काठमाडौं - काँचो बेसारको प्रयोगले धेरैलाभ प्राप्त हुन्छ । जदाडोयाममा राहतहात दिनुका साथै क्यान्सर सँग लड्न सकने क्ष्इामता पनि प्रदान गर्दछ । तपाई यो जानेर आश्चर्यमा पर्न सक्नुहुन्छ कि काँचो बेसारको प्रयोगको क्रममा निस्कने रंग बेसारको पाउडरको तुलनामा अधिक गाढा र पक्का हुन्छ । काँचो बेसार, अदुवा जस्तै देखिन्छ । यसलाई जूसमा मिलाएर, दूधमा उमालेर, चामलको परिकारमा मिलाएर, अचारको रूपमा, चट्नी बनाएर र सूपमा मिलाएर उपयोग गर्न सकिन्छ ।
काँचो बेसारको १० गुण
१ . काँचो बेसारमा क्यान्सरसँग लड्ने गुण हुन्छ । यसले विशेषगरी पुरुषमा हुने प्रोस्टेट क्यान्सरको क्यान्सर सेल्सको वृद्धिलाई रोक्नुको साथ(साथै यसलाई नष्ट पनि गर्छ । यो हानिकारक रेडिएशनको सम्पर्कमा आउँदा हुने ट्यूमर देखि पनि बढाउँछ ।
२. बेसारमा सूजन कम गर्ने विशेष गुण पाईन्छ । यसको उपयोगले गठिया रोगीका लागि अत्यधिक लाभ पुर्याउँछ । यसले शरीरको प्राकृतिक सेल्सलाई नष्ट गर्ने फ्री रेडिकल्सलाई नष्ट गर्छ र गठिया रोगमा हुने जोर्नीको दुखाईमा लाभ पुर्याउँछ ।
३. काँचो बेसारमा इन्सुलिनको स्तरलाई सन्तुलित गर्ने गुण हुन्छ । यस प्रकार यो मधूमेह रोगीहरूको लागि निकै लाभदायक हुन्छ । इन्सुलिनको साथै ग्लूकोजलाई नियन्त्रण गर्छ, जसले मधूमेहको क्रममा दिईने उपचारको असरलाई बढाउँछ । तर यदि तपाई जुन औषधी हाई डोजको सेवन गरिरहनु भएको छ भने बेसारको उपयोग गर्नुअघि चिकित्सकको सल्लाह अत्यन्त आवश्यक हुन्छ ।
४.सोधमा सावित भैसकेको छ कि बेसारमा लिपोपोलीसेचचाराइड नामक तत्व हुन्छ, यसबाट शरीरमा इम्यून सिस्टम बलियो हुन्छ । बेसारले यस किसिमले शरीरलाई ब्याक्टेरियाको समस्याबाट बचाउँछ । यसमा शरीरलाई फंगल इन्फेक्शनबाट बचाउने गुण हुन्छ ।
५.बेसारको नियमित प्रयोगले कोलेस्ट्रोल सेरमको स्तर शरीरमा कम रहन्छ । कोलेस्ट्रोल सेरमलाई नियन्त्रण राखेर बेसारले शरीरलाई मुटु रोगबाट सुरक्षित राख्छ ।
६.काँचो बेसारमा एन्टीब्याक्टेरियल र एन्टी सेप्टिक गुण हुन्छ । यसमा इन्फेक्शन सँग लड्ने गुण पाईन्छ । यसमा सोराइसिस जस्ता त्वचा सम्बन्धि रोगहरूबाट बचाउने गुण हुन्छ ।
७.बेसारको उपयोग त्वचालाई चम्किलो र स्वस्थ राख्न निकै उपयोगी हुन्छ ।
८.काँचो बेसारले बनेको चिया अत्यधिक लाभकारी पेय हो । यसले इम्यून सिस्टम बलियो बनाउँछ ।
९.बेसारमा वजन कम गर्ने गुण पाईन्छ । यसको नियमित सेवनले वजन कम हुने गति बढ्छ ।
१०.बेसारले कलेजोलाई स्वस्थ राख्छ । बेसारको उपयोगले कलेजो सन्तुलित रूपमा काम गरिरहन्छ ।