काठमाडौं । जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ।
उपत्यकाका मुख्य बजारहरु भृकुटीमण्डप, सुन्धारा, रत्नपार्क, न्युरोड, बागबजार, पुतलीसडकमा भीडभाड बढेको छ । ललितपुरको मंगलबजार, कुमारीपाटीलगायतका क्षेत्रमा पनि भीड बढेको छ ।
भीडभाड बढेपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आदेश जारी गरी भीडभाड, सभा जुलस, जात्रा महोत्सव, भोजभत्तेर आदी नगर्न नगराउन भनेका छन् । चाडपर्वहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी गर्न भनिएको छ ।
सार्वजनिक सवारी साधानहरु स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न आदेश जारी गरिएको छ
अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो। कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ।