पोतो र तिलकोठी आउनु भनेको प्राकृतिक छालाको विभिन्न स्थानमा फरक रङ देखा पर्नु हो । यो निम्तिनुमा छालाभित्र हुने मेलानिन नामक सेलको भूमिका हुन्छ ।
हाम्रो छालाको माथिल्लो तहको भित्रपट्टि (इपिड्रमिसको स्ट्राटम सेल तहमा) मेलानिन सेल बसेको हुन्छ । यो छालाको सबैभन्दा माथिल्लो तहमा हुने सेल हो । छालाको रङ कालो, गोरो या अरु हुनुमा मेलानिनकै भूमिका रहन्छ ।
मेलानिन, हेमोग्लोबिन र क्यारोटेनी सेलले छालाको रङ निर्धारण गर्छ । मुख्य काम मेलानिनकै हुन्छ । मेलानिन सेल आफ्नो स्थानबाट हलचल भएर बाहिर निस्किएपछि पोतो र तिलकोठीजस्ता दाग निम्तिन्छन् । छालाको रङ निर्धारण गर्न नभइ नहुने तर अस्थिर हुँदा छालाको रङ नै बिगारिदिने मेलानिन गाँजर (क्यारोट) रङ र कफी रङको हुन्छ ।
सेतो छाला भएका व्यक्तिमा गाँजर रङको मेलानिन बढी हुन्छ भने कालो छाला भएका व्यक्तिमा कफी रङको मेलानिन बढी हुन्छ ।
पोतो र तिलकोठी कस्ता–कस्ता ?
पोतो काला र राता दुई प्रकारका हुन्छन् । व्यक्तिमा भएको मेलानिनको रङअनुसार बाहिर पोतो देखिने गर्छ । तिलकोठी कालो र खैरो हुने गर्छ । निधार, ओठको माथिल्लो भाग, नाक र च्यापुमा कफी रङको पोतो देखिन्छ । च्युा..डोवरिपरि र घाँटीमा कालो रङको देखिन्छ ।
समस्या निम्तिने चार कारण
१. छालामा पोतो र तिलकोठी निम्तिने मुख्य कारण घाम नै हो । घामको अल्ट्राभाइलेट किरण मेलानिनसम्म पुगेपछि मेलानिन अस्थिर बन्न पुग्छ । आफ्नो ठाउँबाट बाहिर निस्किन्छ र छालामा यस्ता समस्या निम्तिन्छन् । समस्याको ९० प्रतिशत कारण घाम नै हो । १० प्रतिशत अन्य शारीरिक कारणले पनि हुने गर्छ । ४०–५० वर्षको उमेरमा सनस्पोट देखिने समस्या पनि आउँछ । यो उमेरमा आउने सनस्पोट सुरुमा कफी रङको हुँदै पछि कालोमा परिवर्तन हुन्छ । संवेदनशील छालामा बढी समस्या देखिन्छ ।
२. गर्भावस्थामा धेरैको अनुहारमा पोतो आउने गर्छ । गर्भावस्थामा शरीरमा कमजोरीपन हुने, हर्मोनहरू उतारचढाव हुने भएकाले मेलानिन सेलमा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । शारीरिक कमजोरीका कारण मेलानिन अस्थिर भएपछि अनुहारमा पोतो देखिन्छ । छालाको पनि संवेदनशील भागमा पोतो देखिन्छ । त्यसैले गर्भावस्थामा अनुहारमा पुतली आकारमा पोतो देखिने गर्छ ।
३. पेटको समस्या भएकालाई पनि यस्तो समस्याले सताउँछ । कारण मेलानिनले आफ्नो ठाउँ छाडेर छालाबाहिर आउनु नै हो । मेलानिन स्थिर नरहेपछि नै समस्या देखिन्छ
४. कतिपयमा तिलकोठी वंशाणुगत हुने गर्छ । बच्चा अवस्थामै तिलकोठी देखिन्छ । ५–६ वर्षको छँदा देखिएको तिलकोठी घामका कारण झनै फैलिँदै जान्छ । तिलकोठी जाडोभन्दा गर्मीमा बढी देखा पर्छ । कालोभन्दा सेतो छालामा समस्या बढी देखिन्छ । कफी रङको मेलानिन भएको छालामा तिलकोठीको समस्या गाँजर रङको मेलानिन भएको छालाभन्दा कम देखिन्छ ।
नगर्नुहोस् यस्तो गल्ती
अनुहारको पोतो, कोठीले हैरान भएकालाई रातारात सफा गर्नुपर्ने हतारो हुन्छ । यस्तो फोहोर हटाउन कतिपयले लेजर प्रविधि प्रयोग गर्छन् । यो तरिकाले पोतो हटाउँदा छालाको नदेखिने बाहिरी पत्रसमेत फालिने गर्छ । छालाको पत्र जानु नै ठूलो गल्ती हो ।
पुरानो छाला फालेपछि नयाँ लेयर देखा पर्छ र यो निकै संवेदनशील हुन्छ । नयाँ लेयर विकसित हुन कम्तीमा २८ दिन लाग्छ । यो अवधिमा संवेदनशील छालामा घाम र फोहोरको असर बढी पर्न जान्छ । आफूलाई सुरक्षित गर्न नसकेपछि संवेदनशील छालामा झनै पोतोलगायतका समस्या बढी देखिने खतरा रहन्छ ।
त्यसैले क्षणभरका लागि होइन, दीर्घकालका लागि समस्याको समाधान खोज्न मेलानिनलाई स्थिर राख्ने उपाय नै अपराउनु उत्तम हुन्छ ।
समस्याको समाधान
पोतो र तिलकोठीजस्ता समस्या निम्तिन नदिन घामबाट जोगिने तथा सनप्रोटेक्सन क्रिम प्रयोग गर्ने गर्नुपर्छ । तर, समस्या निम्तिसकेको छ भने मेलानिनलाई आफ्नो लेयरमा स्थिर राख्न भिटामिन ‘सी’ सेवन गर्नुपर्छ । समस्या कम गराउँदै लैजान घामबाट जोगिनै पर्छ ।
घामका कारण समस्या फैलिँदै जान्छ । त्यसैले बाहिर निस्किँदा छाता ओढ्ने, टोपी र सनग्लास लगाउने गर्नुपर्छ । घरभित्र बस्दा र बाहिर जाँदा सनप्रोटेक्सन क्रिम लगाउनै पर्छ । कोठाभित्र पनि अल्ट्राभाइलेट रे छिर्ने भएकाले मेलानिनमा प्रभाव पारिरहेको हुन्छ । तर, सनप्रोटेक्सन क्रिम वातावरीण अवस्था र छालाको प्रकृतिअनुसार प्रयोग गर्नुपर्छ ।
स्किन प्रोफेसनलसँगको परामर्शमा समाधान खोज्नु राम्रो हुन्छ । पोतो, कोठी आउनुमा तनावले पनि भूमिका खेलिरहेको हुन्छ । त्यसैले तनावमुक्त हुनैपर्छ । छालामा पानीको ब्यालेन्स मिलाउनुपर्छ । यसका लागि हाइड्रेसन टोनिक लगाउनुपर्छ । रक्तचाप सन्तुलनमा राख्नुपर्छ ।
असन्तुलित रक्तचापले मेलानिनलाई अस्थिर बनाइदिएर पोतो निम्त्याउन सहयोग गर्छ । ह्वाइटिनिङ क्रिम प्रयोग गर्नुपर्छ । यसले भित्र भएको मेलानिनलाई स्थिर राख्ने र छालाबाहिर निस्किएको मेलानिनलाई उडाइदिने काम गर्छ ।
अनुहारमा आएको डण्डिफोर र चायापोतो हटाउने घरेलू उपाहरु
१. लसुन :
लसुनमा पाइने सल्फरले डण्डिफोरलाई चाँडो निको पार्न मद्धत गर्छ । लसुनको पोटीलाई दुईपिस गरी त्यसलाई डण्डिफोरमा लगाउनुस करीब ५ मिनेट पछि सफा मनतातो पानीले छाला सफा राख्नुस ।
यो प्रक्रिया हरेक दिन ३-४ पटक दोहोरयाउनु चाँडो ठिक हुन्छ । लसुन हरेक दिन एक पोटी खाने गर्नाले तपाईँको रगत सफा गर्न मद्धत गर्छ ।
२.मह :
महमा हुने प्राकृतिक एन्टीव्याक्टेरियल विशेषताले छालाको संक्रमण हुन नदिनुको साथै संक्रमण निको गर्न मद्धत गर्छ । सफा कपडालाई महमा डुवाएर संक्रमित छालालाई छोपेर राख्नुस र करीब आधा घण्टा मनतातो पानीले छाला सफा गर्नुस ।
यो प्रक्रिया हरेक दिन २ ३ पटक गर्नुस । त्यस्तै दालचिनी र महलाई मिसाई लेप बनाएर छालामा लगाउने गर्नाले पनि डण्डिफोर चाँडो निको हुन्छ ।
३. काँक्रो :
काँक्रोमा पाइने भिटामिन ए सी र इ तथा यसको चिसो बनाउने विशेषताले छालाको लागि एकदमै फाइदा जनक छ । काँक्रोको सानो सानो टुक्रा बनाई त्यसलाई सफा पानीमा भिजाउनुस ।
यसो गर्दा यसमा भएको भिटामिन ए, पोटासियम र क्लोरोफिल पानीमा जान्छ । यो पानी पिउनुस अथवा छालामा लगाउनुस । अथवा काँक्रोलाई पिधेर पेष्ट बनाई त्यसलाई छालामा लगाउनुस ।
करीब १५ मिनेटपछि मनतातो पानीले छाला सफा गर्नुस । यसले छालामा हुने फोहोर तेल र किटाणु हटाउछ ।
४. मेवा :
मेवामा हुने भिटामिन ए , इन्जाइम तथा यसको जलन कम गर्ने र छाला मुलायम बनाउने विशेषता ले गर्दा यसलाई छालारोग उपचारको लागि प्रयोग गर्न सकिन्छ ।
मेवा पिधेर त्यसको जुस छालामा डण्डिफोरमा लगाएर १५२० मिनेट छाडिदिनुस र त्यसपछि सफा मनतातो पानीले सफा गर्नुस अथवा मह र मेवा मिसाई लेप बनाउनुस त्यसलाई छालामा लगाउनुस र सुक्नन दिनुस ।
सुकेपछि मनतातो पानीले सफा गर्नुुस तपाईँको छालामा निस्केका विविरा तथा डण्डिफोर हराएर जान्छ ।
५. बरफ :
रफलाई कपडाले छोपेर डण्डिफोर भएको ठाँउमा केही सेकेण्ड राख्नुस अनि झिक्नुस । फेरी राख्नुस अनि फेरी झिक्नुस । यो प्रक्रिया केही समय दोहोर्याई रहनुस ।
यसो गर्दा डण्डिफोरमा देखिने रातोपना, फुलाई तथा दुखाई कम हुन्छ । त्यतिमात्रै होइन यो प्रक्रियाले संक्रमित छालामा रक्तसञ्चार राम्रो भई छालाको प्वालबाट फोहर तथा तेल बाहिर निकाल्न मद्धत समेत गर्छ ।
६. कागती :
कागतीको प्रयोगले डण्डिफोरलाई सुकाउन मद्धत गर्छ । तर यसका लागि ताजा कागती चाहिन्छ । बोतलमा राखिएको कागतीको बासी रसले काम गर्दैन ।
किनकी बासी रसमा अरु पनि रसायन हुने भएकोले यसले थप उल्टो असर गर्न सक्छ । त्यसकारण तपाईँ ताजा कागती लिनुस राती सुत्नु अघि सफा कपडाले कागतीको रसमा डुबाएर डण्डिफोर भएको छालामा लगाउनुस र अर्को दिन विहान सफा पानीले छाला सफा गर्नुस ।
यसले तपाईँको अनुहारमा देखिएका डण्डिफोरहरु छिटो निको हुन मद्धत गर्छ ।
७. टूथपेस्ट :
टूथपेस्टलाई पनि डण्डिफोर हटाउन प्रयोग गर्न सकिन्छ । तपाईँलाई हामीले माथिनै सिकाएको बरफको उपाय पछि यो उपाय प्रयोग गर्नुभयो भने अझ प्रभावकारी हुन्छ ।
टूथपेष्टलाई राती सुत्ने बेलामा डण्डिफोरमा लगाउनुस र विहान सफा पानीले मुख धुनुस । तपाईँको डण्डिफोर सुन्निने अवस्थामा कम हुनेछ । यसलाई दिउसो पनि प्रयोग गर्न सकिन्छ । तर याद गर्नुस टूथपेष्ट कम्तिमा आधा घण्टा तपाईँको डण्डिफोरमा रहनै पर्छ ।
८. पानीको बाफ :
बाफ छालाको उपचारको लागि एकदम प्रभावकारी मानिन्छ । यसले छालाको प्वालहरु खोल्छ र यसमा जम्मा भएको तेल, फोहर किटाणुहरु हटाउछ ।
ठूलो भाडामा तातो पानी राख्नुस र १०-१५ मिनेटसम्म बाफ तपाईँको डण्डिफोर संक्रमित छालामा पर्न दिनुस । त्यसपछि तातो पानीले सफा गरी छाला सुख्न दिनसु अनि तेलरहीत मोस्चराइजर प्रयोग गर्नुस ।
९. गोलभेडाको जुस
गोलभेडामा पोटासियम,भिटामिन सी र लाइकोपिन पर्यप्ता मात्रमा हुन्छ । गोलभेडाको जुस लेपन गरिसके पछी करिब २० मिनेट पछी सफा पानीले पखाल्नु पर्छ।
यसको प्रयोगले अनुहारको छालालाइ सफा गर्नुका साथै नियमित प्रयोगले चायाँ हटाउनमा मदत गर्दछ । घरेलू सामग्रीको प्रयोगले छालाको बाहिरि सतहमा भएको फोहोर हटाइ अनुहारको सुन्दरतालाई बढाउछ ।
चायाँ हटाउन सुर्यको किरणबाट बच्नु पर्दछ । घाममा निस्किदा सनस्क्रिन र लोसन लगाउनु उपयुक्त हुन्छ । त्यसैगरी पानी प्रशस्त पिउने,ताजा तरकारी,फलफुल खाने गर्नु अनुहारकाे छालाका लागी लाभदायक हुन्छ ।
१०. चामलको पिठाे,मुगकाे दाल ,दुध मिसाएर फेसप्याक बनाउने
यसको प्रयोगले कालो दाग,खटिरा साथै धुलो फोहोरबाट उत्पन्न हुने समस्याहरु पनि हटाउन मदत मिल्छ । यो जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । साथै आलु र गाजरको पनि पेस्ट बनाएर फेसप्याक बनाउन सकिन्छ ।
फेसप्याक अनुहारमा करिब ३५ मिनेट राख्नु पर्छ त्यसपछि मन तातो सफा पानीले धुनुपर्छ । यस्तो फेसप्याक नियमित प्रयोग गर्नाले अनुहार सफा र चम्किलो देखिन्छ ।
११. घिउकुमारीको रस
घिउकुमारी सबै रोगको लागि उपयोगी हुन्छ । यसको रसलाइ चाया भएको ठाउमा लगाई करिब ४५ मिनेट राख्नु पर्छ । त्यसपछि सफा पानीले धुनु पर्छ । यसको नियमित प्रयोगले अनुहार सफा र नरम बनाउन सहयाेग गर्दछ ।
तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ ।