एक पुरुष त्यस्तो युवतीसँग बिहे गर्न चाहन्छ, जसलाई कसैले छोएको नहोस्, यो एक पितृसत्तात्मक सोचकै देन हो । तर, निम्मीजस्ता धेरै युवती पनि हुन्छन्, जो आफ्नो भर्जिनिटीलाई बिहेको पहिलो रातका लागि जोगाएर राख्छन् र पतिलाई उपहारका रूपमा सुम्पिन चाहन्छन् ।
नेपाल मात्रै होइन, धेरै यस्ता देश छन् जहाँ महिलाहरूको भर्जिनिटीलाई पवित्रतासँग जोडेर हेर्ने गरिन्छ र कहीँ न कहीँ उसको इज्जत याैनिकतासम्म मात्रै सीमित गरिन्छ ।रिश्तेभारतीय फिल्महरूमा पनि बलात्कार भएकी युवतीको मामिलामा ‘उसको इज्जत लुटियो’ ‘घर’ वा ‘बाउको इज्जत गयो’ जस्ता डाइलगको प्रयोग भएको पाइन्छ ।
भर्जिनिटी कुनै समाजको कुनै एक विशेष वर्ग वा त्यतिसम्मका लागि मात्रै महत्त्वपूर्ण छैन । यसले गरिब होस् वा धनी, गाउँले होस् वा शहरिया सबैका लागि महत्त्व राख्छ ।
विशेष गरेर महिला अर्थात् केटीको कौमार्य विकसित मानव सभ्यताको मात्र नभई पहिलेदेखि नै मानव यौनिकताको एक महत्त्वपूर्ण पक्ष रहेको पाइन्छ । यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि समाजमा रहेको पाइन्छ । विवाहमा कुमार केटालाई कन्या (केटी) खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भङ्ग भए/नभएको कुराले निकै महत्त्व राख्ने गरेको पाइन्छ ।
कुनै व्यक्तिसँग पनि यौनसम्पर्क राख्नु नै कौमार्य भङ्ग हुनु हो । अहिले कस्तो किसिमको यौन क्रियाकलापलाई यौनसम्पर्क मान्ने अनि कस्तोलाई नमान्ने भन्ने प्रश्न पनि छ । केटी (महिला) का लागि कुमारीत्व र केटा (पुरुष) का लागि कुमारत्व शारीरिक कुरा मात्र होइन, भावनात्मक पनि हो । लिङ्ग प्रवेश नभई यौन उत्तेजक रूपमा यौनाङ्गमा हात, औंलाको भरपुर प्रयोग गरेर यौन क्रियाकलापमा संलग्न भएको कुरालाई के भन्ने ? जस्ता प्रश्न बाँकी नै रहन्छ । जैविक रूपमा यौनसम्पर्कको अनुभवहीनता नै कौमार्य भङ्ग नहुन अर्थात् कुमार वा कुमारी हुनु हो । धेरैजसो स्थितिमा कौमार्य भङ्ग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिने गरिन्छ । त्यसैले होला, कुनै विवाहित दुलहीको कौमार्य परीक्षण गर्ने अनेक उपाय गरिएको भेटिए पनि विशेष गरेर महिलाको योनिच्छद दुरुस्त छ वा छैन भन्ने कुरामा भर पर्ने गरेको देखिन्छ ।
हाम्रो समाजमा जब कुनै युवतीको बिहे भइरहेको हुन्छ जब उसको भर्जिनिटीलाई किन महत्त्व दिइन्छ त्यही केटालाई कहिले सोधिदैन कि ऊचाहिँ भर्जिन छ कि छैन ? कतिपय क्षेत्रमा बिहेको पहिलो रातको बेटसिट पनि बाहिर देखाइन्छ, समाजलाई यो बताउनका लागि कि केटी पवित्र छे । घरमा आएकी युवतीलाई घरको इज्जतको रूपमै सीमित गरिन्छ ।
विचार गर्नुपर्ने कुरा के भने घर–परिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि नियालिरहेको हुन्छ त्यसैले ब्यक्तिगत गोपनियताको कुरामा धेरै चसो दिन जरुरी हुँदैन ।
एजन्सीको सहयोगमा