त्यसो त कुनैपनि प्राणायाम आफैमा अत्यान्तै लाभदायक छन् । प्राणायामले शरीरमा शुद्ध वायु मिल्छ । फोक्सो, मुटु लगायतका अंगहरुलाई सक्रिय बनाउँछ । शरीरका सम्पूर्ण रक्त संचार प्रक्रियामा सघाउ पु¥याउँछ । साथसाथै मनलाई शान्त र उमंगित तुल्याउँछ ।
कुनैपनि प्राणायाम तपाईं÷हामी गर्न सक्छौं । प्राणायाम गर्नका लागि जुनसुकै समय पनि अनुकुल हुन्छ । यद्यपि बिहानको समय सर्वोत्तम हो । त्यसो घर, कार्यथलो जहाँपनि तपाईंले छोटो विश्राममा प्राणायाम गर्न सक्नुहुन्छ । यस्तै एक विधी हो, कपलभाती प्राणायाम ।
धेरै पहिलादेखि नै श्वास प्रश्वासका तरिका अपनाई पूरा शरीर स्वस्थ राख्ने प्रयास मानिसले गर्दै आएका हुन् । यसलाई सुरुमा योगको दृष्टिले हेर्दा यौगिक श्वास प्रश्वास भनिन्थ्यो । यही क्रममा कपालभाती जस्तो अत्यन्तै महत्त्वपूर्ण प्राणायाम पनि अस्तित्वमा आएको हो ।
विधिपूर्वक कपालभाती प्राणायाम नियमित रूपमा गर्ने हो भने राम्रा परिणाम छोटो समयमा नै देख्न सकिन्छ । सबै किसिमका श्वास प्रश्वास वा प्राणायामका विधिमध्ये कपालभातीलाई शरीर स्वस्थ र पवित्र राख्ने विधि भनिन्छ । कपाल भनेको खप्पर वा टाउको, भाँती भनेको चमक र प्राणायाम भनेको श्वास प्रश्वासको विधि हो । कपालभातीलाई आभा मण्डलमा चमक ल्याउने श्वासप्रश्वासको तरिका पनि भनिन्छ । यसको अर्थ नियमित रूपमा यस्तो अभ्यास गर्नाले टाउकाको भागमा चमक आउनु, आभामण्डल उज्यालो हुनु वा बुद्धि प्राप्त गर्नु भन्ने बुझिन्छ । अनुहारको छाला, कपाल र मस्तिष्क चमकदार, सुन्दर तथा स्वस्थ बनाउनु भन्ने लाग्छ ।
कपालभातीमा सामान्य अभ्यासले निकै प्रभावकारी फाइदा दिन्छ । यो एउटा सत क्रिया प्रविधि हो, जसले शरीरको दूषित हावा बाहिर निकाल्छ र शरीरको शुद्धीकरण गर्छ । यो प्रक्रिया सँगसँगै मानसिक र शारीरिक फाइदा समेत हुन्छन् । कपालभाती गर्दा योगासनमा (सुखासन वा पद्मासन) ढाड र कम्मर सीधा बनाई आँखा बन्द गरी आनन्दले बसेर श्वासप्रश्वास प्रक्रिया जारी राखिन्छ । सकभर समयको ख्याल गरी कति मिनेट गरियो भन्ने कुरा हेरेर गर्नुपर्छ । यो योगको आठौँ अङ्ग भएको कुरा ऋषि पतञ्जलिले बताएका छन् । कपालभातीको अभ्यासले स्वस्थ मन, स्वस्थ शरीर र स्वस्थ आत्माको प्राप्ति हुन्छ ।
कपालभाती कसरी गर्ने ?
सिद्धासन, पद्मासन वा वज्रासनमध्ये कुनैपनि आसनमा बस्न सक्नुहुन्छ । कपालभाती भनेको भित्रको सास बाहिर छाड्ने प्रक्रिया हो । यद्यपि आफ्नो पेटलाई धक्का दिएर अर्थात संकुचित गरेर भित्रको सास बाहिर फ्याक्नुपर्छ ।
यस क्रममा के कुरा ध्यान दिनुपर्छ भने सास बाहिर निकाल्ने मात्र हो, भित्र तान्नु पर्दैन । किनभने यो क्रियामा स्वतः सास भित्र प्रवेश गर्छ ।
कपालभातीबाट के हुन्छ फाइदा ?
यसले सबैभन्दा फाइदा त शरीरभित्र शुद्ध अक्सिजन पु¥याउँछ । फोक्सोको कार्य क्षमतालाई बलियो बनाउँछ । शरीरमा पर्याप्त अक्सिजन भएपछि रक्त प्रवाहमा समेत सहज हुन्छ । मनलाई शान्त तुल्याउँछ ।
कब्जियत, ग्याष्ट्रिक, एसिडिटी जस्ता पेटको समस्या हटाउन यो निकै प्रभावकारी हुन्छ । त्यती मात्र होइन, अनुहारको रुखोपन, चाहुरी, आँखाको तल बस्ने कालोपन (डार्क सर्कल) समेत हटाउँछ ।
कपालभाती प्राणायामका सावधानीहरु
श्वास प्रश्वास नै जीवन हो र यदि यसलाई विधिपूर्वक राम्रो आसनमा बसेर गर्न सकियो भने यसबाट धेरै फाइदा लिन सकिन्छ । धेरै फाइदा लिनका लागि ढिला नगरी कपालभाती सुरु गर्नुपर्छ तर यो प्राणायाम गर्नुपूर्व निम्न सावधानी अपनाउनुपर्छ । कपालभातीका लागि समेत सबैभन्दा राम्रो समय बिहान खाली पेटमा हो तर खाना खाएको ४ देखि ५ घण्टापछि मात्र अन्य अवस्थामा गर्न सकिन्छ ।
- उच्च रक्तचाप तथा मुटुका समस्या हुनेहरुले श्वास प्रश्वास बिस्तारै सुचारु गर्नुपर्छ ।
- कपालभाती बिहानको समयमा खाली पेटमा र केही समय ज्यान तताउने क्रियाकलाप गरेपछि मात्र गर्नुपर्छ ।
- कपालभाती गरिसकेपछि कम्तीमा पनि २० देखि ३० मिनेटसम्म केही नखाने किनकि आमाशयलाई खाना पचाउन शक्ति सञ्चयको जरुरी पर्छ ।
- उच्च रक्तचाप तथा मुटुका रोग हुनेहरुले कपालभातीको दर विचारपूर्वक घटाएर गर्नुपर्छ र छारेरोग हुनेले कदापि गर्नुहुँदैन ।
- स्वास्थ्य परीक्षण पश्चात् आधिकारिक योग शिक्षकबाट सिकेर मात्र कपालभाती गर्नुपर्छ ।
- गर्भवती तथा महिनावारी भएको बेला कपालभाती गर्नुहुँदैन ।
- ढाडको समस्या र हर्निया भएमा कपालभाती गर्नुहुँदैन ।
- पेटको अल्सर छ भने सावधानीपूर्वक कपालभाती गर्नुपर्छ ।
- आधारभूत तहका प्राणायाममा दक्षता हासिल गरेपछि मात्र कपालभाती जस्तो उच्च तहको प्राणायाम विधि अपनाउनुपर्छ ।
- कपालभातीका सीमितताहरुलाई ख्याल गर्दै यसको अभ्यास गर्नुपर्छ ।
- श्वासप्रश्वासका दमरोग जस्ता समस्यामा कपालभाती गर्दा निकै सावधानी अपनाउनु पर्छ ।
- पहिलो पटक यो अभ्यास गर्न थालेको हो र उमेर ४० वर्ष कटेको छ भने एक सेकेन्डमा एक झड्का मात्र दिने, युवाहरुले २ झड्का प्रति सेकेन्ड दिन सकिन्छ तर २ झड्काभन्दा बढी १ वर्षसम्मको अभ्यासकर्ताले दिनुहुँदैन ।