महिनावारी रोक्ने औषधि प्रयोग गर्दा हुने गम्भीर असरहरु
काठमाडौं ।महिनावारी महिलाको नियमित प्रक्रिया हो जुन महिनाको एक पटक महिलामा यो पक्रिया हुन्छ यो चक्र हरेक महिना २८ देखि ३८ दिनको बीचमा महिनावारी शुरु हुन्छ । रजस्वला हुँदा अरुलाई छुनु हुँदैन, धार्मिक कार्यहरुमा सहभागी हुनुहुँदैन् भन्ने समाजका भ्रमले गर्दा महिनावारी रोक्नका लागी विभिन्न खाले औषधि खाने गर्छन ।
महिनावारी रोक्ने औषधिको पटक पटक प्रयोग गनाले स्वास्थ्यका लागि घातक हुन्छ । यस्तो औषधिले क्यान्सर समेत हुन सक्छ । यस कारण पटक पटक प्रयोग गर्नु हुँदैन् यस्तो औषधि बजारमा सहजै पाइन्छ ।
कुनै धार्मिक कार्य या कुनै विशेष अवसरमा सहभागी हुन भनेर रजस्वला रोक्न यस्तो औषधि पटकपटक प्रयोग गर्दा तत्कालै र भविष्यमा समेत निकै असर पुग्ने गर्छ ।
कसले प्रयोग नगर्ने ?
३० वर्षभन्दा बढी मधुमेह वा मोटोपनको शिकार भएका महिलाहरुले यो औषधिको सेवन गर्नुहुँदैन । यस्ता औषधिले स्वास्थ्यमा समस्या बढाउँछ । यसैगरी, रगत जम्ने समस्या छ भने यस्तो औषधिले झनै समस्या बढाउँछ ।
- महिनावारी रोक्ने औषधिले महिनावारी चक्र र सम्पूर्ण प्रजनन् स्वास्थ्यमा असर पुर्याउँछ । यसले महिनावारी चक्र बिगार्छ । साथै, महिनावारी चक्र पनि गडबढ गर्छ ।
- यस्ता औषधिले गर्भाधान गर्न पनि असर पुग्छ । यसका साथै, यस्ता औषधिले केही महिलामा अत्यधिक रगत बग्ने समस्या पैदा गर्छ । जुन कयौँ महिनासम्म रहन्छ ।
- बारम्बार यस्ता औषधिको सेवनले नसामा रगत जम्ने, पल्मोनरी एन्बोलिज्म जस्ता रोगको खतरा बढाउँछ । यसले पेटमा दुखाई बढ्ने, ऐठन हुने र बान्ता हुने जस्ता समस्या पैदा हुन्छ ।
- महिनावारी रोक्ने औषधिले मिर्गौलामा मेटाबोलाइज्ड गर्ने प्रक्रिया रोक्न सक्ने भएकाले स्वास्थ्यसँग जोडिएको विभिन्न समस्याहरु पैदा हुन्छ ।
- महिनावारी रोक्ने औषधिले हर्मोनमा गडबढी पैदा गर्छ ।
- महिनावारी नियमित नहुने भएकाले पेटमा बोसो जम्मा हुन थाल्छ । जसले गोप्य अंगमा इन्फेक्शन हुने, इरिटेशन हुने, पिसाबमा जलन हुने, थकान, कमजोरी र पेट खराब हुने जस्ता समस्या हुन्छ ।
त्यस्तै न दुख्ने, स्तानमा गिर्खाहरु देखिने । तौल बढ्ने, उच्च रक्तचाप,भविष्यमा स्तान र पाठेघरको क्यान्सरको जोखिम पनि हुन्छ ।
डाक्टर सँगको अन्तर्वार्तामा आधारित