सामान्य भाषामा थेरापीको अर्थ उपचार भन्ने हुन्छ । व्यायाम वा मेसिनको माध्यमबाट शारीरिक उपचार गर्नु फिजियोथेरापी हो । हाडजोर्नीसम्बन्धी अर्थोपेडिक फिजियोथेरापी, नसासम्बन्धी न्युरो फिजियोथेरापी, खेलकुदसँग सम्बन्धित स्पोट्र्स फिजियोथेरापी, मुटुसँग सम्बन्धित कार्डियो एन्ड पल्मोनरी फिजियोथेरापी, वृद्धवृद्धासँग सम्बन्धित जेरियाट्रिक र बालबालिकासँग सम्बन्धित पेडियाट्रिक गरी विभिन्न किसिमका थेरापी हुन्छन् । फिजियोथेरापी एलोप्याथीअन्र्तगत पर्ने उपचार पद्धति हो । यो जुनसुकै उमेरसमूहका व्यक्तिले गर्न सक्छन् । फिजियोथेरापी दुखाइ कम गर्न, व्यक्तिलाई क्रियाशील बनाउन, नचल्ने जोर्नीलाई चालमा ल्याउन, रोगको उपचार पछि अंगहरूलाई पुनः सक्रिय बनाउन प्रयोगमा ल्याइन्छ ।
सबै रोगहरु औषधि खाएर मात्रै पूर्ण रुपमा निको नहुन सक्छन् । कतिपय रोगहरु औषधि नखाई व्यायाम वा अन्य विधिबाट पनि निको गराउन सकिन्छ । औषधि नखाई व्यायाम, हातले गर्ने उपचार, पानीमा गरिने व्यायाम वा विद्युतीय उपकरणको माध्यमबाट गरिने उपचार पद्धति नै फिजियोथेरापी हो । सिधा अर्थमा भन्दा प्रशिक्षित फिजियोथेरापिस्टद्वारा व्यायामको माध्यमबाट शरीरको मांसपेशीहरुको सही अनुपातमा सक्रिय गर्ने विधा नै फिजियोथेरापी हो । नेपालीमा यसलाई भौतिक चिकित्सा विधि पनि भनिन्छ ।
हड्डी खिइएको, नसा च्यापिएको, मांसपेसी दुख्ने, झमझमाउने, लुलो हुने, पोल्ने, प्यारालाइसिस, पक्षघात जस्ता स्वास्थ्य समस्याको लागि यो उपचारविधि औषधिभन्दा प्रभावकारी मानिन्छ ।।
कस्ता व्यक्तिको लागि प्रभावकारी हुन्छ यो पद्धति ?
हिजोआजको व्यस्त जीवनशैलीमा मान्छेले आफ्नो बारेमा ध्यानदिन सक्दैन । जो मान्छे समय बचाउनको लागि मोटरसाइकल चढ्छ र कार्यालयमा एउटै पोजिसनमा धेरै समय कुर्सीमा बस्ने गर्छन् भने उनीहरुमा धेरै कम्मर दुख्ने वा अन्य शारीरिक समस्याहरु हुन सक्छन् ।
सहरी जीवनशैली निकै अव्यवस्थित छ । कार्यालयमा कम्प्युटरमा काम गर्ने व्यक्ति, सवारीचालक, निहुरिएर बाइक चलाउने व्यक्ति, गृहिणी र भारी ब्याग बोक्ने बच्चाको हाडजोर्नी र स्नायुमा समस्या देखिने गरेको छ । गलत तरिकाले बस्ने र व्यायाम या खेलको समयमा हुने दुखाइ लगायतबाट अधिकांश समय एउटै पोजिसनमा बसेर काम गर्ने व्यक्तिका लागि फिजियोथेरापी अत्यावश्यक भइसकेको छ ।
फिजियोथेरापी सबै किसिमका रोगको निवारणका लागि प्रभावकारी हुन्छ । जस्तो हड्डी खिइएको होस् वा हाडजोर्नीसम्बन्धी अरु समस्यामा प्रयोग हुने फिजियोथेरापीलाई अर्थाेपेडिक फिजियोथेरापी भन्ने गरिन्छ । मुटुसम्बन्धी फिजियोथेरापीलाई कार्डियोथेरापी जस्ता नामले चिनिन्छ । यसरी अनेकथरीका समस्याको एउटै निदानको उपाय हो फिजियोथेरापी । पछिल्लो समय फिजियोथेरापीको प्रयोग बढ्दो मात्रामा देखिन्छ ।
फिजियोथेरापीका फाइदाहरु ?
व्यायमको माध्यमबाट उपचार गरिने हुँदा अर्थोपेडिक समस्याका लागि फिजियोथेरापी उपयुक्त उपचार विधि मानिन्छ । फिजियोथेरापीले रोगसँग लड्ने क्षमता बढाउनुका साथै सरुवा रोगको जोखिम समेत घटाउँछ । यसमा शारीरिक व्यायामलाई केन्द्रित गरिने हुँदा दीर्घरोगीका लागी समेत राम्रो मानिन्छ ।
फिजियोथेरापीको मुख्य फाइदा भनेको नै औषधिको प्रयोगविना नै स्वास्थ्य समस्याबाट मुक्ति मिल्ने गर्छ । औषधिको प्रयोग नहुने भएकोले यसमा कुनै साइडइफेक्टको जोखिम हुँदैन । त्यसैले औषधिको प्रयोगमा हुने कुनै पनि प्रतिक्रियाबाट बच्न सकिन्छ ।
फिजियोथेरापीको अर्काे फाइदा भनेको शारीरिक स्फूर्ति बढ्नुका साथै मान्छेको यसले सक्रिय जीवन र रोग प्रतिरोधी क्षमता वृद्धि गर्न समेत भूमिका खेल्छ । फिजियोथेरापीले रोगसँग लड्ने क्षमता बढाउनुका साथै सरुवा रोगको जोखिम समेत घटाउँछ । यसमा शारीरिक व्यायामलाई केन्द्रित गरिने हुँदा दीर्घरोगीका लागी समेत राम्रो मानिन्छ
डाक्टर सँगको अन्तर्वार्तामा आधारित