काठमाडौँ । ज्योतिष शास्त्र अनुसार व्यक्तिको भविष्य जन्मकुण्डी र राशी अनुसार पत्ता लगाउन सकिन्छ । ज्योतिषहरुले नै व्यक्तिको भविष्य कस्तो जीवन साथी असल हुन्छन् भन्ने बारे बताएको हुन्छ । जीवन जीउन जो कोहीको लागि असल साथीको खाँचो पर्छ । सुख दुख साट्ने एउटा माध्यम हो प्रेमी प्रेमीका । प्रेमको विषयलाई लिएर केटा मान्छेले भन्दा धेरै केटी मान्छेलो सोच्ने गर्छन् । जबकी यस्ता कुरामा बढी संयमित हुने भनेको पनि केटीहरु नै हुन् । हरेक केटीहरुले आफ्नो जीवन साथीको बारेमा हर समय सोच्ने गर्छन् की धेरै माया गर्ने असल जीवन साथी परोस् ।
पुरुषहरु महिला प्रति आकर्षित हुनु स्वभाविक हो तर कतिपय महिला र पुरुष सजिलै आकर्षित हुने गर्दछन् । यसको पछाडीको कारण भनेको महिलाहरु केवल सुन्दर देखिने, आकर्षक व्यक्तित्व, पद, प्रतिष्ठा मात्र होइन उनीहरुको राशी पनि हुने गर्दछ ।
ज्योतिशास्त्रको अनुसार तीन राशिका महिला यस्तो हुन्छन् जो पुरुषलाई सजिलै आकर्षित गर्न सक्छन् ।
यस तीन राशी महिला सुन्दर भएनन् भनेपनि यिनको व्यवहार र कुरा गर्ने तरिका पनि आकर्षक हुन सक्छन् । सुन्दरताको साथै यस्तो थुप्रै गुणहौर हुन्छन् जसको कारण पुरुष छिट्टै उनीहरु प्रति आकर्षित हुन्छन् ।
उक्त राशिका महिलाहरु आफ्नो साथीको जीवनमा राज गर्न छन् । यस तीन राशि की महिलाका स्वभाव कस्तो हुन्छ ?
वृष राशि
यस राशिका महिलाको सुन्दरतामा पुरुषहरु पागल हुने गर्दछन् । यी महिला अरुलाई आफ्नो सुन्दरताले आकर्षित गर्दछन् । वृष राशिका महिलाहरु आकर्षक हुनुको साथै स्वछन्द हुने गर्दछन् । यिनीहरु आफ्नो नियममा बाँच्ने हुन्छन् , त्यसैले जो पायो त्यहि पुरुष यिनीहरुको साथमा जीवन बिताउन सक्दैनन् । यस राशीका महिलासंग जीवन बिताउनको लागि निकै समझदारी र संयम संग प्रस्तुत हुनुपर्छ ।
यिनिहरुको जीवनशैली र अरुको मतलब नगर्ने बानीले गर्दा पुरुषहरुलाई आफुप्रति अझ आकर्षित गर्न सक्छन् । यस राशिका महिलाहरु ती पुरुषहरुलाई चुनती हुन्छन् जो यिनीहरु संग सम्झौता गर्न सक्दैनन् ।
मिथुन राशि
यस राशिका महिलाहरु अप्सरा संग तुलना गरिएको छ । मिथुन राशिका महिलाको व्यवहार मिलनसार हुने गर्दछ । यिनीहरुको स्वभाव पुरुषलाई आकर्षित गर्छ र उनीहरु आफ्नो सबैकुरा यस राशीका महिलामाथि खर्च गर्न तयार हुन्छन् । भानिन्छ कि ऋषिहरुलाई आकर्षित गर्ने रम्भा र मोहिनी जस्तै यस राशिका महिला पुरुषहरुलाई आकर्षित गर्दछन् । यी महिलाहरु उमेर बढ्दै जाँदा झन् सुन्दर र जवान देखिन्छन् ।
वृश्चिक राशि
यस राशिका महिलाहरु सुन्दर हुनुको साथै उनीहरुको व्यवहार र कुरा गर्ने तरिकाले पुरुषहरुलाई आकर्षित गर्छन् । यस्तै गुणका कारण पुरुषको मन जित्न सफल हुन्छन् । तर यस्तो महिलालाई प्रभावित गर्न सजिलो भने हुँदैन , किनभने यिनीहरु आफ्नो साथी छान्ने समयमा मन र मस्तिष्कबाट निर्णय लिने गर्दछन् ।