काठमाडौँ । माछालाई स्वास्थ्य खानाको रुपमा सेवन गरिन्छ तर गर्भवती माहिलालाई भने माछा थोरै र सिमित मात्रामा खान सल्लाह दिने गर्दछन् । माछा, मानिसले सेवन गर्ने सबैभन्दा स्वास्थ्य खाना भनिन्छ । तर अहिले जमिनमा बिरुवामा फल्ने खानाको विकल्प बढ्दै गएको कारण र समुन्द्रबाट प्राप्त हुने खानाको स्थिरता र कार्बनको प्रभावको कारण यसलाई दैनिक आहार वा भोजनमा समावेस गर्ने वा नगर्ने विषयमा एक पटक सोच्नुपर्ने भएको छ ।
सन् १९७४ पछि संयुक्त राष्ट्र फुड एण्ड अग्रिकल्चार संस्थाले, माछालाई स्टकको रुपमा राख्ने र प्राकृतिक रुपमा दिगो बनाउने स्तरमा कमि हुदै गएको छ । यो सन् १९७४ मा ९० प्रतिशत थियो तर अहिले ६० प्रतिशत मात्र रहेको छ । त्यस्तै माछामा मर्करी र अन्य प्रदुषणका कणले, गर्भवती महिला, स्तनपान गराउने महिलालाई कम मात्रा वा कुनै विशेष प्रकारको माछा मात्र खान मिल्छ ।
पछिल्लो केहि दशकमा माछा भित्र उच्च मात्रामा प्रदुषणका कण र धातु भएको पाइएको छ ।
पोलीक्लोरीनेटेड बाइफेनाइल्स (पीसीबिएस)
जसमध्ये, एक हो पोलीक्लोरीनेटेड बाइफेनाइल्स(पीसीबिएस), सन् १९८० को दशक पछि यो रसायनको प्रयोगमा प्रतिबन्ध गरिएको छ तर विश्वव्यापी रुपमा यसको अत्याधिक प्रयोग भएको थियो र अझैपनि यसको केहि अंश जमिन तथा पानीमा बाँकी छ । यस रसायनले मानिसको रोगप्रतिरोधात्मक क्षमता र मस्तिष्कमा प्रभाव पर्दछ, यो दुधबाट बनेको खाद्यान्न देखि पिउने पानी सबैमा छ र माछामा सबै भन्दा उच्च स्तरमा भेटिएको छ ।
वेलायतका रोथामेस्टेड अनुसन्धानका प्रमुख जोनाथन नेपियर भन्छन्, "माछा नखादैमा पिसिबीएसलाई शरीर भित्र जानबाट रोक्न सकिदैन ।" उनी भन्छन्, "सबै भन्दा धेरै विषालु पदार्थको सेवन, जंगली जनावरको मासुबाट हुन्छ र यसले थुप्रै समस्याहरु उत्पन्न गरेको छ ।"
तर समुन्द्रको माछाभन्दा फार्ममा पालेको माछा सेवन गर्न निकै सुरक्षित हुन्छ । समुन्द्रमा वर्षेनी फालिने फोहोरको कारण प्रदुषणले त्यहाँको जीवजन्तुलाई ठुलो प्रभाव पर्दछ । बेलायतको प्रमुख स्वास्थ्य निकाय एनएचएसले गर्भवती महिला र स्तनपान गराउने महिलालाई माछा सेवन कम गर्ने सलाल्ह दिएका छन् ।
मर्करी
माछामा पाइने अर्को विषालु तत्व हो मर्करी । मर्करी एउटा न्युरोटक्सिन हो, यसले गर्भवती भएका महिलाबाट बच्चामा सर्ने र विकासमा असर पर्छ । शरीरमा मर्करी प्रवेश र क्यान्सरको ठुलो सम्बन्ध रहेको छ र यसले मधुमेह तथा मुटुसम्बन्धि रोग पनि लाग्न सक्ने सम्भावना बढाउने गर्दछ ।
मर्करी अन्य खानामा पनि पाइन्छ जस्तै, तरकारीमा पनि मर्करी हुन्छ र एक अध्ययनको अनुसार, समुन्द्रमा पाइने माछाबाट ७८ प्रतिशत मर्करी शरीर भित्र जाने गर्दछ ।
अमेरिकाको फुड एण्ड ड्रग प्रशासनले गर्भवती महिलालाई हप्तामा केवल एक पटक मात्र माछा खान सल्लाह दिएका छन् । हलिबुट र टुनाको सेवन सिमित मात्रामा गर्न पर्ने बताएका छन् । कतिपय माछामा ठुला धातुको कण भेटिएकोमा चिन्ता बढेको नेपियर बताउछन् ।
जस्तै कि स्वर्ड माछा, यो माछा १५ देखि २० वर्ष सम्म बाच्न सक्छ । यसमा ०.९९५ पिपिएम मर्करी हुन्छ भने चार देखि पाँच वर्ष सम्म बाच्ने सालमन माछामा ०.०१४ प्रतिशत मर्करी हुन्छ । अमेरिकी वातावरण संरक्षण निकायको अनुसार, हरेक दिन यस माछा खाँदा मर्करीको मात्रा धेरै हुँदै जान्छ र यदि हप्तामा एक पटक मात्र माछा सेवन गर्दा ०.४६ पिपिएम मर्करी शरीर भित्र जान्छ ।
पृथ्वीको तापक्रम बढ्दै गएको कारण पनि मर्करीको मात्रा बढ्दै गएको छ र आर्कटिक पर्माफ्रोस्ट पग्लिदै गएको छ । यसले जमिनभित्र जमेर बसेको मर्करीलाई पानीमा मिसाउने गर्दछ ।
फ्याट्टी एसिड
चिल्लोयुक्त माछाको सेवनले कार्डीयोभास्कुलर रोग लाग्नसक्ने सम्भावना उच्च हुन्छ तर यसमा शरीरलाई आवश्यक पर्ने ओमेगा-३ फ्याट्टी एसिड, इपिए (इकोसापेनटोइनिक एसिड) र डीएचए (डोकोसेक्सिनोइक एसिड) पाइन्छ । जमिनमा पाइने केहि फलफुल तथा विरुवामा पनि ओमेगा-३ पाइन्छ जस्तै आलस र ओखर ।
सन् २०१४ मा भएको एक अनुसन्धानमा, इपिए र डीएचएको तुलनामा ओमेगा -३ ले स्वास्थ्यलाई निकै फाइदा हुने पाइएको छ । इपिए र डीएचए खानमिल्ने सामुन्द्रिक झारमा पनि पाइन्छ । यी दुवै तत्वले मानव विकासमा ठुलो भूमिका खेल्छन् तर यो हाम्रो शरीरमा धेरै बन्दैनन् त्यसैले यस्तो तत्व बढी भएको खाना खानुपर्दछ । डीएचए मानिसको मस्तिष्क, रेटिना र विशेष प्रकारको टिस्युहरुमा हुन्छ ।
इपिएले मानिसको शरीरमा तापक्रम सन्तुलन राख्दछ र यसको कमि भए मुटुरोग, क्यान्सर र मधुमेह हुने गर्दछ । वेलायतको साउथह्याम्टन विश्वविद्यालयको मानव विकास र स्वास्थ्य प्रमुख फिलिप कालडर भन्छन्, " ओमेगा-३ को सेवनले स्वास्थ्यमा गहिरो असर नपर्ने भएपनि, इपिए र डीएचएको अधिक सेवनले मुटु रोग हुनसक्ने सम्भावना धेरै हुन्छ ।"
मर्करीको सेवनलाई रोक्ने अर्को उपाय भनेको माछाको सट्टामा ओमेगा-३ भएको माछाको तेल सप्लिमेन्ट हो ।
विश्व स्वास्थ्य संगठनले गरको एक अध्ययनको अनुसार, ओमेगा-३ युक्त माछाको तेल सप्लिमेन्ट खानु भनेको चिल्लोयुक्त माछा खानु जस्तै हो । यसको प्रभाव उस्तै हुन्छ ।
पूर्व एंग्लिया विश्वविद्यालय र डब्ल्युएचओकी अध्ययनकर्ता मध्ये एक, लि हुपर भन्छिन्, " यसको सेवनले स्वास्थ्यलाई फाइदा पुगेको कारण हाम्रो अनुसन्धानमा मुटुरोगको कारण मृत्यु हुन सक्ने सम्भावना कम हुँदै गएको पत्ता लागेको छ ।"
करिब तीन सय ३४ जना स्वयंसेवकलाई चार देखि वर्ष सम्म नियमितरुपमा ओमेगा-३ को सप्लिमेन्ट दिइएको थियो र अनुसन्धानमा एक जनाको पनि मृत्यु भएन । तर हुपरको अनुसार अनुसन्धानमा एउटा समस्या आएको थियो, त्यो हो विश्वव्यापी रुपमा आर्थिक-सामाजिक पक्षले पनि स्वास्थ्य अवस्था निर्धारण गर्दछ । सस्तो माछामा चिल्लोपन धेरै हुन्छ ।
सामान्यतया माछा प्रायजसो आर्थिक रुपले सम्पन्न भएका मानिसहरुले सेवन गर्ने हुन्छन् वा प्राय स्वास्थ्य जीवनशैली अपनाउने मानिसहरु नियमित माछा सेवन गर्दछन् ।
विश्व स्वास्थ्य संगठनले गरेको ७९ अनुसन्धानको अध्ययनमा मानिसको आर्थिक तथा सामाजिक पक्षले पनि केहि प्रभाव पार्दछ र ओमेगा-३ सप्लिमेन्ट लिएका मानिसलाई पनि यस कारणले प्रभाव गर्दछ ।
कालडर भन्छन्, " इपिए र डीएचए को कमिले शरीरमा हुने असरको बारेमा अध्ययन गर्न निकै कठिन छ किनभने ओमेगा-३ सप्लिमेन्ट खाने मानिसको स्वास्थ्य र शरीरको अवस्थाले पनि प्रणालीमा कस्तो नतिजा हुन्छ भन्ने कुरा फरक हुनसक्छ ।"
उनी भन्छन्, " मानिसको जीवनशैली, वंशानुगत गुण र खानाले पनि इपिए र डीएचएको सेवनले भएको प्रभावको बारेमा फरक पर्दछ ।"
माछा सेवन गर्दा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भन्ने कुरा माछालाई कसरी पालिएको छ भन्नेमा पनि भर पर्छ । समुन्द्रमा पाइने माछामा भरपुर मात्रामा ओमेगा-३ पाइन्छ किनभने समुन्द्रमा हुने साना माछाले सामुन्द्रिक झार तथा बोटबिरुवा खाने गर्दछन् ।
ती माछालाई ठुला माछाले खान्छन् र त्यस खानाको फुडचेनले मानिसमा ओमेगा-३ पुग्ने गर्दछ । तर फार्ममा पालिएको माछामा भने यस प्रणाली भिन्न हुन्छ । विश्वमा प्रायजसो मानिसले फार्ममा पालिएको माछा खाने गर्दछन् ।
नेपियर भन्छन्, "फार्ममा हजारौं माछालाई एकै ठाउँमा थुनेर पालिन्छ र कृषकले दिएको आहारा खान्छन् ।"
फार्ममा पालिने माछालाई पनि बाहिर प्राकृतिक रुपमा पाइने माछा जस्तै साना समुन्द्रमा पाइने जंगली माछा खुवाइन्छ । संयुक्त राष्ट्र खाद्य तथा कृषि संस्थाको अनुसार, माछालाई आहाराको रुपमा खुवाइने साना माछाको कमिले गर्दा उनीहरुलाई अन्य आहारा दिइन्छ ।
यसको कारण माछाको तेलमा हुने ओमेगा-३ को मात्रा घट्दै गएको छ ।
सन् २०१६ को अनुसन्धान अनुसार, पछिल्लो दशकमा फार्ममा पालिएको सालमान माछामा इपिए र डीएचएको मात्रा आधा भन्दा पनि कम भएको छ ।
नेपियर भन्छन्, " तर जंगली सालमन माछा भन्दा फार्ममा पालिएको माछामा ओमेगा-३ को मात्रा धेरै हुन्छ किनभने सालमान यात्रा गरिरहने हुँदा त्यसमा बोसो हुँदैन ।"
मस्तिष्कको लागि खाना
ओमेगा-३ संगै माछामा थुप्रै अन्य फाइदाजनक तत्व हुने गर्दछ । यसमा सेलेनियम हुन्छ जसले शरीरको कोशिकालाई नोक्सानी हुन र इन्फेक्सनबाट बचाउछ । माछा खाँदा शरीरमा आयोडिनको राम्रो सप्लाई हुन्छ र यसमा प्रोटिन पनि पर्याप्त मात्रामा हुन्छ ।
माछालाई सधैं मस्तिष्कको विकासमा सहयोग गर्ने खानाको रुपमा खाने गर्दछन् । माछा सेवन नगर्ने मानिसको तुलनामा नियमित माछा खाने मानिसमा उमेर संगै बिर्सिदै जाने समस्या कम हुन्छ । अनुसन्धानकर्ताको अनुसार, पोलेको वा बेक गरेको माछा खाने मानिसको दिमागमा ठुलो खण्डहरु हुनेगर्दछ ।
-बिबिसीबाट