काठमाडौं - अनुहारलाई लिएर हामी निकै चिन्नित हुन्छौं । धेरैजसो मानिसहरुले आफ्नो अनुहारलाई चम्किलो वा सुन्दर बनाउन विभिन्न उपाय अपनाउदै आएका हुन्छन् । तर पनि आफुले सोचेजस्तो सुन्दरता पाउँन सकिरहेका हुदैँनन् ।
साधारण मेकअपले पनि अनुहारलाई सुन्दर र चम्किलो बनाउन सकिन्छ । त्यसका लागी छाला अनुसार कस्मेटिक सामानको प्रयोग गर्नुपर्छ । सुन्दर बन्नका लागी धेरे कस्मेटिक सामानको प्रयोग गरिरहनु पर्देन ।
साधारण कसमेटिक सामानको प्रयोगले पनि सुन्दर देखिन सकिन्छ । साधारण मेकअपमा पनि हजारै मानिसहरु आकर्षित गर्न सकिन्छ । हुन्छन् । साधारण मेकअप गर्ने तरिका यस्तो छ ।
गुलाब पानी
सबैभन्दा पहिला मुख धुदाँ गुलाब पानीको प्रयोग गनुपर्र्छे । गुलाब पानीको प्रयोगले छाला स्वस्थ हुन्छ । यसले छालालाई पोषण र हाइड्रेट्स राख्दछ । चिसो गुलाब पानी प्रयोग गर्नाले छाला चिसो राख्न मद्दत गर्दछ।
मोस्चराइजरको प्रयोग
गुलाब पानिले मुख धोएपछि अनुहारमा मोस्चराइजरको प्रयोग गनुपर्छ । मोस्चराइजरले छालालाई हाइड्रेट राख्दछ ।
सन्सक्रिम
मोस्चराइजर लगाएको केहि समयपछि घामको प्रभावबाट अनुहारलाई बचाउनको लागी सन्सक्रिमको प्रयोग गर्नुपर्छ । सन्सक्रिम प्रयोग गर्दा उचित तरिकाले प्रयोग गर्नुपर्छ । सन्सक्रिमले चार घन्टामात्रै काम गर्ने भएकाले दिनमा छालालाई सफा गरेर दुई पटकसम्म सन्सक्रिम लगाउँदा राम्रो हुन्छ । घर बाहिर निस्किँदा पनि सन्सक्रिम बोकेर हिँड्नुपर्छ।
सुत्नुअघि मेकअप हटाउने
सबै महिलाहरु चाहान्छन् आफ्नो छालामा संक्रमण जस्तो कुनै समस्या पैदा नहोस् । धेरै समयसम्म मेकअप अनुहारमा राख्नाले राती निद्रा लाग्दैन । त्यसपछि मेकअप छाला भित्र जान सक्दछ। तसर्थ, यसले छालाका छिद्रहरू बन्द गर्दछ । जसका कारण अनुहारमा डण्डिफोर आउँन सक्छ। त्यसैले सधैं सुत्ने अघि मेकअप हटाउन जरुरी हुन्छ ।
पूर्ण निद्रा
दैनिक आठ घण्टा सुत्ने । छालालाई आराम दिन राम्रोसँग निदाउनु महत्त्वपूर्ण हुन्छ। जब हामी सुत्छौं, हाम्रो छाला आफै मर्मत हुन्छ । त्यसैले हामीलाई काम पछि आठ घण्टा निद्रा चाहिन्छ। निन्द्राको अभावले छालामा क्षति पुर्याउन सक्छ। अनुहार सुक्खा र सुस्त देखिन्छ र अँध्यारो सर्कलहरू पनि देखा पर्दछ। त्यसैले चम्किलो छाला प्राप्त गर्न, कम्तिमा आठ घण्टा सुत्नुपर्छ ।
यी बानीहरू अपनाएर, तपाइले पनि सुन्दर, चमक र दाग मुक्त छाला पाउन सक्नुहुन्छ।