हरितालिका तीजका अवसरमा धेरै महिला व्रत बस्छन् । निराहार व्रत बसी यो पर्व विशेष रुपमा मनाउने गरिन्छ । कहिलेकाहीँ व्रत बस्नु स्वास्थ्यका लागि पनि फाइदाजनक हुने मानिन्छ ।तर व्रत सकिएपछि मानिसहरु खान नहुने कुराहरु बढी खाएर पनि बिरामी पर्ने गरेका छन् । तर लामो समय भोकै बसेर खाँदा खाने कुरामा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ ।
दिनभरको व्रत सकिएपछि व्रतको दिन बेलुका अन्न खान नहुने भनिन्छ । तर फलफूल र झोलयुक्त पदार्थ भने खान धार्मिक छुट छ । व्रतको दिनमा प्रशस्त पानी, फलफूल र फलफुलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले यी झोलिलो कुरा खानुहोला दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन सक्दैन ।
के खाने के नखाने ?
-व्रतमा साबदाना शुद्ध दूध मिलाएर शुद्ध परिकार बनाएर खाँदा आडिलो हुन्छ ।
-सीधै पानी पिउनुभन्दा सलादबाट पाइने पानीले धपेडीमा फाइदा गर्छ ।
-व्रत बस्दा दूधमा बदाम भिजाएर पनि खान सकिन्छ ।
-व्रतको दिन वा सकिएपछि केही छिन रिलिफको लागि कोल्ड ड्रिंक लिने बानी छ भने त्यसले मुटुमा गम्भीर खतरा पैदा गर्छ ।
-खाली पेटमा तत्काल चिया पिउनु पनि ठिक होइन ।
-मसलेदार खाना खानु राम्रो हुँदैन ।
-रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ । यसमा कार्बोहाइड्रेट हुने भएकाले शरीरमा तागत पनि दिन्छ । खानासँग सलादको मात्रा धेरै खानुपर्छ ।
-व्रत बस्दा चिल्लोऔपिरो खानुहुँदैन ।
-गर्भवती महिला व्रत नबसेको राम्रो हुन्छ । मुटु, कलेजो, फोक्सो , मृगौला ,मधुमेह, उच्च रक्तचापका समस्या भएकाले ब्रत बस्न हुदैन ।