कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित झाडापखाला प्रभावित क्षेत्रमा पिउने पानीमा कोलिफर्म र इ–कोली जिवाणु फेला परेको छ । फेला परेका दुबै जिवाणु मानव मलमुत्रमा पाइने जिवाणु रहेको चिकित्सकको भनाइ छ ।
नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट बितरण गरिएको धारा र ४० फिटदेखि माथि गाडिएका नल (चापाकल) को नमुनामा कोलिफर्म भेटिएको हो । सय फिट भित्र गाडिएको नल (हैण्डपम्प) मा भने जिवाणु फेला नपरेको बताइएको छ ।
कृष्णगनर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडा पखालालाई नियन्त्रण गर्न अस्पतालले उपचार सँगै समुदायहरुमा विभिन्न टोली बनाएर खानेपानी र काउन्सिलिंगको कार्यहरु गरीरहेको हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनु भएको छ ।
उहाँले खानेपानी उमालेर खाने र पिउसको वितरण कार्य गरिरहेको जानकारी दिनु भयो । सोही क्रममा खानेपानीको नमुना पठाएका थियौं र रिर्पोट पनि आइसकेको त्यसमध्ये खानेपानी संस्थानद्धारा वितरण गरिएको त्यसमा इ–कोली आई र कोलिफर्म देखिएको बताउनु भयो ।
त्यसैगरी कोलेरा परिक्षणको लागि दिशा पनि पठाइएको छ तर त्यसको रिर्पोट आएको छैन।
यस्तै संकलित नमुनाको बाणगंगामा रहेको प्रदेशस्तरीय प्रयोगशालामार्फत संघीय प्रयोगशाला बुटवलमा परिक्षण गरिएको थियो । समुदायबाट चार नमुना संकलन गरिएको बताइएको छ ।
ल्याबले दिएको जानकारी अनुसार अत्याधिक मात्रा कोलिफर्म र दिसामा पाइने जिवाणु फेला परेको घिमिरेले बताउनुभयो । रिपोर्टको पुर्ण विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुको तथ्याङ्क अनुसार बिरामीको सङ्ख्या ४६१ नाघेको छ । जसमध्ये ३७ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र तौलिहवा अस्पतालमा रेफर गरिएको छ भने ५८ जना बिरामीको उपचार शिवराज अस्पतालमा भइरहेको र ३ सय ६६ जना लाई डिस्चार्ज गरिएको शिवराज अस्पताल बहादुरगन्ज का प्रमुख डाक्टर मुकेश चौधरीले जानकारी गराउनु भएकोे छ ।।