जन्डिस (Jaundice) भनेको के हो ?
आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ l जन्डिस आँफैमा रोग होइन l
यो ५० भन्दा धेरै रोगको साझा लक्षण मात्र हो l जसरी "ज्वरो" आँफैमा रोग होइन, हजारौं रोगहरुको साक्षा लक्षण हो त्यसरी नै जन्डिस पनि शरीर भित्र हुने धेरै साधारण र असाधारण रोगहरुले बाहिर देखाउने एउटा लक्षण मात्र हो l जन्डिसको कहिल्यै पनि उपचार गरिदैन l बरु जुन कारणले जन्डिसको लक्षण देखाउंछ सोहि कारक तत्वको उपचार गरिन्छl
जन्डिस भयो भने के गर्ने?
जन्डिसको लक्षण देखिने बित्तिकै डाक्टरकोमा गएर के कारणले गर्दा जन्डिस भएको हो त्यो पत्ता लगाउन पर्छ l तपाईंको डाक्टरले पहिला पिसाब र रगत जांच गर्छन् l अलि जटिल खाले रोगको शंका लागेमा वा रगत र पिसाबबाट सम्पूर्ण जानकारी मिल्न सकेन भने Ultra Sound, CT scan, MRI, ERCP आदि बाट शरीर भित्र के भैराखेको छ, कुन कारणले यस्तो भयो भनेर खोजीनिती गर्छन् l
अधिकांश case हरुमा (फेरी दोहोर्याउन चाँहे, अधिकांश समयमा) जन्डिस सामान्य रोगहरु/अवस्थाहरुबाट हुने गर्छन् र ३ हप्ताको आसपासमा आँफै सन्चो हुन्छ l यस्तो बेलामा डाक्टरले औषधि दिइहाले भने पनि शरीर चिलाउन नदिने, बान्ता हुन नदिने औषधि, Vitamins हरु आदि वा कहिले काहीं केहि समयको लागि bile बन्ने प्रक्रिया मत्थर गर्ने/bile stone बन्न नदिने औषधि आदि दिन्छन् l
तर अलि जटिल खालको रोगको कारण जन्डिस भएको थाह भयो भने तुरुन्त अस्पतालमा भर्ना गरिन्छ र उपचार प्रक्रिया शुरु गरिन्छ l यदि सामान्य खालको समस्याको कारण भएको हो भने घरमा आराम गरेर बस्ने, तनाबबाट टाढा हुने, फलफूलको रसहरु (घरमै बनाएको, चिनी नराखेको) पिउने, हल्का दिनहु खाने खाना खाने तर केहि समयको लागि बढी चिल्लो नखाने, (बेसार राखेको खाना खान नडराउने :) ) आदि मात्र गर्दा हुन्छ l
जन्डिस कसरी शुरु हुन्छ?
शरीर पहेंलो बनाउने तत्व bilirubin हाम्रो शरीरमा भई नै रहन्छ l यो आन्द्रा हुँदै दिसालाई हल्का पहेंलो बनाएर गुदद्वारबाट निस्कने हुँदा हामीलाई यसको त्यति वास्ता हुँदैन l तर जब कुनै कारणबश धेरै bilirubin बन्दछ वा bilirubin आन्द्रामा नआईकन रक्तनली तर्फै फर्कन्छ तब रक्तसंचारको माध्यमबाट सम्पूर्ण शरीरमा सिंचाई हुँदै आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरको छालामा पंहेलो रंग देखिन थाल्छ अनि हामी आत्तिन थाल्छौं l
धेरै खाले रोगले जन्डिस हुने भएपनि जन्डिस हुने प्रक्रियालाई सामान्य तय तीन तहमा बर्गिकरण गर्न सकिन्छ l जस्तै:
(कारण १) जब कुनै कारणबश अचानक धेरै रक्तकोषहरू टुक्रन थाल्छन् तब liver (कलेजो) लाई धेरै load परेर process गर्न गार्हो हुन्छ तब bilirubin रगत मै जम्मा भएर जन्डिस jaundice देखा पर्छ l
(कारण २) liver (कलेजो) मा रोग लाग्नाले हानिकारक bilirubin (indirect वा unconjugated bilirubin) लाई कम-हानिकारक/शरीरलाई लागि काम लाग्ने bilirubin (conjugated वा direct bilirubin) मा बदल्ने प्रक्रिया रोकिन्छ जसले गर्दा bilirubin फर्किएर रगत मै जम्मा भएर जन्डिस jaundice देखा पर्छ l
(कारण ३) त्यसरी बदलिसकेको bilirubin कलेजो (liver) भन्दा तल ओर्ली सकेपछि पनि gallstone (पित्त थैलीमा बनेको stone) ले पित्तनली (biliary tract) मा जाम गराई दियो भने bilirubin सबै back-up (फर्किनाले) रगतमा गई jaundice (जन्डिस) देखा पर्न थाल्छ l
कुनै खाना बार्नु पर्छ कि पर्दैन?
जन्डिस भएको बेलामा कुनै खाना बार्नु पर्दैन l तर चिल्लो कम खाने र केहि दिनको लागि माछा मासु नखाने वा कम खाँदा राम्रै हुन्छ l बेसार खाँदा केहि फरक पर्दैन l मिल्छ भने विभिन्न किसिमका फलफूलको रसहरु (घरमै बनाएको, चिनी नराखेको) खानुहोस् l (प्राय के खान नहुने भन्ने कुराहरु कुन रोगको कारण जन्डिस भएको हो त्यसमा भर पर्छ lत्यसैले यदि तपाईंको डाक्टरले कुनै निश्चित कुरा निश्चित समयको लागि नखान भनेका छन् भने आफ्नो डाक्टरले भनेको जस्तै गर्नुस् l)
एक पटक भएको जन्डिस फेरी फर्किएर आँउछ कि आउँदैन?
पहिले जुन रोगको कारण जन्डिस भएको थियो उक्त रोग पूर्ण निको नहुँदासम्म जन्डिस बेला बेलामा देखिई रहन्छ l Cirrhosis, हेपाटाईटिस् (hepatitis A,B,C,D,E), कलेजो (liver) को ट्युमर/क्यान्सर, pancreas को ट्युमर/क्यान्सर, पित्त थैली सुन्निने, gallstone को समस्या भैराख्ने लगाएत ५० भन्दा धेरै कारणले जन्डिस हुने गर्दछ l
ति मध्य केहि रोगहरु दिर्घ रोगहरु हुन्छन् जसको पूर्ण उपचार हुँदैन, त्यसैले गर्दा बेला बेलामा सताई रहन्छ र जन्डिस बनाई रहन्छ l तर जन्डिस बनाउने अन्य धेरै स-साना रोगहरु फर्किएर आउने गर्दैनन् र पूर्ण निको पनि पार्न सकिन्छ l
अति बढी तनाबमा हुने, खानपिनको सहि ठेगान नहुने, अनावास्येक गौडधुप गर्ने, अचानक केहि दिन रगतमा जीबाणुको संक्रमण आदिले गर्दा पनि धेरै युवाबर्ग र वयस्कमा जन्डिस हुने गर्छ l