विभिन्न सामाजिक परिवर्तनसँगै यौनसम्बन्धी विचारमा पनि केही खुलापन आएको छ, तर पनि विवाहपूर्व यौनसम्पर्क अझै पनि एक किसिमले वर्जित नै छ । विवाहपूर्व यौनसम्पर्कका आ–आफ्नै समस्या हुन सक्छन् ।
के महिनावारी हुँदा यौनसम्पर्क गर्न हुन्छ ?
कतिपय समाजमा महिनावारीका बेला यौनसम्पर्क गर्नु हुँदैन भन्ने धारणा छ । महिनावारी भएको बेलामा स्वस्थ पुरुष तथा महिलाको बीचमा हुने यौनसम्पर्कलाई वर्जित गर्नुपर्ने कुनै वैज्ञानिक कारण छैन ।
महिनावारीको रगतको स्रोत पाठेघर हो र पाठेघरको मुखमा भएको सानो प्वालबाट यो रगत बाहिर आउँछ। पाठेघरको मुखले हत्तपत्त बाहिर आइसकेको कुरालाई यहाँसम्म कि कतिपय सूक्ष्मजीवलाई पनि भित्र जान दिँदैन। यौनसम्पर्क गर्दा योनिरसको सम्पर्कमा लिङ्ग आउछ । त्यसैगरी थोरै भए पनि लिङ्गबाट आउने रसको सम्पर्कमा योनि पनि आउँछ। स्वस्थ व्यक्तिको बीचमा भएको यौनसम्पर्कमाआउने यस किसिमको रसले हानि गर्दैन त्यसैले यसको कारणले डराउनु पर्दैन ।
महिनावारी भएको कति दिनमा सेक्स गर्दा गर्भ रहन्छ ?
महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित दिन कुन कुन हो एकीन गर्न गाह्रो विषयको रहेको छ । महिलाहरुको नियमित महिनावारी हुने र नहुनेमा यसले फरक अर्थ राख्छ ।
सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ
१. डिम्ब निष्कासन
२. यौन सम्पर्क
३. वीर्य स्खलन
४. डिम्ब निषेचन तथा
५. डिम्बरोपण
महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ ।
यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।
सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभएर ढिलो चाँडो हुनेमा यो विधि प्रभावकारी मानिन्न । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।
सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४, १८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ । ३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ ।
श्रोत : एजन्सी