काठमाडौं - निलोकन अर्थात गर्भ निरोधक चक्कि । निलोकन चक्किलाई महिनावारी नहुने, महिनावारीमा रगत नबग्ने जस्ता महिलाको देखिने समस्यामा पनि प्रयोग गर्न सकिन्छ ।
यो चक्कि प्रजनन् उमेर समुहका कुनै पनि महिलाले प्रयोग गर्न मिल्छ । तर हाइपर टेन्सन, उच्च रक्तचाप मुटुको समस्या, नशा वा टाउकोमा रगत जम्ने समस्या, स्ट्रोक, गर्भवती, महिनावारी भएको लामो समयसम्म रगत बगिरहेने तर समस्या पत्ता नलागेको, स्तनपान गराइरहेको महिलाले यो चक्कि प्रयोग गर्न मिल्दैन ।
प्रयोग विधि
यो चक्कि प्रयोग गर्ने महिला गर्भवती भए नभएको निश्चित गनुपर्छ । यो गर्भवती नभएको महिलाले मात्र प्रयोग गर्नुपर्छ । यो चक्कि महिनावारी भएको १ देखि ५ दिनभित्र जुनसुकै दिनदेखि यसको प्रयोग सुरु गर्न सकिन्छ । निलोकन चक्किमा २१ वटा हर्मौन चक्कि हुन्छ भने सातवटा रातो रंगको चक्किहरु हुन्छ त्यो आइरन चक्कि हो ।
केहि प्याकेटमा रातो रंगको चक्कि नहुन पनि सक्छ त्यस्तो अवस्थामा महिनावारी नभएसम्म अर्कौ प्याकेटबाट औषधि नखाने, महिनावारी भएपनि पहिलाको अनुसार महिनावारी भएको १ देखि ५ दिन भित्र पुन सुरु गर्न सकिन्छ । रातो रंगको चक्कि खाने पालो महिनावारी हुने समयमा छ भने त्त्यो चक्कि खान मिल्छ, त्यसले कुनै असर गर्दैन ।
यो चक्कि प्याकेटमा देखाएको चिन्ह (⇨) भएको बिन्दुबाट निलोकन पहिलो चक्की खानु सुरु गनुपर्छ । प्याकेटमा (⇨) चिन्हले संकेत गरे अनुसार दिनहुँ एउटै समयमा एउटा चक्की खानुपर्छ । खादै जादाँ सेतो रंगका चक्कीहरु सकिएपछि रातो रंगको चक्कि खान सुरु गनुपर्छ । सबै चक्किहरु सकिएपछि अर्को प्याकेटबाट फेरि पहिलेकै क्रममा दिनहुँ चक्की खानु पर्दछ ।
महिनावारी गढबडि भएका महिलाहरुका लागी पनि यो औषधि उपयोगी हुन्छ । महिनावारी गढबडि भएका महिलाको महिनावारी नियमित गराउँनका लागी पनि यो औषधि दिइन्छ । त्यस भन्दा अघि महिनावारी गढबडि भएका महिलाहरु गर्भवती भए नभएको पहिचान गर्नुपर्छ । गर्भ नभएको पुष्टि भएपछि महिनावारी भएको १ देखि ५ दिन भित्र यो औषधि खानुपर्ने हुन्छ । त्यो चक्कि खाएर छोडेपछि अर्कौ महिना महिनावारी समयमा नै हुन्छ । महिनावारी हुदाँ रगत धेरै बग्ने समस्यामा पनि यो औषधि दिइन्छ ।
साइड इफेक्ट
यो चक्कि खाएपछि टाउको दुख्ने, वाकवाकि लाग्ने, तौल बढ्ने, स्तनहरु दुख्ने, अनुहारमा कालो पोतोहरु आउने जस्ता समस्याहरु देखिनसक्छन् । यि समस्या हरेक व्यक्तिमा नहुन पनि सक्छ । तर केहि महिलामा यो समस्याहरु देखिनसक्छ ।
यसको प्रयोग गरिरहेको महिलाको दम्पतीलाई बिचमा सन्तानको चाह भएमा यो चक्कि आन छोड्ने बित्तिकै गर्भ रहन्छ ।
यस्ता मुखबाट खाने चक्किहरुले यौन संक्रमणबाट चाहि बचाउँदैन । यौन संक्रमणबाट बच्नको लागी कण्डमको प्रयोग गर्नुपर्ने हुन्छ ।
यो चक्किको सेवनले महिनावारी गढबडि, महिनावारीमा धेरै पेट दुख्ने समस्यामा राहत दिन्छ । त्यसका साथै यो चक्किको सेवनले पाठेघर, अण्डाशयको क्यान्सरको जोखिम केहि कम हुन्छ ।
(बिराट मेडिकल कलेजमा कार्यरत स्त्रि रोग बिशेषज्ञ डा. गरिमा भण्डारीसँग गरेको कुराकानी)