न्यूयोर्क– अमेरिकामा गर्भपतन अधिकारको माग गर्दै ५० वटै राज्यमा दशौं हजारमा मानिस प्रदर्शनमा उत्रिएका छन् ।
अमेरिकाको टेक्सस राज्यमा गर्भपतनलाई सीमित गर्ने गरी नयाँ कानुन ल्याएपछि त्यसको विरोधमा देशैभरी प्रदर्शन भएको हो । राज्यहरुले आफूखुसी अधिकार कटौती हुने गरी नयाँ नयाँ कानुन ल्याउँदा आफूहरुको संवैधानिक अधिकार नै गुम्ने हो कि भन्ने डर समर्थकहरुलाई छ ।
सर्वोच्च अदातलमा आगामी महिनाका लागि तोकिएको एउटा मुद्दाको सुनुवाईले सन् १९७३ मा गरिएको देशव्यापी गर्भपतन सम्बन्धी वैधानिक निर्णय उल्ट्याउन सक्ने आशंका जन्माएको छ । राजधानी वासिङटन डिसीमा प्रदर्शनकारीहरु सर्वोच्च अदालत भवन अगाडि गर्भपतनलाई वैधानिकता दे भन्दै सांकेतिक विरोधमा उत्रिएका छन् ।