डा. शेरबहादुर पुन
नेपालका खासगरी काठमाडौँसंगै जोडिएको धादिंग, नुवाकोट, गोर्खा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप आधी जस्ता जिल्लाहरुमा देखिन सुरु भैसकेको छ। पछिल्लो दुइ बर्षको तथ्यांक हेर्ने हो भने पनि श्रावण भद्र महिनामा सबै भन्दा बढी देखिएको थियो। तसर्थ यो समयमा स्क्रब टाइफस देखिनु वा बढ्नु अनुमानित नै हो।
त्यसो भएता पनि यसको संख्या बर्षेनी बढ्दै गएको देखिन्छ जुन नियन्त्रण गर्ने लक्ष्यमा अबरोध सिर्जना भएको छ भने मृत्युदर पनि यसैको अनुपातमा बढ्दै गएको छ।
उपचार नपाए यसको जटिलताको कारणले ३०% (तीस प्रतिशत) सम्मको मृत्यु हुने गर्दछ। केहि दिन अगाडी मात्र भारतको नागपुरमा पाच जनाको मृत्यु स्क्रब टाइफसको कारणले भएको सार्बजनिक भएको छ, तर समयमा लक्षणहरु पहिचान गरी उपचार गर्न सके द्रुत गतिमा स्वस्थ लाभ गर्न सकिन्छ।
स्क्रब टाइफस के हो?
यो रोग एकप्रकारको मुसामा देखिने माईटले टोकेपछि मानिस संक्रमित हुने ओरिएनटा शुशुगामुशी नामक ब्याक्टेरियाको कारणले हुने गर्दछ।
यो धेरै जसो नेपालमा पहाडी इलाकामा बसोबास गर्नेहरुमा देखिदै आहिरहेको छ। यधपी गत बर्ष देखि काठमाडौँ जस्तो शहरी इलाकाहरुमा पनि देखिन शुरु भएको छ। यो लामा लामा घासहरुमा हुने भएकोले त्यस्ता ठाउँहरु काम गर्ने वा मुसाको बासस्थान जहाँ छ त्यहाँ स्क्रब टाइफस संक्रमण हुने गरेको वा सम्भावना बढी हुने गर्दछ।
लक्षणहरु के के हुन्?
माईटले टोकेको पाच देखि बीस दिन भित्रमा स्क्रब टाइफसको लक्षणहरु देखिन शुरु हुन्छ।
१) उच्च ज्वरो आउनु ( १०४ फरेन हाईट सम्म)
२) अत्यधिक टाउको दुख्नु
३) पसिना आउनु
४) आखा रातो हुनु
५) श्वास प्रश्वासमा अभरोध आउनु
६) शरीरमा रातो बिबिरा देखिनु
७) शरीरमा एकप्रकारको माईटले टोकेपछि कालो पाप्रो देखिन्छ जसलाई " इसकार" भन्दछौ।
८) यो बर्ष केहि व्यक्तिहरुमा पखाला समेत देखिएको थियो।
जटिलता बढ्दै गएमा निमोनिया हुने, स्नायु प्रणालीमा खासगरी मेनिनजाईटिस हुने आधी देखिने गर्दछ।
निश्चित निदान कसरी गर्ने?
प्रयोगशाला जाच पछि मात्र यसको निश्चित निदान गर्न सकिन्छ। स्क्रब टाइफस बिरुद्धको एन्टीबोडी पहिचान गरिए यो रोग लागेको निश्चित गर्न सकिन्छ। तर यसको सुबिधा सबै ठाउमा भएको पाहिदैन, भने काठमाडौँमा पनि खासगरी टेकु अस्पताल र जनस्वास्थ केन्द्रिय प्रयोगशालामा रहेको छ।
उपचार?
यसको उपचार स्वस्थ चौकी वा औषधी पसलहरुमा सहजै पाहिने डोक्सीसाइक्लिन नामक एन्टीबायोटिकले गर्न सकिन्छ। यो औषधी प्रयोग गरेको ४८( अठचालिस) घण्टामा नै ज्वरो कम हुदै जान्छ। स्क्रब टाइफसको लक्षणहरु मिले र प्रयोगशाला परिक्षण गर्ने सुबिधा नभए पनि यो औषधी दुइ दिन प्रयोग गरेर हेर्न सकिन्छ, र यदी ज्वरो बिस्तारै घट्दै गए डोज पुरा गर्न सकिन्छ।
बच्ने उपायहरु
माईट खासगरी मुसामा पाहिने गर्दछ। नेपालमा केहि समय अघि मुसामा गरिएको अनुसन्धानले पनि झन्डै सत्तरी प्रतिशतमा माईट पाहिएको सार्बजनिक भएको थियो। तसर्थ मुसाको संख्या कम गर्ने वा त्यसको लागि उपयुक्त हुने वातावरण शृजना नगर्नु सबै भन्दा उत्तम उपाय हुन्छ। घर वरिपरी अग्ला झाडीहरु भए सफा गर्नु पर्दछ। घास दाउरा गर्न जादा शरीर पूर्ण रुपले छोप्ने लुगा लगाएको राम्रो हुन्छ।
घास माथि बस्दा कपडा बिछ्याएर मात्र बस्नु पर्दछ। शहरी इलाकाहरुमा पनि आजभोली फैलने क्रममा रहेकोले यसको लागि छुटै नेपाली परिवेशको लागि सुवाहउदो बच्ने पुर्ब उपायहरु भएको निर्देशिका तयार गर्नु बुद्दिमानी हुनेछ।
(डा. शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत छन्)