काठमाडौं । अहिले काठमाडौं लगाएत हिमाल, पहाड र तराई क्षेत्र सबै ठाउँमा जाडो याम सुरु भइसकेको छ । हाम्रो लागि जाडोको समय, चिया त अनिवार्य नै जस्तो भइसकेको छ । तर, चियामा सबैको रोजाई एकै नहुनपनि सक्छ । कसैले कालो चिया मन पराउ५न् त कसैले दुध चिया मनपराउँछन् ।
अझ भन्नुपर्दा स्वादका कारण निकै कमले मात्र कालो चियाको प्रयोग गर्छन् । तर, दूध चिया भन्दा कालो चिया स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन ।
तर, चियामा राखेको दूधले भने ‘एन्टिअक्सिडेन्ट्स’को मात्रालाई घटाउने काम गर्छ । कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्याउँछ ।
नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ । अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोलका कम गर्छ । कोलेस्ट्रोल ‘हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।
नियमित रूपमा कालो चिया पिउनाले विभिन्न समस्याहरू हुनबाट बच्न सकिन्छः
- मधुमेह
- उच्च कोलेस्ट्रोल
- मृगौलाको पत्थरी
- फोक्सोको क्यान्सर
कालो चिया पिउनुका फाइदा यस्ता छन्ः
वजन घटाउनेः कालो चियामा क्यालोरी कम हुन्छ । यो पिएपछि भोक कम लाग्छ र त्यसले वजन घटाउनमा सहयोग गर्दछ ।
हृदयाघातको जोखिम कमः दिनहुँ २।३ कप कालो चिया पिउने मानिसहरुमा चिया नपिउने मानिसमा भन्दा हृदयाघातको जोखिम ७० प्रतिशत कम हुन्छ ।
हड्डीको मजबूतीः चियामा फाइदाजनक फाइटोकेमिकल्स हुन्छन् । जसले हड्डीलाई समेत मजबुत बनाउन सहयोग गर्दछन् ।
दाँतको सुरक्षाः चियामा फ्लोराइड तथा ट्यानिन तत्व पाइन्छ जसले दाँतलाई स्वस्थ तथा मजबूत बनाउँदछ ।
रोगप्रतिरोधः कालो चिया पिउनाले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउँदछ । साथै यसले विभिन्न खाले संक्रमणको जोखिम पनि कम गर्दछ ।
क्यान्सरबाट बचावटः चियामा पोलिफिनाइल्स तत्व हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्दछ ।
बुढोपना घटाउनेः चियामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले उमेर बढेसँगै देखिने बुढोपनका लक्षण कम गर्दछ ।