"हामी गन्धको कुरालाई सामान्य लिन्छौँ," उनी भन्छिन्। "तर यो हराउनु भनेको ज्यादै नराम्रो हो। यसले मेरो खानालाई फरक पार्‍यो।"

"धेरै खानेकुराहरू म सोच्न पनि सक्दिनँ र यो नरमाइलो कुरो हो।"

लीनाले यसबाट बच्न सामान्य उपायहरू पनि पत्ता लगाएकी छन्।

"खुर्सानी वा कागतीले खानाको गन्ध मीठो बनाउँछन्," उनी भन्छिन्।

"मैले परीक्षण गरीगरी मलाई बान्ता नगराउने खानेकुराको सूची बनाएकी छु।"

घ्राण उपाय

प्रमुख अध्ययनकर्ता प्राध्यापक कार्ल फिल्पट भन्छन्, "हामी भिटामिन एले बिरामीको बिग्रिएको घ्राण पथमा कुनै फरक पार्छ कि पार्दैन भनेर हेर्न चाहन्छौँ।"

"नाकमाथिको क्षेत्रमा ओल्फ्याक्ट्री बल्बको आकार बढे नबढेको हेर्छौँ। त्यो भनेको गन्ध थाहा पाउन नाकलाई मस्तिष्कसँग जोड्ने नशा हो।"

"हामी मस्तिष्कले गन्ध थाहा पाउन गर्ने गतिविधिलाई पनि हेर्छौँ।"

भिटामिन एले सामान्य रूपमा हाम्रो रोग प्रतिरोधी क्षमता, दृष्टि क्षमता र नाकसहितका शरीरका केही अङ्गहरूलाई सहयोग गर्छ।

धेरै दुग्ध पदार्थ र केही सागपातमा भिटामिन ए भेटिन्छ।

तर भिटामिन ए धेरै भयो भने त्यसको नराम्रो असर पनि पर्न सक्छ।