काठमाडौं- विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या जानाजानीरुपमा आफ्नो ज्यान क्रिया नै आत्महत्या हो । हरेक व्यक्तिले आत्महत्यलाई आ-आफ्नै तरीकाले परिभाषित गरेका छन् । तर हाम्रो समाजमा आत्महत्या गर्नेलाई साहानु भुति भन्दापनि कु- दुष्टिका साथ बुझेको पाइन्छ ।
त्यस्तै सन्दर्भमा फ्रान्सका प्रख्यात दार्शनिक समाजशास्त्री ईमाइल दुर्खिमले २६ हजार आत्महत्याको अध्ययन गरी सुसाइड नामक पुस्तक छापेका थिए । दुर्खिमको उक्त पुस्तकमा आत्महत्या समाजद्वारा गरिएको व्यक्तिको हत्या हो, समाज नै व्यक्तिको हत्यारा हो व्यक्ति स्वयम् होइन भन्ने निष्कर्ष निकालेका थिए ।
मनोचिकित्सक तथा पाटन अस्पतालका निर्देशक तथा डा. रवि शाक्य भन्छन् 'आत्महत्या हुनलाई तनाव वा चरम निरासा हुनै पर्छ भने छैन् । आत्महत्या आफैमा एक मानविय व्यबहार हो । सबैले एउटै कारणले आत्महत्या गर्दैनन् हरेकका फरक फरक कारण हुन्छन् ।' प्रायः जसो व्यक्तिले सोच्ने चाहि मेरा सबै समस्याको समाधान आत्महत्या हो र मृत्यु पश्चात् सबै समस्याहरु समाधान हुन्छन् । भने सोचले आत्महत्या गर्ने गरेको उनले बताए ।
डा.शाक्य भन्छन् 'साथै सामाजिक मुल्य र मान्यताले पनि त्यतिकै भूमिका खेलेको हुन्छ ।, समाज र कानुन बिपरित केहि काम गरेको छ भने बेइज्जत हुने डरले आत्महत्या गर्नेको संख्या बढेको पाइएको छ ।, कुनै कुनै व्यक्तिले त पाँच छ बर्ष देखि नै आत्महत्याको योजना बनाएर हत्या गरेको पनि पाइएको उनले भने , अर्को तर्फ कुनैले त एक दुई सेकेण्ड मै याजना बनाएर आत्महत्या गर्ने पनि हुन्छन् ।'
हामिलाई कसैले आत्महत्या गर्छु भन्दा बाहाना या धम्कि सम्झेर बेवास्ता गर्छौ । एउटा स्वस्थ्य मानिसले आत्महत्या बारे सोच्न नसक्ने मनोविद् गोपाल ढकालले बताए । उनि भन्छन् समस्यामा भएकै कारण उसले त्यस्तो शब्दको प्रयोग गरिरहेको हुन्छ । हामीले ध्यान नदिदाँ वा बेवास्ता गरिदिदाँ समस्या जटिल भएर जान्छ । मानसिक समस्या हुनेबित्तिकै कसैले पनि आत्महत्या गर्र्दैन । लामो समयपछि मात्र आत्माहत्याको मनाशाय बनाइने उनले भने ।
त्यो बिचको समयमा नै मद्धत गर्न सके आत्महत्या गर्नेलाई बचाउँन सकिन्छ । यदि कसैले त्यस्तो कुरा गर्छ भन्ने उसलाई सम्झाई बुझाई गर्नुपर्छ । कुनैपनि व्यक्ति आत्महत्या यतिकै गर्दैन त्यसको समस्याको समाधान गर्न तिर ध्यान दिन जरुरी हुन्छ । जिन्दगीको महत्वलाई बुझाउन सक्नु पर्छ । आत्महत्याको कुरा गर्छ सम्झाउदापनि मान्दैन भन्ने एक पटक मनोचिकित्सकलाई देखाउनै पर्नेमा उनले जोड दिए ।
नेपालमा आत्महत्या गर्नेहरुको पछिल्लो अवस्था कस्तो छ ?
आर्थिक वर्ष अनुसार आर्थिक वर्ष २०७६ र ७७ मा आत्महत्या गर्नेको संख्या ६ हजार २७९ रहेको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा विष सेवन गरेर, आगो लगाएर, झुण्डिएर, औजार हातहतियार प्रयोग गरे, हाम फालेर, करेन्ट लागेर र डुबेर ७ हजार १ सय ४१ जनाले आत्महत्या गरेको तथ्याकमा देखिन्छ । गत आर्थिक बर्षको भन्दा यो वर्ष झन्डै १३.५ प्रतिशतले बृद्धि भएको छ ।
गत वर्ष सबैभन्दा धेरै प्रदेश १ मा १ हजार ५ सय १८ जनाले र लुम्बिनी प्रदेशमा १ हजार ३ सय ८३ जनाले आत्महत्या गरेका छन् ।
यस्तै प्रदेश २ मा ९ सय ५९ जना, बाग्मती प्रदेशमा १ हजार ३२ जना, गण्डकी प्रदेशमा ६ सय ४४ जना, कर्णाली प्रदेश ३ सय ६५ जना र सुदूरपश्चिम प्रदेशमा ६ सय ८८ जनाले आत्महत्या गरेका छन् ।
विश्वमा आठ लाख जनाले बर्सेनि आत्महत्या गर्ने गरेको मानसिक रोग विशेषज्ञ डा. सन्तोष पोखरेल बताउँछन् । प्रति ४० सेकेण्डको अन्तरमा एक जनाले आत्महत्या गर्ने यो तथ्यांकबाट पुष्टि हुन्छ ।
नेत्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सन् २०१९ मा गरिएको एक अध्ययनका अनुसार नेपाल दक्षिण एसियामै दोस्रो धेरै आत्महत्या गर्ने देशमा पर्छ । त्यसमा पनि कोरोना भाइरसको महामारी सँगै नेपालमा आत्महत्या गर्नेको संख्या १० देखि २० प्रतिशतले बढेको बताएको छ ।
।
आत्महत्या किन गर्छन ?
आत्महत्या व्यक्तिको कमजोरीका कारण हुने नभएर आनुवंशिक , मनोवैज्ञानिक , सामाजिक , साँस्कृतिक तथा अन्य जोखिमका तत्वहरुको संयुक्त प्रभावका कारण हुने गर्दछ ।
आत्महत्याको प्रयास गर्ने मध्ये झण्डै ९५ प्रतिशत मानसिक रोगले ग्रस्त भएको विश्वव्यपि तंथ्यक छ । अस्वभाविक रुपमा उदास भैराख्ने , उदासिन मनोरोग (डिप्रेशन) आत्महत्याको प्रमुख कारण (करिब ८० प्रतिशत) कारण मानिन्छ ।
अन्य कारण
एक्लोपन,
मानसिक र व्यावहारिक समस्या (९० प्रतिशत),
मनोसामाजिक तथा अन्य आघातजन्य घटना,
घरेलु हिंसा र यौन दुर्व्यवहार,
सामाजिक रूपमा बदनाम हुनु,
लागुऔषध र मादक पदार्थको दुर्व्यसन,
अन्तरवैयक्तिक सम्बन्ध बिग्रनु,
आफ्नो नजिकको मान्छे गुमाउनु,
पढाइ एवं काममा असफल,
प्रेममा असफलता,
आर्थिक समस्या,
नकारात्मक तनाव व्यवस्थापन र सामना विधि,
उच्च जोखिमको समूह:
किशोरवस्था र ४५ वर्ष माथि ,
पुरुष (आत्महत्या गर्ने पुरुष बढी भएता पनि प्रयास गर्ने संख्या महिलामा बढी छ),
अविवाहित
बेरोजगार ,
दीर्घ रोगी , लागूपदार्थ दूव्र्यसनी ,
बिगतमा आत्महत्याको प्रयास गरिसकेको ,
आत्महत्याका संकेतहरु:
बारम्बार निराशाापन , एक्लोपना र फन्दामा परेको महसुस हुनु,
निद्रा गडबडी र भावनात्मक उतारचढाव,
आत्महत्या सम्बन्धि कुरा गर्नु वा योजना बनाउँनु,
जोखिमपूर्ण कामहरुमा रुचि बढ्नु,
छटपटी हुनु,
चाडो रिसाउनु र आफ्नो भविष्य अन्धकार देख्नु,
आफ्नो निजि सरसामान अरुलाई दिनु,
सामाजिक क्रियाकलाप , साथीभाई आदिबाट टाढीनु,
सामाजिक संजालमा आत्महत्याको बिचार , योजना निराजनक अभिव्यक्ति प्रकट गर्नु,
लागु औषध र मादकपदार्थ सेवन बढ्नु,
आत्महत्या रोकथाम गर्ने उपायः
अधिकांश आत्महत्या मानसिक रोगको प्रतिफ हुने हुदा सर्वप्रथम मानसिक स्वास्थ्य प्रवर्धन गर्नुपर्दछ,
सामाजिक क्रियाकलापमा सहभागि हुन प्रेरित गर्ने ,
मानसिक स्वास्थ्य समस्यालाई र आत्महत्यालाई सामाजिक कंलकका रुपमा लिनु हुँदैन ,
प्रत्येक आत्महत्याको सोच व्यवहार र प्रयासलाई गम्भिरतापूर्वक लिनु पर्छ,
आत्महत्याको व्यवहारलाई सहयोगको लागि आग्रहका रुपमा लिनु पर्छ ,
जोखिमका संकेत देख्नासाथ उचित अवलब्बन गर्नु नै आत्महत्या रोकथामको प्रमुख कडी हो,
आत्महत्या जोखिम तत्वहरुः
पहिले नै आत्महत्याको प्रयास,
आफ्न्तहरुको मृत्यु वा विछोड,
पारिवारिक सदस्यहरुको आत्महत्या वा प्रयास,
जीवनमा अकल्पनीय परिवर्तन,
आघात यातना वा हिंसा,
बाच्नुको उदेश्य हराउँनु,
सामाजीक रुपमा बहिस्करण,
दिर्घ रोगहरु,
मानसिक स्वास्थ्य समस्या,
आज सेप्टेम्वर १० "आत्महत्या रोकथाममा सबैको सहर्काय" भन्ने नाराका साथ नेपाल लगायत विश्वभर नै आज विभिन्न कार्यक्रम गरि विश्व आत्महत्या रोकथाम दिवस मनाइदै छ । नेपालमा पनि सन् २००३ देखि आत्महत्या रोकथाम दिवस मनाउन थालिएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार एक वर्षमा लगभग ८ लाख मानिसले वा हरेक ४० सेकेण्डमा विश्वको कतै न कतै कुनै व्यक्तिले आत्महत्याका कारण ज्यान गुमाईरहेका हुन्छन् ।
त्यस्तै विगत ४५ वर्षमा विश्वमा आत्महत्याको दर ६० प्रतिशतले बृद्धि भएको छ । ती मध्ये १५ ४४ वर्ष उमेर समुहमा मृत्युको प्रमुख कारण मध्ये आत्महत्या पर्दछ । सोहि अनुसार विश्वमा हुने आत्महत्या मध्ये झण्डै ३९ प्रतिशत आत्महत्या दक्षिण पूर्वि एसियामा हुने गर्दछ । नेपाल विश्वमा आत्महत्याको जोखिममा सातौं स्थानमा र महिलाहरुमा तेस्रो स्थानमा पर्दछ