा शक्ति दिने र अन्धो रोकथाम गर्ने कार्य पनि गर्छ । यो भिटामिन दुध, अण्डा,नौनी, पहेंला, गाढा र हरिया फलफुल, हरिया तरकारी, कलेजो आदिमा पाइन्छ ।
भिटामिन डीले क्याल्सियमको शोषण गरेर हाड मजबुत बनाउँछन । दुध, अण्डा, मासु, सूर्यमुखीको दाना, आदिमा यो तत्व पाइन्छ ।
भिटामिन इ ले स्नायु र मांसपेशीहरुको बचावट गर्ने र सामान्य प्रतिरक्षा कार्यका लागि भिटामिन इ महत्वपूर्ण हुन्छ । तेल, माछा, मासु, गहुँ, आलु , ओखर, बदाम, काजु, कट्टुस आदि वियाँयुक्त खाद्यबस्तुमा भिटामिन इ पाइन्छ ।
भिटामिन के ले रगत जम्न र रगतमा क्याल्सियमको स्तर कायम गर्न मद्दत गर्छ ।
भिटामिन बी कम्प्लेक्स यसले रातो रक्तकोष बनाउन मद्दत्त गर्छ । छाला स्व्स्थ राख्छ । मुखको कुनामा रातोपना र चिरा पर्नबाट, जिब्रो सुनिनबाट र छालाको रोग हुनबाट बचावट गर्ने गर्छ । यो अन्न, मासु , अण्डामा पाइन्छ ।
भिटामिने सि ले दाँत र छालालाई स्वस्थ राख्न सहयोग गर्दछ । साथै आन्द्राबाट लौह तत्व शोषण गर्न, संक्रमणबाट रोकथाम गर्न मद्दत्त गर्छ । यसले रोगसँग लड्ने शक्ति बृद्धि गर्छ । अमिला फलफुल, बन्दा, खुर्सानी, कागती, आदिमा यो तत्व पाइन्छ ।