काठमाडौं - क्यान्सर उपचारमा औषधिको महत्व जति हुन्छ त्यती नै महत्व पोषणको हुन्छ । हेर्दा सामान्य र सरल अनी सबैले जानेको कुरा खाना खानु हो । तर कुनै रोग लागेमा औषधि र खानपान मिलाउन निकै जटिल हुन्छ ।
क्यान्सर उपचारमा खानेकुरा नखाने भन्दा पनि औषधिको असर देखिएमा सोहि अनुसार खाना पकाउने र खाने तरीका दुबैका परिमार्जन गर्नु पर्छ ।
बिरामीमा किमोथेरापी दिदाँ दैनिक खाने खाना खानुहुदैँन भन्ने गलत धारणा रहेको पाइन्छ । जसले गर्दा बिरामीलाई पौष्टिक तत्व नपुगेर शारीरिक रुपमा कमजोर हुदैँ जान्छन् । यसले रोग निको हुन पनि बाधा पुर्याउन सक्छ । क्यान्सरको उपचार मध्ये किमो दिदाँ केहि साइड इफेक्ट हुन्छन् । जसले खानामा अरुचि बढाउने मात्र नभई खाना नपच्ने, वाकवाकी लाग्ने हुनसक्छ । यसका लागी बिरामीलाई सम्झाएर रुची र आवश्यकता अनुसार खुवाउनुपर्छ ।
किमो लगाउँदा पौष्टिक खानामा किन ध्यान दिनुपर्छ रु
शारीरिक तौल कायम राख्न
स्र्फुती रहन
किमोथेरापीको असर कम गर्न
संक्रमणबाट जोगिन
स्वस्थ्य र असल खाना भनेको मौसम अनुसारको खाना हो । त्यसैले महंगा र बेमौसमी खानालाई प्राथामिकता दिनु हुदैँन । प्रकृतिले क्यान्सरलाई भनेर छुट्टै खानेकुरा दिएको छैन त्यसैले प्रकृतिमा भएको खानेकुरालाई मिलाएर खानुपर्छ । क्यान्सरसँग लड्नको लागी चाहिने भनेको काब्रोहाइडेट, प्रोटिन, चिल्लो, भिटामिन, खनिज तत्व र पानी नै हो ।
चामल, गहुँ, कोदो, मकै, फापर, जौं, पिठो, च्याख्ला, चिउरा, बिस्कुट, पाउरोटि, सुजी, किनवा, आलु, तरुल, पिडालु, सख्खरखण्ड आदि काब्रोहाइडेटको प्रमुख स्रोत हुन् ।
त्यस्तै दाल, गेडागुडि, माछामासु, दहिदुध, अण्डा प्रोटिनका स्रोत हुन् ।
तेल, ध्यु, नौनि, चिज, मायोनिज, काजु, पिस्ता, बदाम आदि चिल्लो पाइने खानेकुराहरु हुन् ।
त्यसका साथै मौसमी तरकारी, फलफुल तातो पानीमा पखालेर खानुपर्छ ।
यि खानेकुरालाई मिलाएर खानुलाई सन्तुलित आहार भनिन्छ । जसको भुमिका क्यान्सर निको पार्नका लागी अत्यन्त महत्वपुर्ण हुन्छ ।