काठमाडौं, असोज १७ गते । शुक्रबारसम्मको तथ्यांकअनुसार नेपालमा १८ वर्षमाथिका कुल अपेक्षित जनसङ्ख्याको ३२ प्रतिशतले कोभिडविरुद्वको पूर्ण खोप लगाएका छन् भने ३९ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार नेपालमा १८ वर्षमाथिका कुल एक करोड ९९ लाख २२ हजार १६४ जनसङ्ख्यामध्ये ३२ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् भने ३९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
देशभर कुन प्रदेशमा कति ?
प्रदेश १
अपेक्षित ३२ लाख ७५ हजार ८६६ जनसङ्ख्यामध्ये पूर्ण मात्रामा खोप लगाउने २३ प्रतिशत छन् ३३ प्रतिशतले पहिलाे मात्र खोप लगाएका छन् ।
प्रदेश २
४१ लाख ६० हजार ४२५ अपेक्षित जनसङ्ख्यामध्ये २३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने २५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
बाग्मती प्रदेश
४२ लाख ८३ हजार १४४ अपेक्षित जनसङ्ख्यामध्ये ५४ प्रतिशतले पूर्ण मात्रा र ६१ प्रतिशतले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
१६ लाख ६३ हजार ९२४ अपेक्षित जनसङ्ख्यामध्ये ३७ प्रतिशतले पूर्ण मात्रा र ४० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
लुम्बिनी प्रदेश
३३ लाख ८७ हजार १२८ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् भने ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
कर्णाली प्रदेश
१२ लाख तीन हजार २८९ अपेक्षित जनसङ्ख्यामध्ये २१ प्रतिशतले पूर्ण मात्रा र २८ प्रतिशतले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ
सुदूरपश्चिम प्रदेश
१९ लाख ४८ हजार ३८८ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ३२ प्रतिशतले पहिलो मात्रा लगाएका छन् ।
सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत, पुष मसान्तभित्र दुई तिहाई र चैत्र मसान्तभित्र सबै लक्षित जनसङ्ख्यामा खोप लगाउने लक्ष्य लिएको छ ।