क्षयरोग प्राचीनकालदेखि नै लाग्दै आएको रोग हो। मुख्यगरी फोक्सोमा लाग्ने रोग भए तापनि शरीरका अन्य अंगमा पनि क्षयरोग लागेको पाइन्छ। फोक्सो बाहेकका अन्य अंगमध्ये फोक्सोको बाहिरी झिल्ली, लासिका ग्रन्थी, पाचन प्रणाली, मुत्र प्रणाली तथा प्रजनन् प्रणाली, हाड जोर्नी, मस्तिष्कको बाहिरी झिल्ली, छाला, आँखा इत्यादि हुन्।
लगभग २० प्रतिशत क्षयरोगका बिरामीहरुमा फोक्सो बाहिरका क्षयरोग संक्रमण भेटिएको तथ्यांक छ। जसको १५ प्रतिशत बिरामीमा मुत्र प्रणालीको क्षयरोग भेटिन्छ। अविकसित र विकासोन्मुख देशमा मुत्र प्रणालीको क्षयरोग प्रमुख दोस्रो क्षयरोग हो भने विकसित देशमा यो तेस्रो मानिन्छ।
क्षयरोग अर्थात टिबी रोग। धेरैलाई थाहा छ, यो एक सरुवा रोग हो। क्षयरोग कसरी लाग्छ, यसका लक्षण केकस्ता हुन्छन् भन्ने विषयमा भने धेरैलाई जानकारी नहुन सक्छ। दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको सामान्य लक्षण हो। क्षयरोगका यसबाहेक पनि अन्य धेरै लक्षण छन्। यी लक्षण हेरेर क्षयरोग लागे/नलागेको थाहा पाउन सकिन्छ।
सामान्यतया क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो। कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ। अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ।
सन् २०१६ मा विश्व स्वास्थ्य संगठनले गरेको एक सर्वेक्षणअनुसार संसारको एक तिहाइ जनसंख्या अव्यक्त क्षयरोगबाट संक्रमित छ, जसको ९०(९५ प्रतिशत बिरामी अविकसित र विकासोन्मुख देशमा रहेको प्रतिवेदन छ। संसारभरिमा सर्वाधिक मृत्यु गराउने सरुवा रोगहरुमध्ये क्षयरोग प्रमुख हो।
प्रत्येक वर्ष एक करोड मानिस क्षयरोगले संक्रमित भेटिन्छन्। जसमध्ये २० लाख बिरामीले क्षयरोगकै कारण ज्यान गुमाउने गरेका छन्। यद्यपि उपलब्ध खोप, निदान विधि, उपचार विधिको सहजता र जनचेतनाको कारणले जुनैसुकै देशमा पनि यो रोगको संक्रमण विस्तारै घट्दै गएको पाइएको छ।
क्षयरोगकै कारण नेपालमा २५ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ। क्षयरोग केन्द्रका अनुसार नेपालमा २५ प्रतिशत क्षयरोग बिरामीको मृत्यु हुने गरेको छ।
क्षयरोगको लक्षण
१. क्षयरोग लागेको सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ। मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको व्याक्टेरियाले संक्रमण भई गम्भीर समस्या निम्त्याउँछ।
२. रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो। सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन्। तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ। यो क्षयरोगको संकेत पनि हुनसक्छ।
३. क्षयरोग लागेमा विरामीलाई राती धेरै पसिना आउँछ। मुख सुक्ने गर्छ। खान मन लाग्दैन र तौल अचानक कम हुन थाल्छ।
४. क्षयरोगको संक्रमण भएमा मानिसको खकारमा रगत देखिन्छ। सास लिनसमेत समस्या हुने गर्छ। यस्ता लक्षण देखिए तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ।
५.क्षयरोगको संक्रमण जोसुकैलाई हुनसक्छ। कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि कम्तीमा एक पटक खकारको जाँच गर्नुपर्छ।
यो सुरुमा लक्षण बिहीन पनि हुन्सक्छ । रोग बढ्दै जाँदा पिसाबमा रगत मिसिएर आउनु, पिसाब गर्दा पोल्नु, कोखा दुख्नु , पिसाब पूर्ण रुपमा ननिख्रिनु र पिसाबको धार मसिनो हुनु जस्ता लक्षण देखा पर्छन्।
जटिलतास् क्षयरोगले गर्दा हुन सक्ने जटिलता भनेको मुत्र मार्ग र मुत्र बाहिनी नलीमा खत आउनु, फिस्टुला बन्नु, मिर्गौला फेल हुनु र क्षयरोग उपचारका लागि प्रयोग हुने मुख्य औषधिले काम नगर्नु हुन्।
रोकथाम र नियन्त्रणका उपाय
क्षयरोग अत्यन्त जटिलखालको सरुवा रोग हो। यसले बालबालिकादेखि सबै उमेरकालाई, घरमा, स्कूलमा, कामगर्ने कार्यालय वा स्थानमा र भीडभाड हुने सार्वजनिक स्थानमा संक्रमण गर्न सक्दछ। तर निम्नलिखित उपाय अपनाएमा यसलाई सजिलै रोकथाम÷नियन्त्रण गर्न सकिन्छः
१. सूर्ति मिसाएर बनेका कुनैपनि पदार्थ सेवन नगर्ने। शुरु गरेको भए तुरुन्तै छोड्ने।
२. अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन नगर्ने।
३. शिशु जन्मनासाथ सकेसम्म चाँडै तर एकवर्षभित्र बि.सि.जी खोप दिने।
४. दुई हप्ता भन्दा लामो समयसम्म खोकी र ज्वरो आउनासाथ नजिकको स्वास्थ्य संस्थामा परीक्षण गर्ने।
५. स्वास्थ्यकर्मीको परामर्श लिई नियमित रुपमा पूरा समय(६ देखि ८ महिना)सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने।
६. औषधि सेवन गर्न शुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार समय–समयमा परीक्षण गर्ने।
७.क्षयरोगको औषधिसंगै स्वास्थ्यकर्मीको सल्लाह अनुसार अन्य रोगका औषधि सेवन गर्ने।
८. स्वस्थ जीवन विताउन क्षयरोगीले अनिवार्य रुपमा एच.आई.भी.परीक्षण गर्ने र एच.आई.भी संक्रमितले अनिवार्यरुपमा क्षयरोगको परीक्षण गर्ने।
९. क्षयरोगका विरामीलाई घरपरिवार, आफन्त वा स्याहारकर्ताले राम्रोसंग स्याहार, मायाँ–ममता र सरसफाईमा ध्यान दिने।
१०. सधैं खाइरहने, घरमै तयार गरेका खाद्यपदार्थ, हरिया तरकारी, दूध, फुल, गेडागुडीकारस खाने।
उपचार
नेपाल सरकारले स्वास्थ्य मन्त्रालयमार्फत प्रत्येक स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रबाट क्षयरोगको निस्शुल्क उपचार गर्दै आएको छ। जुन दक्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा दैनिक रुपमा डट्स केन्द्रबाट औषधि प्रदान गरिन्छ र औषधिले गर्दा देखिएको साइड इफेक्टहरु बेलैमा अवलोकन गरी आवश्कक कदम चालिन्छ।
उपचारका लागि प्रयोग हुने मुख्य औषधिहरुस् आइसोनियाजाइड, रिफाम्पिसिन, इथाम्बुटोल, पाइराजिनामाइड हुन्। यी चार वटा औषधि पहिलो २ महिनासम्म दिइन्छ भने अर्को ४ महिनासम्म आइसोनियाजाइड र रिफाम्पिसिन मात्र दिने गरिन्छ। बीचबीचमा डट्सको प्रोटोकल अनुसार आवश्यक जाँचहरु गरी उपचारले काम गरेको, नगरेको निगरानी गरिन्छ। यी औषधिहरुले काम नगरेको खन्डमा आवश्कक जाँच गरी अन्य अनेकौं औषधि चलाउन सकिने अवस्थाहरु हुन्छन्।
मुत्र प्रणालीको क्षयरोग प्रायस् भेटिइरहने रोग भए तापनि यो रोग सजिलै अनदेखी गर्न सकिने सम्भावना उत्तिकै रहेको छ। बिडम्बनाको कुरा त के हो भने, क्षयरोगको निदान र उपचार विधि सजिलै जताततै उपलब्ध भएता पनि बर्सेनी लगभग एक तिहाइभन्दा बढी मुत्र प्रणालीको क्षयरोग रोगीको रोग पत्ता लगाउन नसकिएको तथ्यांक छ।
अर्को मुख्य कुरा, यस किसिमको क्षयरोगको निदान र उपचार आफैंमा पनि एउटा विषेश चुनौती नै हो। यद्यपि पिसिआर जस्ता आधुनिक विधिले यो समस्यालाई केही हदसम्म समाधान गरेको देखिन्छ।
एजन्सी ,विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार