काठमाडौं । आज २८ प्रत्येक सेप्टेम्बर, विश्वभर रेबिजविरुद्धको दिवस मनाइँदैछ । यो दिवस सन् २००७ देखि मनाउन थालिएको हो ।
रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जस्ले जनावरहरुको शरीरमा प्रवेश गरेपछि रेबिज गराँउदछ ।
रेबिजविरुद्धको खोप पत्ता लगाएका फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरको पनि २८ सेप्टेम्बर, सन् १८९५ मा मृत्यु भएको थियो । रेबिजविरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले पु-याएको योगदानको कदर गर्दै यस दिन उनको सम्झना गर्ने गरिन्छ ।
सेप्टेम्वर २८ विश्वभरि रेबिज विरुद्धको दिवसुको रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर मनाइने दिन हो । हामीमध्ये धेरैलाई रेबिजको बारेमा थाहा छ होला र रेविज मानव सभ्यतासंगै धेरै अगाडिदेखि देखिएको रोग हो । उत्तर पूर्वि अफ्रिकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा करिव ४३०० वर्ष अगाडिको इतिहासमा रेविज रोगका बारेमा उल्लेख गरेको पाइन्छ । अर्कोतर्फ दार्शनिक एरिस्टोटलले आजभन्दा २३०० वर्षअगाडि लेखेको नोटमा पनि रेविज लागेको कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरसंगको सम्पर्कमा मान्छे आएमा रेविज लाग्ने तथ्य उल्लेखित छ । रेविज लागेको अर्थात् रेविड जनावरहरुको र्यालवाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्सा विज्ञानलाई राम्रो चुनौती दिएको हो । अहिले आएर आधुनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात् प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुई लगाएर रेविजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारेमा भने रेविज प्राणघातक बन्न सक्छ ।
‘रेबिजः तथ्य, डर हैन’ नाराका साथ यस वर्षको विश्व रेबिजविरुद्धको दिवस संसारभर मनाइँदै छ ।
रेबिजकै कारण विश्वमा वर्षेनि १ लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । जसमा आधाभन्दा बढी १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।
कुकुरसहित विभिन्न जनावरको टोकाइबाट रेबिज सर्ने भए पनि विश्वभरको तथ्यांक हेर्दा ९५ प्रतिशत रेबिज कुकुर टोकाइबाट हुने गरेको देखिन्छ ।
के हो रेबिज ?
रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपिक भाइरस भनिन्छ जसले जनावरको शरीरमा प्रवेश गरेपछि रेबिज गराउँछ ।
रेबिजको इतिहास
इजिप्ट सभ्यतामा आजभन्दा करिब चार हजार ३०० वर्ष अगाडिको इतिहासमा रेबिज रोग बारे उल्लेख गरेको पाइन्छ । दार्शनिक एरिस्टोटलले आजभन्दा २ हजार ३०० वर्ष अगाडि लेखेको नोटमा पनि रेबिज लागेको कुकरले मान्छेलाई टोकेमा या रेबिज लागेको जनावरसँगको सम्पर्कमा मान्छे आएमा रेबिज लाग्ने तथ्य उल्लेख गरेका छन् ।
मानिसमा कसरी सर्छ रेबिज ?
रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरको टोकाइबाट रेबिज मानिसमा सर्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।
सुरुमा जनावरको र्यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधिय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्छ ।
गिदीमा संक्रमण भएपछि मात्र विशेष लक्षण देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्छ ।
संक्रमित जनावारले टोक्दा र्याल ग्रन्थीमा भएको भाइरस फेरि अर्काे जनावारको शरीरमा प्रवेश गर्छ । रेबिज भएका जनावर अथवा कुकुर, चमेरा, बिरालो आदिले टोक्दा वास्ता नगर्नु र स्वास्थ्य संस्थासम्म जान आनाकानी गर्नाले रेबिजको कारण नेपालमा वर्षेनि सैयौंको ज्यान जाने गरेकाे छ ।
घरपालुवा जनावर अझ विशेषगरी कुकुरलाई समयमै रेबिजविरुद्धको खोप लगाइएन भने रेबिज लाग्ने सम्भावना रहन्छ । स्वास्थ्य चौकीमा रेबिजविरुद्धको खोप तथा रेबिज भाइरस शरीरमा प्रवेश गरिसकेपछि लगाइने ‘पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस’ अर्थात् पिइपि इञ्जेक्सनलाई अझै सहज उपलब्ध छैन ।