काठमाडौं – काठमाडौं क्यान्सर सेन्टरमा बोनम्यारो प्रत्यारोपण उपचारका लागि तयार पारिने उपचार सेवा टोटल बडी रेडियोथेरापी सेवा सुरु भएको पाँच वर्ष पुगेको छ।
पाँच वर्ष पुगेको अबसरमा अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार अस्पतालले २०७३ सालमा नेपालमै पहिलोपल्ट उक्त सेवा सुरु गरेको थियो। बोनम्यारो प्रत्यारोपणका लागि अत्यन्त जरुरी सेवा सुरु भएको पाँच वर्षको अवधिमा ३० जनाभन्दा बढीले यो सेवा लिइसकेका छन ।
नेपालमा यो सेवा सुरुभएपछि भारत तथा अन्य मुलुकमा जानुपर्ने बाध्यता हटेको अस्पतालले बताइएको छ।
'टोटल बडी इरेडियसन' (टिबिआई) भनिने यो विधि प्रयोग गरेर रक्त क्यान्सर भएका बिरामीलाई बोनम्यारो ट्रान्स्प्लान्टका लागि तयार गरिन्छ। यसका साथै रगतका अन्य बिरामी समेत लाभान्वित हुने छन्।
अस्पतालमा यो सेवा निरन्तर रहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा बताइएको छ।
टोटल बडी रेडियोथेरापी एक किसिमको रेडिएसनको प्रविधि हो जसमा पुरै शरिरमा एकैचोटी रेडिएसन दिइन्छ। एकैपटक पुरै शरीरको रेडियोथेरापी गरेपछि बोनम्यारो ट्रान्सप्लान्ट गर्ने तयारीमा रहेका बिरामीलाई अत्यधिक मात्रामा महंगो औषधिहरु प्रयोग गर्न जरुरी हुँदैन।
नेपालमा बोनम्यारो प्रत्यारोपण गर्ने एकमात्र अस्पताल सिभिल अस्पतालका सबै बिरामीको टिबिआई काठमाडौं क्यान्सर सेन्टरमा हुने गरेको डा सुभाष पण्डितले बताए।
अत्यन्त जटिल प्रक्रिया यो उपाचार पद्दती नेपालमा काठमाडौं क्यान्सर सेन्टरमा मात्र भइरहेको छ। यसबाहेक परीक्षण, ब्रेकिथेरापी जस्ता विषेश क्यान्सर उपचारका प्रविधिहरु नेपालमा काठमाडौं क्यान्सर सेन्टर बाहेक अन्य अस्पतालमा उपलब्ध नभएको डा सिमित सापकोटाले जानकारी दिए।
काठमाण्डौं क्यान्सर सेन्टरले मोडुलर अपरेशन थिएटर सहित शल्यक्रिया सविधा पनि सुरु गरेको छ। 'अस्पतालले हाल मोडुलर अपरेशन थिएटर र आइसीयूसहित क्यान्सरको अपरेसन गर्न सुरु गरेको छ,' विज्ञप्तिमा भनिएको छ, 'नियमित रुपमा स्तन, पेटको, स्त्रीरोगको बाहेक हाल अस्पतालमा क्यान्सर सर्जन र प्लास्टिक सर्जनको संयुक्त टोलीले फ्रि फ्ल्याप सर्जरी पनि गरिरहेको छ।'
यस्तै, मुख र घाँटीको क्यान्सरले क्यान्सर संक्रमण भएको तन्तु हटाएर त्यस भागमा शरीरको अन्य भागको मासु, नशा, हाड र छाला समेत जोडिने १०-१२ घन्टा लामो अपरेसन सेवा पनि दिइरहेको विज्ञप्तिमा उल्लेख छ।