केही कुराहरु हुन्छन जो सुन्दा अनौंठो लागे पनि त्यसले हाम्रो जीवनमा नसोचेको लाभ दिन सक्छ । आज नेपाली समाजमा नाङ्गोपनालाई नकारात्मक अर्थमा लिईन्छ । तर नाङ्गो भएर सुत्दा धेरै फाईदा हुने विज्ञानले प्रमाणित गरेको छ ।
आउनुस पढौ नाङ्गो भएर हुने फाईदाहरु
पार्टनरसंग नाङगै सुत्दा छालाको प्रत्यक्षसम्पर्कले अक्सिटोसिन हर्मोन निस्कन्छ । बन्डिङ हर्मोन पनि भनिने यसले मानिसमा खुशीको मात्रा बढाइदिनुका साथै तनाव र उच्च रक्तचापलाई घटाउन मद्दत गर्छनाङगै सुत्दा ढुसीको संक्रमण पनि घटाउँछ । महिलाहरुको यौनांगमा हावाको प्रवेशले संक्रमण हुन दिँदैंन र यौनांग क्षेत्र सुख्खा हुन पाउँछ । तर, सधैंभरि भित्री वस्त्रमात्रै लगाउँदा तातो र आद्र्र अवस्थाका कारण ढुसीले बढ्ने अवसर पाउँछ ।
सुत्दा कपडा लगाउनुको अर्थ हो, शरीरलाई तातो बनाइराख्नु । तर, यसले ग्रोथ हर्मोनलाई अवरुद्ध पार्छ । यो हर्मोनले बोन डेन्सिटीलाई बढाउँछ, मुटुको रोग र मधुमेह लाग्ने खतरा कम गर्छ र कोषलाई मर्मत गर्छ ।यसका साथै मांसपेशीको निर्माण गर्नुका साथै आन्तरिक अंगहरुलाई वृद्धि गर्न मद्दत गर्छ ।
रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै यसले स्वस्थ तौल निर्माणमा सहयोग गर्छ । यौनको वातावरणलाई बढाउँछ र शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जनलाई वृद्धि गर्छ । रातीको समयमा शरीर शान्त र शितल भएपछि कोर्टिसोल हर्मोनको मात्रा घट्छ । जब हामी अलिकता सुत्छौं, उठ्दा कोर्टिसोलको मात्रा उच्च हुन्छ । यसले मानिसमा भोक जगाउँछ । यसले मानिसको तौल बढाउन पनि मद्दत गर्छ ।
जब शरीरलाई ६८ देखि ७० डिग्रीको तापक्रममा राखिन्छ, एन्टिएजिङ हर्मोन, ग्रोथ हर्मोन र मेलाटोनिनले राम्रोसंग काम गर्छन् । नाङगै सुत्दा व्यक्तिले आफ्नो शरीर सहज भएको अनुभव गर्छ, जसले उसलाई खुशी पनि बनाउँछ । त्यसैले सुत्दा ब्रा, अण्डरवेयरको प्रयोग नगर्नुहोस् ।
नाङगै सुत्नाले छालाले श्वास फेर्ने मौका पाउँछ । दिउँसोको समयमा छाला कपडाले छोपिएको हुन्छ ।