काठमाडौँ । घरघरको व्यथाका रुपमा नसर्ने रोग देखापरेको भन्दै विज्ञले समयमै यसको प्रभावकारी रोकथाममा ध्यान दिन आग्रह गरेका छन ।
मुटु, मिर्गौला, दम, मधुमेह, रक्तचाप, मानसिक स्वास्थ्य, श्वासप्रश्वासजस्ता समस्या पछिल्लो समय घरघरको रोगका रुपमा देखा परेको छ । ती नसर्ने रोगका रोगी कति छन् कुनै अध्ययनसमेत भएको छैन । सरुवा रोगले भन्दा नसर्ने रोगका कारण हुने मृत्यु पनि बढिरहेको बताइन्छ ।
धेरैजसो तयारी खाद्य वस्तु खाने प्रवृत्तिले नसर्ने रोगी बढिरहेको छ खानपान, रहनसहन र शारीरिक क्रियाकलापमा ध्यान दिन विज्ञहरुले आग्रह गरेका छन ।पछिल्लो समय सरकारले विशेष गरी नसर्ने रोग मुटु, मिर्गौला, क्यान्सरको उपचारका लागि रु एक लाख आर्थिक सहयोग प्रदान गर्दै आएको छ । साथै धुवाँमुक्त चुल्हो निर्माणमा रु ४० हजार अनुदानसमेत दिँदै आएको छ । हालै मात्रै शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन विधेयक मार्फत क्यान्सर एवम् मिर्गौला र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ ।अर्कोतर्फ धुलो, धुवाँजस्ता प्रदूषणका कारणले पनि नसर्ने रोग बढिरेहको बताइएको छ ।
नसर्ने रोग हुन नदिन सूर्तीसेवन एवं मदिरापान सेवन छोड्नुपर्छ । स्वस्थकर, पोसिलो खाना र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । पछिल्लो समय नसर्ने रोग घरघरको स्वास्थ्य समस्याका रुपमा देखा परेको छ ।
नसर्ने रोगमध्ये मुटुको रोगीको सङ्ख्या दिनानुदिन बढिरहेको देखिन्छ । एक सर्वेक्षणले ९५ प्रतिशत जनतालाई मुटुरोगबारे थाहा नभएको देखाएको छ। त्यस्तै पछिल्लो समय पेटमा सेतो बोसोको मात्रा बढेका कारण मधुमेहका रोगी बढिरहेको पाइन्छ भने महिला क्यान्सर रोगीको सङ्ख्या पनि बढिरहेको देखिन्छ ।
आयुर्वेदको नियमलाई पालना गर्न सके नसर्ने रोगको जोखिम केही आयुर्वेद विज्ञहरु बताउछन । त्यस्तो रोगको केही नियुनिकरणका लागि जनचेतना जगाउन आवश्यक रहेको छ देखिन्छ ।