के हो फिस्टुला?
फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो। महिलाहरूमा हुने अब्स्टे्रटिक फिस्टुला बच्चा पाउँदाको जटिलता वा यौन हिंसाका कारण हुने गर्दछ। लामो प्रसव व्यथामा महिलाहरूको योनी र पिसाब थैली वा मलाशयका कोशिकाहरू बच्चाको दबाबले थिचिएर रक्तसञ्चार अवरुद्ध भई मर्छन्, तिनमा प्वाल पर्छ र त्यसबाट पिसाब वा दिसा अनियन्त्रित रूपमा बाहिर निस्कन्छ। बच्चा जन्मने बेलामा लामो समय व्यथा लाग्यो र तोकिएको मितिभन्दा ढिलो बच्चा जन्मियो वा अप्रेसन गरेर निकाल्दा आमाको पिसाब नलीमा प्वाल पर्यो भने यस्तो समस्या आउँछ।
समयमा उपचार भएन भने फिस्टुलाबाट जटिल सङ्क्रमण, अल्सर, मिर्गौला रोग, खुट्टाको स्नायु प्रणालीमा अवरोध जस्ता थप समस्या उत्पन्न हुनसक्छन्। फिस्टुला पीडित महिलाहरूको जीवन नारकीय र कष्टकर त छ नै आफन्त र समाजका दृष्टिमा पनि छिःछि-दूरदूरका पात्र हुन्छन्, परिवारले पनि त्यत्तिकै शारीरिक-मानसिक समस्या भोग्नुपर्छ। यसले उनीहरूलाई जल्दोबल्दो उमेरमै लज्जित र निराश भएर बाँच्नुपर्ने अवस्थामा पुर्याएको छ।
यो गुप्तांगमा हुने रोग हुनाले प्रायः जचाउन वा परामर्श लिन लाज मानी लुकाएर राख्नाले विस्तारै बढ्दै जान्छ । कहिले सन्चो भएजस्तो हुन्छ र कहिले दुख्ने र पिप आउने हुन्छ । यो भिन्न–भिन्न प्रकार वा प्रकृतिको हुन्छ ।
रोगको लक्षण
- दिसा–घरवरिपरिको भागमा पटक–पटक पिलो वा पिलोजस्तै साधारण प्रकारको घाउ हुने ।
- पिपजस्तो तरल पदार्थ आउने ।
- बारम्बार दिसा कब्जियत हुने, दिसा गर्न गाह्रो हुने ।
- दिसा गर्दा दुख्ने, पोल्ने, रगत आउने ।
उपचार
यस प्रकारको रोगमा आयुर्वेदिक क्षार सूत्र उपचार सफल र उत्तम उपचार पद्धति हो । यसमा विभिन्न जडिबुटीको मि श्रणबाट बनाईको औषधियुक्त सूत्र (धागो) लाई फिस्टुला (भगन्दर) मा राखी सो सूत्रले विस्तारै घाउलाई काट्दै, भर्दै जान्छ । उपचारको क्रममा हरेक हप्तामा एक या दुईपटक सूत्र फेरिरहनुपर्छ ।
यसबाट फिस्टुलाको लाक्षणिक उपचार मात्र नभई जरैदेखि रोग उन्मूलन हुने हुँदा एकपटक गरेपछि फेरि बल्झिँदैन । यस उपचारका क्रममा आफूले नित्य गरिरहने कार्य गर्नमा कुनै कठिनाइ हुँदैन, केवल सूत्र परिवर्तन गरेको दिनमा अलिकति पोल्ने र दुख्ने हुन्छ । चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न सकिन्छ ।