विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आज दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमहरूको परिमाण विस्तार गर्न अपील गरेको छ ।
सम्मेलनको तेस्रो दिनको बैठकमा सङ्गठनले हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमहरूको पनि परिमाण विस्तार गर्नका लागि अपिल गरेको हो ।
क्षेत्रीय समितिको ७४ औं बैठकमा क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले महामारीको कारणले गर्दा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरू सम्बन्धित खोप सेवाहरू तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले रोगहरूको जोखिम बढिरहेको बताउनुभयो ।
महामारीको प्रारम्भसम्ममा भएको उल्लेखनीय प्रगतिको स्मरण गराउँदै क्षेत्रीय निर्देशक खेत्रपालले डिटिपि ३ खोपको कभरेज ९१५ पुर्याइसकेको हुनाले यो क्षेत्र खोपद्वारा रोकथाम गर्न सकिने रोगको हकमा उक्त समयसम्मकै उत्कृष्ट अवस्थामा पुगिसकेको बताउनुभयो । ११ मध्ये १० देशहरूले डिटिपि ३ खोपको कभरेज ९०५ भन्दा बढी हासिल गरेका छन् ।
महामारीको दौरानअत्यावश्यक सेवाहरू पुनःसुचारु गर्दा नियमित खोप कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको भएपनि यस क्षेत्रको डिटिपि कभरेज ८५५ मा झरेको छ । सन् २०१९ मा खोपनै नलगाएका वा पूर्ण रूपमा खोप नलगाएका बालबालिकाको सङ्ख्या ३० लाख रहेकोमा हाल सो सङ्ख्या बढेर ४९ लाख पुगेको छ । खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको निगरानी प्रक्रिया पनि प्रभावित भएको छ ।
कोभिड–१९ महामारीले यस क्षेत्रको प्रमुख प्राथमिकताको रूपमा रहेको दादुरा तथा रुबेला उन्मूलनका रणनीतिहरूको कार्यान्वयनमा पनि असर पारेको छ। दादुरा विरुद्धको खोपको पहिलो मात्राको अनुमानित कभरेज यस क्षेत्रमा सन् २०१९ मा ९४ प्रतिशत रहेकोमा सन् २०२० मा घटेर ८८ प्रतिशत पुगेको छ। त्यसैगरी, दादुरा विरुद्धको खोपको दोस्रो मात्राको कभरेज पनि सन् २०१९ मा ८३ प्रतिशत रहेकोमा सन् २०२० मा घटेर ७८ प्रतिशत पुगेको छ। कोभिड–१९ महामारीको परिणामस्वरूप विभिन्न देशहरूमा निगरानी प्रक्रिया पनि अवरुद्ध हुनुका साथै बृहत् खोप अभियान तथा अन्य खोप सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयन पनि प्रभावित भएको छ।
हाल जारी क्षेत्रीय समिति बैठकले दक्षिणपूर्वी एसिया क्षेत्रीय खोप कार्ययोजना २०२२–२०३० को रणनीतिक खाकामा पनि छलफल गरेको छ । उक्त कार्ययोजना कोभिड–१९ विरुद्धको खोप तथा कोभिड–१९ महामारीबाट प्रभावित खोप प्रणालीहरू तथा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको निगरानीको पुनःस्थापनामा केन्द्रित छ ।
महामारीले दिएको चुनौतीका बावजुद यो क्षेत्रले पोलियो उन्मूलित तथा मातृ तथा शिशु टिटानस मुक्त अवस्थालाई कायम राखिराखेको छ। पाँचवटा देशहरू दादुरा मुक्त भएका छन् भने ती मध्ये दुई देशहरू रुबेला मुक्त पनि हुन सफल भएका छन्। चारवटा देशहरूले खोपको माध्यमबाट हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएको पनि प्रमाणित भएको छ।
क्षेत्रीय समिति बैठक विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी क्षेत्रको नेतृत्व गर्ने निकायको वार्षिक बैठक हो । यसपालीको आयोजक राष्ट्र नेपाल रहेको यो बैठक महामारीको कारण गत वर्षदेखि भर्चुअल्ली गर्दै आएको छ ।