स्वास्थ्य तथा मन्त्रालयका अनुसार बुधवारसम्म नेपालमा ४५ लाख ८१ लाख ८ सय ४८ जनाको कोरोनाभाइरस परीक्षण भएको छ।
त्यसमध्ये पीसीआर विधिबाट ४० लाख ५७ हजार ३ सय ८३ र एन्टीजन विधिबाट ५ लाख २४ हजार ४ सय ८५ परीक्षण भएको हो।
कुल परीक्षण गरिएका नमुनामध्ये संक्रमितको संख्या पीसीआरबाट ७ लाख ८० हजार ८२४ र एन्टिजेनबाट ८७ हजार ८४१ गरी जम्मा ८ लाख ६८ हजार ६ सय ६५ नमुनामा सङ्क्रमण देखिएको छ।
हालसम्म नेपालमा ७ लाख ४३ हजार ५ सय २६ जना सङ्क्रमणमुक्त भइसकेका छन्।
नेपालमा अहिले कुल पीसीआर परीक्षणमा सङ्क्रमण दर १९.२ प्रतिशत रहेको मन्त्रालयकाले जनाएको छ ।
मृत्यु भने प्रति १० लाखमा ३७० जना रहेको छ। नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ९९१ पुगेको छ ।
अहिले पनि नेपालका ११ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।
बुधवार नेपालमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ३ सय ३ जना रहेको छ।
त्यसमध्ये एक हजार ६ सय २४ जना संस्थागत आइसोलेशनमा रहेकामा त्यसमध्ये आइसीयूमा ४०७ जना र भेन्टिलेटरमा १२९ जना रहेका छन्।
नेपालमा खोपको अवस्था
नेपालमा २०७७ माघदेखि कोभिडविरुद्ध खोप लगाउन सुरु गरिएको हो।
बुधवारसम्म नेपालमा कुल ६० लाख ४ हजार १९ जनाले कम्तीमा एक मात्रा खोप पाएका छन्।
त्यस्तै ५४ लाख १५ हजार ४ सय २७ जनाले पूरै मात्रा खोप पाइसकेका छन् भने हालसम्म करोड १४ लाख १९ हजार ४ सय ४६ मात्रा खोप खपत भइसकेको छ।
नेपालमा हालसम्म १७.५२ खोप लगाउन योग्य व्यक्तिहरूले खोप लगाइसकेका छन ।