- महिनाबारी हुँदा सेक्स गर्न सकिन्छ तर यसका लागि कण्डमको प्रयोग अनिवार्य गर्नुपर्छ । योनीको कोमलता बढ्ने र पुरुषको लिंगको घर्षणले संक्रमणको सम्भावना हुने भएकोलेकण्डमको प्रयोग गर्दा सुरक्षित सेक्स गर्न सकिन्छ ।
- मासिकश्रावको बेला बग्ने रगत खराब हो, यसले हानी गर्छ भनेर डराउनु पर्दैन ।यदि पुरुष र महिलामा कुनै यौनरोग छैन भने यसले फरक पार्दैन । तर यदि पुरुष या महिलाको यौनांगमा घाउ, खटिरा छ, घाउ छ या कुनै किसिमको यौनरोग छ भने यो निकै छिटो सर्न सक्छ । त्यसैले यो कुरामा विशेष ध्यान दिनुपर्दछ ।
- महिनाबारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । केही अवस्थामा भने महिनाबारी भएको बेला पनि गर्भ रहन सक्ने सम्भावना हुन्छ । खासगरी महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनाबारी हुने महिलामा गर्भ रहन पनि सक्छ । तर यो सम्भावना निकै न्यून हुन्छ ।
- यदि यौनसम्पर्क गर्दा लिंगमा रगत लागेमा डराउनु पर्दैन । तपाई घिनाउनु भएन र रगतलाई राम्रोसँग सरसफाई गर्नुभयो भने यसले हानी गर्दैन ।
- महिनाबारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता गलत हो ।
- महिनाबारीका बेला पाठेघरको मुख खुला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना महिनाबारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ भन्ने कुरा गलत हो । सम्भोगका बेला पाठेघर खुम्चिन्छ, जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्किने हुनसक्छ । यसो गर्दा अरु बेला जस्तो पछिल्लो रगत अलि समयपछि आउन सक्छ । तर यो सामान्य हो ।
- रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुन सक्छन्, पहिलो चरमोत्कर्षका बेला सरिरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट दुख्न कम हुन्छ ।
- यौनसम्पर्क र्दा उभिएर या हलुका किसिमले पेटलाई बढी नथिच्ने किसिमले सेक्स गर्दा राम्रो हुन्छ । तर पुरुषले महिलालाई इच्छा छैन भने जबर्जस्ती भने गर्नु हुँदैन ।
- यसका साथै रगत बग्ने सम्भावना भएकोले पहिला नै रगत पुछ्ने कपडा या नेपकिन राखिराख्दा राम्रो कतिपय महिलाहरुले कपको पनि प्रयोग गर्दछन
- रजस्वला भएका बेला मुखमैथुन गर्न मन लागे त्यो तपाईमा भर पर्छ । सकेसम्म यस्तो नगर्दा राम्रो । किनभने रजस्वलाको बेला रगत मुखमा लाग्न सक्छ ।