काठमाडौँ -छाला शरिरहेको एउटा यस्तो पत्र (लेयर) हो जसले शरीरलाई भित्री संक्रमण हुनबाट जोगाउँछ । कहिले काही मौसम अनुसार या अन्य रोगका कारणले पनि छालामा विभिन्न समस्या आउन सक्छन् ।
हामीले छाला कन्याउँदा मस्तिष्कमा मनोदशा नियमन गर्ने र पीडा नियन्त्रण गर्ने न्युरोट्रान्समिटर सेरोटोनिन उत्पादन हुनेगर्छ । अमेरिकाको वासिङ्टन युनिभर्सिटी स्कुल अफ मेडिसिनका वैज्ञानिकले गरेको नयाँ अनुसन्धानको निष्कर्ष अनुसार कन्याउने संवेदना प्रचण्ड पार्नमा सेरेटोनिनले प्रभाव पार्दछ ।
मस्तिष्कबाट पैलिएर स्पाइनल कोर्डमा पुगेपछि सेरोटोनीले पीडा तथा कन्याउने सकसकी अस्तव्यस्त पार्छ । पीडाको आवेगसँग जोडिएका न्युरोनले व्यक्तिलाई उल्टै कन्याउन प्रेरित गर्ने भनाइ अनुसन्धान टोलीको छध्र कन्याउँदा छालमा हल्का पीडा हुनेगर्छ । जसले कन्याउँदाको संवेदनालाई क्षणिक रूपमा प्रभाव पार्दछ । किनभने कन्याउने बेला स्पाइनल कोर्डका स्नायु कोषले कन्याउँदाको सङ्केतभन्दा पीडाको सङ्केत मस्तिष्कमा पुर्याउँछन् । प्रमुख अनुसन्धानकर्ता डा. झु फेङ चेनले भन्नुभएको छ– जब मस्तिष्कले ती सङ्केत प्राप्त गर्छ पीडा नियन्त्रण गर्न मस्तिष्कले सेरोटोनिन उत्पादन गर्दछ । यसरी उत्पादित सेरेटोनिन स्पाइनल कोर्डमा पुग्दा पीडा संवेदी न्युरोनले उल्टै कन्याउने सकसकी बढाउने भनाइ उहाँको छ ।
छालाको समस्या मध्ये प्राय छालामा सुख्खापन देखिने, एलर्जी हुने, चिलाउने र छाला फाट्ने जस्ता समस्या प्रमुख हुन् त्यस्तै शरीरको भित्री भागमा हुने विभिन्न रोगको लक्षण पनि छालामा देखिने गर्छ ।
प्राय जसो छाला चिलाउने र छाला सम्बन्धि अन्य समस्यालाई मानिसहरुले सामान्य रुपमा लिने गरेका हुन्छन् तर छालामा हुने समस्यालाई हेलचेक्राई गरियो भने यसले हाम्रो शरिरमा जटिल समस्या उत्पन्न गराउन सक्छ
छालामा हुने मुख्य समस्या
- सुख्खापन
- एलर्जी
- बिभिन्न ब्याक्टेरिया भाइरसको संक्रमण
- छालाको रोगका कारण हुने समस्या
- लाइकन प्लानस
- सोरियासिस कत्ले रोग
- सुख्खापन
- पिग्मेन्टेसन डिस्अर्डर
- क्यान्सर
छालाको समस्याबाट बच्ने उपाय
१ मोइस्चराइजिङ्ग क्रिम, लोसन र तेलको प्रयोगले छालालाई सुक्खापनबाट जोगाउन सकिन्छ ।
२ तेल अथवा हातमा क्रिम लगाउनुभन्दा पहिले पानिले हात चिसो बनाएर मात्र प्रयोग गर्ने
३ कडाखालको साबुनको प्रयोग कम गर्ने
४ ऊनीको कपडाको प्रयोग नगर्ने
५ हिटर र एसीको लामो समय सम्म प्रयोग नगर्ने
६ पर्याप्त मात्रामा पानी पिउने
७ पर्याप्त मात्रामा फलफूल, सागसब्जीको प्रयोग गर्ने
८ घाममा निस्किदा सनस्क्रिम र मोस्चराइजिङ क्रिमको प्रयोग गर्ने ।