रेविज भाइरसबाट सङ्क्रमित पशुको टोकाइले मानिसमा सर्ने रोग मानिन्छ । यो रोग आजभन्दा चार हजार वर्ष पहिलेदेखि नै पहिचान गरिएको हो । विश्वमा प्रतिवर्ष करिब ५५ हजार मानिसको यस रोगबाट मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्घको तथ्याङ्क छ, जसमध्ये धरैजसो अफ्रिका, एसियाका मानिस पर्छन् । प्रायःजसो मानिसमा देखिने रेविज रोगले ग्रसित कुकुरको टोकाइबाट हुने गर्छ । यदाकदा जङ्गली मांशहारी जनावर तथा चमेरोको टोकाइबाट पनि लाग्न सक्छ ।
प्रायःजसो सबैखाले जङ्गली तथा घरपालुवा जनावर यो रोगबाट ग्रसित हुने गर्छन् । तर मुसा, लोखर्के, खरायोेमा भने यो रोग विरलै पाइन्छ । जलचर (माछा), घिस्रने जीव सर्प तथा चराचुरुङ्गी (कुखुरा आदि)मा भने यो रोग देखिँदैन ।
कुनै पनि मानिस रेविज रोगबाट ग्रसित हुन रेविजग्रसित पशुको लसपस भएको हुनुपर्छ । त्यस्तो लसपस हँुदा पशुले मानिसलाई टोकेर वा चिथोरेर उक्त पशुमा भएको सङ्क्रमित ¥याल सारेको हुनुपर्छ । रेविजग्रस्त पशुको शरीरमा ¥याल, मस्तिष्क तथा स्नायुजन्य तन्तु यस रोगका भाइरसबाट बढी प्रदूषित भएका हुन्छन् । यसबाहेक भाइरस आँखा, मुख, नाकमा टाँसिन पुगेमा पनि रोगको प्रभाव देखिन सक्छ ।
रेबिज शत प्रतिशत प्राणघातक रोग हो । त्यस कारणले यो जनस्वास्थ्यमा ठूलो खतरा र चिन्ताको विषय बनेको छ। तर सबैभन्दा महत्वपूर्ण कुरा के हो भने रेबिज शतप्रतिशत रोक्थाम गर्न सकिने रोग पनि हो। तर त्यस्का लागि रेबिज सम्बन्धी जनचेतना उच्च हुनु जरूरी छ।
यो रोग भाईरस (र्ह्याब्दो परिवारको लिसा भाईरस) बाट हुन्छ। सुरूमा जनावरको र्यालमा रहेका भाईरस जनावारको टोकाइबाट घाऊमा पुग्छ। यो भाईरस रगत र लिम्फ बाट नभै छाला मुनिको भित्रि तन्तु र मांसपेशी हुंदै परिधीय स्नायु,मेरुदण्ड र अन्त्यमा गिदी सम्म पुग्दछ।गिदीमा सन्क्रमण भएपछी मात्र बिशेष लक्षणहरु देखिन्छन । अन्त्यमा गिदिका मसिना स्नायु बाट भाईरस र्याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अंगहरुमा पुग्दछ । र यस्ता सन्क्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाईरस फेरी अर्को जनावारको शरीरमा प्रबेश गर्दछ ।
सर्ने तरिका:
जंगली जनावार जस्तै ब्वासो फ्याउरो स्याल आदिको शरीरमा रहेको रेबिज भाईरस घरपालुवा जनावार या जुनसुकै स्तन्धारी जनावार ति जंगली जनावारको सम्सर्गमा पुग्दा रेबिज सर्न सक्छ। र यस्ता जनावारले फेरी अन्य स्तन्धारी जनावार या मान्छेलाई यो रोग सार्न सक्छन।यो रोग खासगरिकन रोगी जनावरले टोकेको अवस्थामा र्यालको माध्यमवाट सर्दछ ।
रेविज रोग लागेका जनावरहरु वध गर्ने र रोगी पशुहरुको गिदी वा अन्य संक्रमित अंगहरुसंग लसपस हुने व्यक्ति वा पेशाकर्मीहरुलाई रोग सर्ने सम्भवना हुन सक्दछ । रेविज रोग लागेर मरेका मानिसहरुको आंखा (कोर्निया) वा अन्य अंगहरु प्रत्यारोपण गर्दा रोग सरेको पाईएको छ । तसर्थ रेविज वा रेविज जस्तै संकास्पद रोग लागेर मरेका रोगीहरुको कोर्निया वा अरु अंगहरु प्रत्यारोपण को लागि जम्मा गर्न वा प्रयोग गर्न हुदैन् । रेविज रोग लागेका रोगीहरुले अरु मानिसहरुलाई टोक्ने सम्भावना नभएता पनि हेरचाह गर्ने मानिसहरु यस वारे सजग र होसियार हुन पर्दछ र रोगीको र्यालको संसर्गमा आउन हुंदैन् ।
रेबिज रोगको ओथारो अबधि (भाइरस शरिरमा पसेपछि रोगको लक्षण देखिनसम्म लाग्ने अबधि) प्राय २०-९० दिन सम्म हो तर कहिलेकाहिं एक बर्ष भन्दा पनि बढि हुनसक्छ। केहि रेबिज भएका मान्छेलाइ कुकुरले टोकेको कुरा याद पनि नभएका धेरै सत्य घटनाहरु छन्। ति मानिसहरुमा ओथारो अबधी यति धेरै थियो कि, उनीहरुले सानोको बेलामा कुकुरले टोकेको बिर्सिसकेका थिए।
मानिसमा रेविज रोगका लक्षणहरु:
पहिलो : -टोकेको घाउ भएको भाग दुख्ने र चिलाउने (८० प्रतिशत भन्दा वढि केशमा )
- २ देखि ४ दिन सम्म ज्वरो आउने, टाउको दुख्ने, शरीरका मांसपेशी दुख्ने घाँटी दुख्ने ।
-बिरामी साना-तिना कुरामा पनि उत्तेजित हुने।
दोस्रो :- हल्ला वा ठुलो आवाजवाट तर्सने, चम्किलो, उज्यालो वा हावा सहन नसक्ने ।त्यसैले अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने
-चिडचिडाहट हुने, रिसाउने, कहिले कांहि उत्तेजित भई झम्टने र कहिले चुपचाप शान्त भई वस्ने ।
-पानीसँग खेल्न मात्र होइन पानी हेर्नै डराउने, रोगको पछिल्लो अवस्थामा पानी देख्नासाथ घांटी तन्काउने ।
-श्वास प्रश्वासमा कठिनाइ हुने हुनाले तीर्खा लागे पनि बिरामीले पानी खान सक्दैन ।
तेस्रो : र्याल चुहाउने, अरूलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हुँदै मृत्यु हुन्छ ।
( यो अवस्था २ देखि ३ दिन सम्म रहन सक्छ । तर राम्रो हेरचाह गरेको रोगीमा ५ देखि ६ दिन वा वढि समयसम्म पनि रहन सक्दछ । )
उपचार
रेविज रोगका लक्षणहरु देखा परिसकेपछि यसको उपचार संभव छैन् । यस्तो अवस्थामा रोगीलाई भौतिक दुःख र मानसिक चिन्तावाट मुक्त गराई आरामसंग राख्न वाहेक अरु केहि गर्न सम्भव छैन् ।बिरामीको हेरचाह गर्ने व्यक्तिले रोगीको टोकाईका साथै घाउहरुलाई र्यालवाट वचाउन व्यक्तिगत सरसफाई वा सुरक्षाका उपायहरु सदैव अपनाउने ।
आजसम्म संसारमा सात जना रेविजका रोगीहरु वांचेका रेकर्ड पाईएकोछ । तर उनीहरु सवै जसोले टोकाई पूर्व रेविज रोगवाट वच्नकोलागि गरिने खोप लगाएका थिए । यसले रोगको वाटो परिवर्तन गरी विषाणुको असर कम गरेर वचाएको हुन सक्दछ । एउटैमात्र रोगीजसलाई चमेरोले टोकेको थियो उसलेमात्रै टोकाई पूर्व दिईने खोप लगाएको थिएन् । तर त्यो रोग पनि क्लासिकल रेविजको विषाणुवाट भएको थिएन् ।
उपचार
रेविज रोगका लक्षणहरु देखा परिसकेपछि यसको उपचार संभव छैन् । यस्तो अवस्थामा रोगीलाई भौतिक दुःख र मानसिक चिन्तावाट मुक्त गराई आरामसंग राख्न वाहेक अरु केहि गर्न सम्भव छैन् ।बिरामीको हेरचाह गर्ने व्यक्तिले रोगीको टोकाईका साथै घाउहरुलाई र्यालवाट वचाउन व्यक्तिगत सरसफाई वा सुरक्षाका उपायहरु सदैव अपनाउने ।
शङकालु पशुले टोके तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्छ । चिकित्सकसँग तत्काल सम्बन्धित औषधि नहुन सक्छ । स्थानीय जनस्वास्थ्य, भेटेनरी जनस्वास्थ्य आदिमा आकस्मिक रूपमा पुग्नुपर्ने हुन्छ । सम्भावित जीवाणुजन्य सङ्क्रमणको उपचार तथा टिटानसको औषधि प्रयोग गर्न बिर्सनुहुँदैन । टोकेको ठाउँको घाउ धुने, निसङ्क्रमण गर्नुपर्छ । जे जस्ता पशुले टोकी घाउ बनाएको अवस्थामा रेविज विरुद्ध खोप लगाउनुपर्छ । त्यो पशुले लक्षण देखाउला र उपचार गरुँला भनेर बस्नु हुदैन ।
मानिसमा सुरुमा ज्वरो, मुटुको धड्कन दर, श्वासप्रश्वास दर र रक्तचाप जाँच्नुपर्छ । घाउको अवस्था हेरी रेविजविरुद्ध खोप लगाउनुपर्छ र पशुका बारेमा विवरण सङ्कलन गर्नुपर्छ । यस अवधिमा पीडितले बाथ, औलो रोगका औषधि प्रयोग गर्ने गरेको वा नगरेको, उसको पेसा कार्यको प्रकृति, अत्यधिक रेविज प्रभावित पर्यटन क्षेत्रमा भ्रमण गरे, नगरेका आधारमा यसको प्रारम्भिक निदान गर्न सकिन्छ ।
प्राथमिक उपचार
प्राथमिक उपचार तत्काल आफैँले गर्नुपर्छ । जस्तै : साबुनपानीले घाउ धुने अनि आयोडिनयुक्त एन्टिसेप्टिक टोकेको ठाउँमा लगाई सफा गर्ने, जसले गर्दा रेविजको भाइरस शरीरमा प्रवेश गर्न नपाओस् ।
-टोकेको घाउलाई सकेकम्म चाँडै १० मिनेट सम्म सावुन र पानीले धुनु पर्दछ ।यदि सावुन पाईएन भने बगिरहेको धाराको पानीले मात्रै भएपनि १० मिनेट पखाल्नु पर्दछ । यो नै रेविज विरुद्धको सवभन्दा प्रभावकारी प्राथमिक उपचार हो ।
-स्वास्थ्य सेवाकेन्द्रमा गएर घाउलाई ७० प्रतिशतको अल्कोहलले वा पोभिडोन आयोडिन सोलुसनले राम्रोसंग सफा गर्नु पर्दछ ।
-आवश्यक परेमा टिटानस खोप दिन पर्दछ ।
-संभावित जिवाणुको संक्रमण रोक्नको लागि एन्टिमाईक्रोवियल्स सिफारिस गर्न पर्दछ ।
- आबश्यक भए जनावारले टोकेपछी दिने रेबिज खोप या इम्युनोग्लोबुलिन दिने ।
टोकेको घाउमा गर्न नहुने कामहरुः
-घाउलाई कुनै ड्रेसिङ्ग गर्ने वस्तुले वा व्याण्डेजले छोप्न ।
-घाउमा टाँका लगाउन, यसले रेविजका विषाणुलाई फैलन मद्दत गर्दछ ।
–यदि घाउ ठुलो छ र वन्द गर्न आवश्यक छ भने रेविज ईम्युनोग्लोवुलीनको सुई दिएर मात्रै टाँका लगाउन पर्दछ,घाउको टाँका खुकुलो हुनु पर्दछ र घाउवाट रगत र अन्य पदार्थहरु वहने प्रकृयालाई वाधा पुर्याउन हुदैन ।
रेविजग्रस्त जनावरले टोकेको अवस्थामा तीन चरणमा उपचार गर्न सकिन्छ । टोकेको जनावरलाई निगरानीमा राख्ने अवस्था भएमा चिकित्सकले तत्काल उपचारभन्दा मनोवैज्ञानिक सल्लाहमात्र दिन सक्छन् र घाउको सफाइ, भाइरस मार्न सक्नेखालका एन्टिसेप्टिकको प्रयोगमात्र गर्ने हुन्छ । एकपटक मात्र लगाउनुपर्ने ह्युमेन रेविज इम्युन ग्रोविन खोप लगाउँदा राम्रो हुन्छ ।
-रेबिज को खोप लगाएको कुकुर ले टोक्यो भने पनि सो टोकिने ब्यक्तीले खोप लगाउनु पर्दछ किनभने त्यो कुकुरमा लगाएको खोप को गुणस्तर सहि थियो कि थिएन हामीले भन्न सक्दैनौ। -यदी टोक्ने कुकुरलाई १० दिन सम्मा निगरानीमा राख्न सकिन्छ भने ०, ३, ७ दिनको खोप लगाउनु पर्दछ तर १० औँ दिन सम्म पनि कुकुरलाई कुनै लक्षण देखिएन भने १४ औँ दिनको खोप नलगाउने तर २१ वा २८ औँ दिनको लगाउने।
-एकचोटी रेबिजको खोप लगएर जीवनभर सुरक्षित भईदै न ।फेरी रेबिजको जोखिममा परे चिकित्सक को सल्लाह बमोजिम फेरी खोप लगाउनु पर्दछ ।
रोकथाम र नियन्त्रण:
रेबिज रोगको शतप्रतिशत रोक्थाम सम्भव छ तर रोक्थाममा हेल्चेक्र्याइ गर्यो भने यो रोग शत प्रतीशत प्राणघातक पनि छ । त्यसैले रोक्थामको लागि तलका कुराहरुमा बिशेष ध्यान दिनु पर्दछ ।
१.पशु चिकित्सक वा पशु स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसार पाल्तु कुकुर वा विरालोहरुलाई नियमित खोप लगाउनु पर्दछ ।कुकुरमा रेविज खोप दिएको प्रमाण पत्र सुरक्षित साथ राख्नु पर्दछ र वार्षिक खोप लगाउदा देखाउनु पर्दछ ।
२.रेविज रोग लागेको वा रोगको शंका भएको गाई वा भैसीको दुध र मासु वेच्न र खान हुदैन ।
३. कुत्ताघरमा कामगर्ने कर्मचारी य नियमित जोखिममा रहने जो कोहिले रेबिजको जोखिम पुर्व दिने खोप लगाउने ।
पशुमा यस रोगको न्यूनीकरण नियन्त्रणको कार्यक्रम नियमित रूपमा गरिने हो भने यो रोग जनसमुदायमा आफैँ नियन्त्रण हुन्छ । जङ्गली, फिरन्ते अनि भुस्याहा जनावरको सम्पर्क न्यून गर्न तिनीहरूलाई नियन्त्रणमा राख्ने वा मार्ने गर्नुपर्छ । घरपालुवा कुकुर बिरालोजस्ता पशुमा यस रोगविरुद्ध नियमित खोप लगाउनुको साथै यी पशुलाई जङ्गली जनावर, फिरन्ते तथा भुस्याहा कुकुरको सम्पर्कमा जान दिनु हुदैन ।